बर्दगोरिया धाममा माघी मेला हुने, भारतीय रामलिलासहित विविध कार्यक्रम 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा संरक्षण मञ्चले जनाएको छ।

 

गाउँपालिकाको वडा नं. २ मा रहेको बर्दगोरिया धाममा आयोजना हुने मेलाको तयारीका विषयमा शुक्रबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ। माघी पर्वको अवसरमा यही पुष २८ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने बताइएको छ।

 

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने भारतीय रामलिलासमेत प्रदर्शन गरिने भएको छ। मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार तथा पहिचानको संरक्षण गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बर्दगोरिया क्षेत्र विकास तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीले जानकारी दिए।

 

उनका अनुसार परापूर्वकालदेखि नै बर्दगोरिया धाममा माघ महिनामा ठूलो मेला लाग्ने गरेको छ। विशेषगरी थारु समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको माघी पर्वमा कैलालीका विभिन्न क्षेत्र, बर्दिया तथा भारतको तिकुनिया र शिंघाईबाट समेत भक्तजनहरू मेला भर्न आउने गर्दछन्। साथै, स्थानीय तथा बाह्य पर्यटकहरू पनि मेला अवलोकनका लागि आउने गरेको उनले बताए।

 

माघ १ गते थारु समुदायले माघी लहानका रूपमा बर्दगोरिया धार्मिक क्षेत्रमा रहेका ताल तथा पोखरीहरूमा स्नान गर्ने परम्परा रहेको छ। मेलाको माध्यमबाट बर्दगोरिया धाम, पुरैना ताल र पिरुवा पिकनिक स्थलजस्ता गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने संरक्षण मञ्चका सचिव नवीन ढुंगानाले जानकारी दिए।

 

उनका अनुसार परापूर्वकालदेखिको पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, पिरुवा तथा पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा तथा झुलुङ्गे पुल पिकनिक स्थलको समेत मेलाको अवसरमा प्रचारप्रसार गरिनेछ।

 

मेलामा थारु समुदायका मौलिक परिकार, कला संस्कृति र मौखिक परम्परा झल्काउने भेषभूषासहितका झाँकी तथा पञ्चे बाजाको प्रदर्शन गरिने जनाइएको छ। हरेक वर्ष माघीका अवसरमा विभिन्न स्थानबाट भक्तजनहरू मेला भर्न तथा स्नान गर्न बर्दगोरिया आउने गर्दछन्।

 

बर्दगोरियामा माघीको दिन स्नान तथा पूजा गर्नाले वर्षभरिका पाप नाश हुने जनविश्वास रहेको छ। माघी मेलालाई सफल बनाउन आवश्यक सबै सहयोग गर्ने बर्दगोरिया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गोविन्द विकले प्रतिबद्धता जनाएका छन्।

 

बर्दगोरियामा माघी मेलाका अतिरिक्त कार्तिक र मंसिरमा लवाङ्गी पूजा तथा केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा तथा भदौ महिनामा बोलबम कलश यात्रा आयोजना हुँदै आएको छ।

 

छलफल कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार, भलमानसा तथा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भानु साहित्य उद्यानलाई २४ करोड

भानु साहित्य उद्यानलाई २४ करोड...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९