प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

दमौली (तनहुँ), जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निावरण मन्त्रालयको गत कात्तिक २६ मा भएको निर्णयअनुसार जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको सात रोपनी जग्गा अस्पताललाई उपयोग गर्न दिइएको हो ।

 

 

मालपोत कार्यालयले माघ १९ गते प्रदेश अस्पताल दमौलीलाई जग्गा उपयोगको प्रमाणपत्र उपलब्ध गराएको मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिको नाममा रहेको पाँच रोपनी, कृषि विकास कार्यालयको नाममा रहेको दुई रोपनी र भेटेरीनरी अस्पतालको नाममा रहेको एक रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइएको हो ।

 

 

जग्गा उपयोग गर्न दिइएपछि केही शर्तहरु राखिएको छ । पौडेलका अनुसार उपयोग गर्न दिइएको जग्गा अतिक्रमण हुन नपाउनेगरी उचित संरक्षण र संवर्द्धन गर्नुपर्ने छ । त्यस्तै उपयोग गर्न दिइएको जग्गा नाफामूलक तथा व्यापारिक कार्यमा प्रयोग गर्न वा कुनै व्यक्ति वा निकायलाई प्रयोग गर्न दिन वा भाडामा दिन नपाइने पौडेलले बताउनुभयो । जुन प्रयोजनका लागि माग गरिएको हो सोही प्रयोजनमा मात्र उपयोग गर्नुपर्ने, उद्देश्यअनुरुपको कार्यमा प्रयोग नगरेमा पूर्वाधारसहितका जग्गा नेपाल सरकारले लिनसक्ने उहाँले बताउनुभयो ।

 

 

जग्गा प्राप्ति नहुँदा स्तरोन्नति रोकिएको अस्पतालको अब स्तरोन्नति हुने निश्चित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयसँगै अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको छ ।

 

 

विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार भइसकेको छ ।

 

 

 

साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।अस्पतालले आर्थिक वर्ष २०८१÷८२ मा एक लाख सात हजार ९८३ जना, आव २०८०÷८१ मा ९८ हजार ३५६ सेवा लिएका थिए । यस्तै आव २०७९÷८० मा ७३ हजार २५३ र आव २०७८÷७९ मा ६४ हजार ५९४ जनालाई सेवा दिएको थियो ।

 

 

जिपी अस्पतालमा विशेषज्ञ चिकित्सक थप
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो ।

 

 

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा प्रवाहमा सहजता छ । अरु आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीहरू थप गरी केन्द्रबाट प्रदान हुने सेवा विस्तार गरिनेछ । अस्पतालमा मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस विस्तार गरिएको छ । आकस्मिक, शल्यक्रिया, स्त्रीरोग, नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया सुरु गर्ने लक्ष्य लिइएको छ ।

 

 

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “इन्कोस्कोपी सेवा सुरु भइसकेको छ भने ब्रोन्कोस्पोपी सेवा सञ्चालन गर्न लागेका छौँ । केन्द्रको मुख्य भवनमा लिफ्ट जडानका लागि बजेट प्राप्त भएको छ । लिफ्ट जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।” अस्पताललाई ३०० शय्यामा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले २०६७ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

 

 

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रका नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको डा श्रेष्ठले बताउनुभयो ।

 

 

अस्पतालमा तनहँुको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे सेवा, समान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा नाबालिकामाथि जबरजस्ती करणी आरोप, भारतीय नागरिक पक्राउ

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्। प्रहरीका अनुसार साहिद अलीले...

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताउनुभएको छ ।नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उहाँले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास...

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौंँ,  सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ ।स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय...

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ, आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।     नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९