मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेबापत पुरस्कृत

रौतहट । शिक्षा क्षेत्रमा उत्कृष्ट ठहर भएको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह PAN “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार”बाट सम्मानित भएकी छिन्। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था Principals Association of Nepal ( PAN) को  दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पोखरामा शुक्रवार आयोजित एक भव्य समारोहको बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले मेयर साहलाई पुरस्कार सहित सम्मानित गरेका हुन्।

 

मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित भएको थियो।शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा “उत्कृष्ट नगरपालिका” को रुपमा चयन भएको थियो।सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था Principals Association of Nepal (PAN) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई  उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

 

शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो।मौलापुर नगरपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षा क्षेत्रको बजेट विनियोजन, बाल शिक्षा/इसीडी व्यवस्था, सिपमूलक शिक्षाको प्रवर्धन, शिक्षक र विद्यार्थीको सन्तुष्टि देखिएको छ।

 

त्यस्तै, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा जोड्ने पहल, शिक्षण सिकाइको अनुगमन, स्थानीय पाठ्यक्रमको प्रयोग, सूचना प्रविधिको उपयोग, छात्रालाई शिक्षामा जोड्ने कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार, तथा गुनासो व्यवस्थापन जस्ता २५ वटै मापदण्डमा मौलापुरले उत्कृष्टता प्रदर्शन गरेको PAN ले जनाएको छ।

मेयर रिना कुमारी साहको कुशल नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले गर्दा यो उपलब्धि हासिल भएको भन्दै मौलापुर नगरपालिकाले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।मौलापुर नगरपालिकाले बालिका लाई शिक्षा प्रति आकर्षित गराउन निःशुल्क साईकल बितरण देखि उच्च शिक्षा अध्ययनरत बालिका लाई ल्यापटप वितरण गर्दै आएको छ।

 

मौलापुर नगरपालिकाले विकास बजेटको ४० प्रतिशत बजेट शिक्षामा लगानी गर्दै नगर प्रहरीको ठाउँमा नगर शिक्षक राखेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
लगातार प्रयास र संघर्ष गर्दै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरी देशैभरका SEE परीक्षामा ४४% विद्यार्थी उत्तीर्ण हुँदा मौलापुर नगरपालिकामा ७५% उत्तीर्ण विद्यार्थी भएको मौलापुर नगरपालिकाले जनाएको छ।मेयर रिना कुमारी साह पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पत्नी हुन्। उनी दोस्रो पटक मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९