पछिल्लो विषम परिस्थितिमा राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीद्वारा आज यहाँ आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तक्र्रियामा उहाँले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताउनुभयो ।

 

मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले मुलुक सङ्कटमा परेकाले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । उहाँले निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले आफ्नो पार्टीले शुद्धीकरणको अभियान सुरु गर्ने बताउनुभयो । कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वमा परेका मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर आफूलाई माथि उठाएको चर्चा गर्दै नेपालमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राम्रो हुने बताउनुभयो ।

 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षाध्यक्ष डा खड्ग केसीले राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले सबै राजनीतिक दलले भ्रष्टाचारलाई शून्य सहनशीलता भन्ने आफ्नो घोषणापत्रमा उल्लेख गरे पनि त्यो पूरा नगरेकाले जेनजीहरूले भ्रष्टाचार र सुशासनको पक्षमा आन्दोलन गर्दा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले सबै राजनीतिक दलका असल नेताहरू एक ठाउँमा आएर मुलुक बचाउनुपर्ने बताउनुभयो । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रहरीको मनोबल उकासेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले मुलुकको अहिलेको सङ्कट सामाधान गर्नका लागि सर्वपक्षीय सहमति आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९