‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

चरिकोट (दोलखा), काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन । सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रुपमा सम्झनुहुन्छ । उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका दिनको विगत सम्झना ताजा भएको बताउनुभयो । “खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो”, उहाँले सुनाउनुभयो ।

 

बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री बन्नुभएको छ । करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उहाँको शैली धेरैले मन पराए । टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बन्नुभएको छ । निर्वतमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा एकछिन भावुक हुनुभयो । उहाँले भन्नुभयो, “हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ । यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ ।”

सिवाकोटी फेरि बाल्यकालमै फर्कनुभयो । उहाँका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो । वाककलामा मात्रै होइन, खेलकुदमा पनि उहाँ उत्तिकै अब्बल हुनुहुन्थ्यो । सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन् । सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमान्दारिताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु ।”

खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गर्नुभएको थियो । सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबीच अभिनन्दन गरेको थियो । उहाँलाई अभिनन्दन गरेपछि सिवाकोटीले फेरि भन्नुभयो, “एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईं यहाँसम्म आफ्नो मेहनत, इमान्दारिता र लगशीलताका कारण पुग्नुभएको हो, थपबढी प्रगतिको शुभकामना दिन्छु ।”

सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठूलो त्याग र मेहनत आवश्यक हुने धारणा राख्नुभयो । उहाँले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भन्नुभयो, “अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईं सफल हुनुहुन्छ । बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ ।”

अध्ययन, खेलकुद, भाषणलगायत सबैखाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गर्नुभयो । विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ ।”

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सञ्चारमन्त्रीलाई आफ्नो कार्यकालमा केही उदाहरणीय र दीर्घकालीन महत्त्वका कामलाई प्राथमिकता दिन सुझाव दिनुभयो । कालिञ्चोक—७ का वडाध्यक्ष रामबहादुर पाण्डेले मन्त्री पाएकामा गौरवको अनुभूति भएको बताउँदै वडामा इन्टरनेट पूर्वाधार विकासका लागि सहजीकरणको अपेक्षा गर्नुभयो । नागरिक समाज दोलखाका अध्यक्ष दीपशङ्खर चौलागाईंले खरेललाई सञ्चारमन्त्रीका रूपमा पाउँदा दोलखावासी खुसी भएको बताउनुभयो । उहाँले परिवर्तनलाई आत्मसात् गरी नागरिक अधिकारको सुनिश्चित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विद्यालयको उन्नयनमा भूमिका खेलिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले विद्यालयको शैक्षिक गुणस्तर बढाउन विभिन्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

यस्तै, कालिञ्चोक गाउँपालिका–८ का अध्यक्ष सूर्यबहादुर आचार्यले जिल्लाको धार्मिक पर्यटन विकासका लागि समन्वय र सहकार्य जरूरी भएको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेल कालिनाथ माध्यमिक विद्यालय प्राङ्गणमा आउने क्रममा स्थानीयवासीले उहाँको स्वागतका लागि फूलका गुच्छा लिएर सडकका दुई किनारमा धेरै सङ्ख्यामा जम्मा भएका गाउँले लामबद्ध देखिन्थे । उहाँलाई पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो । सडकदेखि करिब एक किलोमिटरको पैदल यात्रामा स्थानीयको भव्य स्वागत लिएर विद्यालय प्राङ्गण प्रवेश गर्दा सयौँ विद्यार्थीले हातहातमा फूल र अबिर लिएर सञ्चारमन्त्रीको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खरेलले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले सुशासन प्रवर्द्धनका लागि नागरिक सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको र राजनीतिक दलहरूले पनि निर्वाचन माहोल बनाइरहेको भन्दै यसलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

चरिकोटमै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा पनि मन्त्री खरेल सहभागी हुनुभयो । जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग पनि सञ्चारमन्त्रीले भेटघाट तथा अन्तरक्रिया गर्नुभयो । मन्त्री खरेलले जिल्लाका विभिन्न सरकारी कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । उहाँले त्यहाँको कालिनाग मन्दिर र भीमेश्वर मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको थियो । सिबी अधिकारी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९