उम्मेदवार स्वाँरको संकल्प : ‘शीर झुक्न दिँदैन, इमानदार भइ सेवा गर्छु’

कैलाली । यतिबेला निर्वाचनको सरगर्मी बढेको छ । आसन्न फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको नजिकिएसँगै चुनावी चियोचर्चा चौतर्फी चुलिएको छ ।

 

 

विगतका निर्वाचनभन्दा केही फरक परिदृश्य पछिल्लो निर्वाचन देखिन थालेका छन् । चुनाव भन्न बित्तिकै नेताकार्यकर्ता, गाडी घोडा र लावालस्करको झल्को आउनु स्वभाविक हो । विगतमा तडकभडकका साथ प्रचारप्रसार हुन्थ्यो, अहिले त्यो देखिदैन । उम्मेदवारले निर्वाचन आचारसंहितामा रहेर मतदाता भेट्न थालेका छन् ।

 

मतदाता, उम्मेदवार, नेताकार्यकर्ता र सञ्चारमाध्यममा पनि विभिन्न चुनावी आँकलन, सर्वेक्षण र विश्लेषण हुन थालेका छन् । विगतमा राजनीतिक दलहरु चुनावी तालमेल अर्थात् गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए तर, यसपटक त्यस्तो छैन ।

 

कैलाली क्षेत्र नं.-२ मा विभिन्न दल र स्वतन्त्र गरि १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बिजयबहादुर स्वाँरको प्रचारशैली भने अलि फरक छ । उनले जनतालाई झुठो आश्वासन दिएर प्रचारप्रसार गर्न नहुने बताए ।

 

उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धी उम्मेदवारसँग सौहार्द र हार्दिकता साँटेर चुनावी अभियानमा जुटेका उनी, आमसभा, सम्बोधन, चुनावी भाषणभन्दा पनि भुइँमान्छेका बीचमा देखिने गरेका छन् ।

 

बिहीबार बौनियास्थित निर्वाचन क्षेत्रको सचिवालयमा आयोजित नेताकार्यकर्ताको छलफलमा उनले काँग्रेस नेताकार्यकर्ताले इमानदार भएर प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरे । स्थानीय नेता, पार्टीका लगनशील कार्यकर्तालाई लिएर जनताको घरदैलो  पुगिरहेका उनले भने, ‘तपाईंहरुले मलाई चुनाव जिताएर पठाउनुहोस् । म शीर निहुँरिन दिने छैन । अहिलेसम्म कुनैपनि आर्थिक अनियमितता, कुशासनमा दाग नलागेको व्यक्ति हुँ । म जनताको सेवक भइ काम गर्छु ।’
उनले परिवर्तनका कथाव्यथा सुनाएर मात्रै परिवर्तन सम्भव नहुने बताउँदै इमानदार भएर जनताका कुरा सुन्ने, पीडा सुन्ने, त्यसलाई मनन गर्ने र त्यसैमुताविक नीति निर्माण र योजना बनाउन जोड दिने उल्लेख गरे ।

 

सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भएकाले संविधान, ऐनकानुनमा भएका अप्ठ्यारोलाई संशोधन गरेर जनतालाई अधिकार सम्पन्न बताउन सकिने धारणा उनले राखे ।
कैलाली क्षेत्र नम्बर २ कृषि, पर्यटन, पशुपालन, प्राकृतिक स्रोतको अथाह सम्भावनाको क्षेत्र भएर पनि धेरै कुरा सुधार्नुपर्ने अवस्था भएको उनले बताए । निर्माणाधीन अवस्थामा रहेको सेती राजमार्गको द्रुत विकासका लागि आफू काम गर्ने उनले बताए ।

 

‘म सबैथोक गर्छु भन्ने बाचा गर्दिन, जति गर्न सक्छु त्यति मात्रै बोल्ने हो । मेरो निर्वाचन क्षेत्रमा पहाडी पालिका मोहन्याल पनि छ’, उनले भने, ‘जुन क्षेत्र जल, जडिबुटी, पर्यटन, पशुपालन र नगदेबालीका लागि प्रख्यात छ, त्यसका लागि कृषि उत्पादन र बजारीकरणमा पनि विशेष योजना बनाउन आवश्यक छ ।’

 

सो अवसरमा उनले नेपाली काँग्रेसले नयाँ र युवा अनुहारलाई टिकट दिएको बताए । ‘अहिले धेरैले नयाँ भनिरहेका छन् । कस्तो नयाँ हो? उनले प्रश्न गर्दै भने, ‘विचारमा नयाँ चाहिएको हो, उम्मेदवार नयाँ हो भने म पनि यहीँ लम्कीचुहाको माटोमा हुर्केको नयाँ उम्मेदवार हुँ ।’उनले क्षेत्रमा काँग्रेस एकढिक्का भएर अघि बढेको समेत बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सूर्य बहादुर थापाको पक्षमा लम्की बजारमा उत्साहपूर्ण घरदैलो

लम्की, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार सूर्य बहादुर थापाले लम्की बजार क्षेत्रमा शुक्रबार व्यापक घरदैलो कार्यक्रम भइरहेको छ । घरदैलोका क्रममा स्थानीय व्यापारीले उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

रसुवा, जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसंग आग्रह गरेको छ । निर्वाचनका सन्दर्भमा विहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने...

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ,  स्थानीय बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौँ, यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।   अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले...

सूर्य बहादुर थापाको पक्षमा लम्की बजारमा उत्साहपूर्ण घरदैलो

लम्की, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार सूर्य बहादुर थापाले लम्की बजार क्षेत्रमा शुक्रबार व्यापक घरदैलो कार्यक्रम भइरहेको छ । घरदैलोका क्रममा स्थानीय व्यापारीले उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

झुठो बाचा गर्दिनँ, इमानदार भइ सेवा गर्छु : काँग्रेस उम्मेदवार स्वाँर  

कैलाली । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार बनेका बिजय बहादुर स्वाँरले चुनावी अभियानमा गरिएका बाचा पूरा गरी सार्वजनिक बताएका छन् । जनतामाझ आफूले बोलेका बाचा अनुसार हरेक वर्ष के कति काम भए वा भएनन् त्यसको सार्वजनिक गर्ने उनले भनाइ छ । एक सञ्चारमाध्यममा अन्तर्वार्ता...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर

सिरहा,  लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ ।   एक समारोहकाबीच नगरपालिका...

तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो

टक्सार (भोजपुर), भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ । नगरको वडा नं ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९