कांग्रेस एमालेको सरकार बने पछि कुनै स्क्यान्डल सुन्नु परेको छैनः उपप्रधानमन्त्री सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले  बिहिबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने उनले बताएका हुन ।

पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उपप्रधान तथा सहरी बिकास मन्त्रीसमेत रहेका सिंहले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने स्मरण गराएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य सँख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने जोड दिन निर्देशन दिएका छन् । ‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो, गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन, झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन ।सिरियस्ली लाग्नुपर्यो हामीसबै,’ उनले भने । मुलुकको स्थायीत्व र बिकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।

ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै  ठूला दल मिल्नुपरेको धारणा राखेका छन । ‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो । राजनीति स्थीरता दिन्छौं भनेर बनेको कांग्रेस( एमालेको सरकार बनेपछि तपाईहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ ?’ उपप्रधानमन्त्री सिंहले भने ।

 

त्यस्तै, सरकार विधिको शासनमा प्रतिवद्द रहेको भन्दै बद्मासी गर्नेमाथि विधि अनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने सिंहले बताए । सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका बिकासतर्फ अघि बढ्नुपर्ने पनि बताए । कार्यक्रममा कांग्रेसको सय दिने अभियानमा काठमाडौं प्रतिनिधि रहनुभएका नेता कृष्ण सिटौलासमेतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९