दानुफाँटा नमुना सामुदायिक वनको अध्यक्षमा टेकराज जोशी सर्वसम्मत चयन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको चुनावी साधारण सभाबाट टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।यसअघिल्लो कार्यकालमा पनि अध्यक्ष रहेका जोशी पुनः सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । जसको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा, सचिवमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएका छन् ।एकजना महिला सदस्य कार्यसमिति बैठकले मनोनीत गर्ने बताइएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को कुल ३७ लाख २९ हजार ३०७ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ । सामूदायिक वनले समूह सशक्तिकरणको माध्यमबाट वन समूहको संस्थागत विकासका साथै आयआर्जनमा जोड दिइ उपभोक्ताको जीवनस्तर माथि उकास्ने कार्य लिएको बताइएको छ ।२०६९ सालमा ९८.४४ हेक्टर क्षेफलमा फैलिएको वनक्षेत्रको विकास र विस्तार गर्दै हाल ४५६.९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनले २०७० जेष्ठ ७ गतेदेखि वैज्ञानिक वनको अवधारणा लागू भएको हो । उक्त वनमा कुल ६५४ घरधुरीका उपभोक्ता आबद्ध छन् । विभिन्न प्रजातिका १३ हजार ५ रुखविरुवा रोपिएको वैज्ञानिक वन अहिले हराभरा देखिएको छ भने विभिन्न वन्यजन्तुसमेत देखा पर्न थालेका छन् ।वन उपभोक्ता समूहले संस्थाको विनियम अनुसार कुल आम्दानीको २५ प्रतिशत वन विकासमा, ३५ प्रतिशत समूहभित्रका विपन्न समूहको आयआर्जन तथा रोजगारमूलक कार्यमा बजेट विनियोजन गरि कार्य गर्दै आएको जनाएको छ ।सामुदायिक वनले सडक ग्राबिल, झाडी सफाई, नदी कटान रोकथाम र आगलागि नियन्त्रण गर्न अग्नी रेखा निर्माण लगायत ४० प्रतिशत रकम सार्वजनिक निर्माण तथा प्रशासनिक क्षेत्रमा खर्च गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९