मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ, यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।

 

कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउ सुरु गरेका हुन् ।  यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउ खेतीले विस्तारै माथिल्लो क्षेत्रको उचाइमा वस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।

 

यहाँस्थित घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिव ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताउनुभयो । फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दाबढी उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।

 

राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ ।

 

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गतवर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालिन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकाँश जग्गामा रैथाने स्थानीय जातका स्याउ बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष विष्टले खुलाउनुभयो । गतवर्ष यहाँस्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६०० यि बढी हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको छ । यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैया आम्दानी भएको अध्यक्ष विष्टको भनाइ छ । ‘यहाँ स्याउका बिरुवा बर्षेनि विकशित हुँदै गइरहेको छ, भविष्यमा यहाँको फार्ममा ५०० मेट्रिकटन बढी स्याउ फलाउने लक्ष्य छ,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘फार्ममा पूर्णरूपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुँने विपन्न वर्गलाई सामूहिक स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको हौँ ।’

 

यहाँस्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन । तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामूहिक स्याउ खेती प्रणालीको अपधारणा अपनाइएको हो ।

 

सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीले आफैँले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर, फार्मको भौतिक पूर्वाधारलगायतको कामकाँजमा फार्ममा आवद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

 

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेवापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफूले पाउँने र आम्दानीको ३० प्रतिशत सामूहिक रूपमा सामुदायिक स्याउ फार्मको कोष(बास्केट)फ्रन्टमा राख्नुपर्ने हुन्छ । यसरी बास्केट फ्रन्टमा सङ्कलन भएको आम्दानी बचत फार्ममा आवद्ध सबै घरधुरीले समान रूपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।

 

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गरिएको जनाइएको छ ।जिल्लाकै नमूनाका रूपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्लास्थित पशु विकास कार्यालयले अनुदान सहयोग पु¥याएका छन् । घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न, सिँचाइको पहुँच पु¥याउन । स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष विष्टको भनाइ छ ।

 

एक दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रूपमा उवा, जौँ र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकाँश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । तर, पछिल्लो समय यहाँको घमी गाउँस्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिक दङ्ग परेका छन् । घमी गाउँमा यहाँको शितोषण वागवानी विकास केन्द्रले स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकलाई स्याउ खेतीको विकास र प्रर्वद्धनमा थप योगदान पु¥याउने विश्वाश गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भानु साहित्य उद्यानलाई २४ करोड

भानु साहित्य उद्यानलाई २४ करोड...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९