‘हरित आय’ले बदलेको महिलाको दैनिकी

ढोरपाटन (बागलुङ),  तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो ।चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् । मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन्् । गाईभैँसी बाँध्ने गोठ आधुनिक खोरका रूपमा विकास भएका छन् ।

 

 

 

खोरमा रहर लाग्दा बाख्राका पाठापाठी र बोका रमाइरहेका देखिन्छन् । व्यावसायिक कृषि र पशुपालनमा लागेका महिला सामान्य खर्चको जोहो गर्न अरुमा निर्भर हुनु पर्दैन । बाह्रै महिना परम्परागत खेतीपाती गर्दै आए पनि परिवार चलाउन समस्या हुन्थ्यो । तर, अहिले मौसमी तथा बेमौसमी तरकारी फलाउँदा परिवार चलाउन समस्या छैन । बडिगाड गाउँपालिका र अन्य साझेदार संस्थाको सहयोगमा सञ्चालित ‘हरित आय’ कार्यक्रममार्फत यहाँका महिला आत्मनिर्भर बन्ने बाटोमा छन् ।

 

 

विसं २०८० पुसदेखि हरित आय कार्यक्रम बडिगाडका १० वटै वडामा कार्यान्वयन भइरहेको छ । कार्यक्रमले गाउँगाउँका महिलालाई एकताबद्ध गरेर सामूहिक तथा एकल रूपमा व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित गरेको छ । कार्यक्रममा एक हजार ५६ घरपरिवारका महिला आबद्ध भएर उद्यमी बन्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

 

 

“हरित आय कार्यक्रमले यहाँका महिला दिदीबहिनीको जीवनशैली बदलिएको छ, विगतमा सामान्य खर्च जुटाउनका लागि अरुमा निर्भर हुनुपथ्र्यो भने अहिले आफ्नै मिहिनेतले हाम्रो आम्दानी गर्ने हुनुभएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यो कार्यक्रमले गरिबी निवारण गर्न र महिलालाई आत्मनिर्भर बनाउन थालेको छ ।”

 

 

कार्यक्रमले ग्रामीण महिलाको आयआर्जनसँगै नेतृत्व र सकारात्मक सोचको विकास गरेको बडिगाड गाउँपालिका–१ की उद्यमी दुर्गा थापाले बताउनुभयो । गत वर्षसम्म तरकारीसमेत बजारबाट किनेर खाने गरेका अहिले बारीभरि लटरम्म गोलभेँडा, अकबरे उत्पादन भएको उहाँको भनाइ छ । हरित आय कार्यक्रममार्फत तरकारीखेती, बाख्रापालन र नेतृत्व विकाससम्बन्धी तालिम दिएपछि अहिले दैनिकी फेरिएको थापाले सुनाउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “पहिला हाम्रो दैनिकी चुलोचौको र अरुको मेलापात गर्दा बित्थ्यो, तर अहिले त्यो अवस्था फेरिएको छ । आफ्नै बारीमा काम गर्दा भ्याइनभ्याई छ, पहिले मकै, कादो र फापर फलाएर वर्षभरि खान पुग्दैनथ्यो, अहिले त्यही बारीमा फलेको तरकारीले वर्षभरि खान पुग्छ, बालबच्चालाई पढाउन र घर खर्च चलाउने पैसा पनि आउँछ ।”

 

 

कार्यक्रममार्फत महिलाई उन्नत जातका बाख्रा, बोका, मिनिटेलर हलो, प्लास्टिक टनेल उपलब्ध गराइएको थियो । बडिगाड–७ को टुनीबोटका महिलाले बारीमा व्यावसायिक अकबरे लगाएका छन् । गत वर्षदेखि सुरु भएको अकबरे खुसार्नीको उत्पादन र खेतीले अहिले व्यापकता पाएको छ ।

 

 

गाउँका महिला अकबरेखतीप्रति आकर्षित भएपछि खाली जमिन पनि उपयोगमा आउन थालेको स्थानीय उद्यमी कुमारी रोका गुरुङले बताउनुभयो । पहिले एकदुई मुरी मकै, गहुँ फल्ने बारीमा लाखौँ रुपैयाँका अकबरे फल्ने गरेको उहाँको भनाइ छ । स्थानीय महिलाले रु २० हजारदेखि रु एक लाखसम्मको अकबरे बिक्री गरेको गुरुङ बताउनुहुन्छ ।

 

 

“ठाउँ यहीँ हो, बारी यहीँ हो, खेती परम्परागत रूपमा गरेका थियौँ, त्यसरी खेती गर्दा हाम्रो जीविकोपार्जनमा समस्या थियो, तर अहिले बल्ल सीप सिक्यौँ”, गुरुङले भन्नुभयो, “अब सामान्य कमाइका लागि विदेश जानु हुँदैन, हाम्रै बारीमा पैसा फल्दोरहेछ । खुसार्नी बेचेर पनि राम्रो कमाइ गर्न सकिँदोरैछ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९