देखिन छाडे गोरुगाडा

राँझा (बाँके),  तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पु¥याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो । तर, अहिले त्यसको ठाउँ ट्र¥याक्टर, टेलर र हाते ट्र्याक्टर (पावर टिलर) ले लिएका छन् । ट्र्याक्टरले धेरै सामान छिटो र छरितो पु¥याउने भएपछि किसानहरूको आकर्षण गोरुगाडाबाट हट्दै गएको छ ।

 

 

“पहिले बिहेबारीमा जन्ती जान र टाढाका आफन्त भेट्नसमेत गोरुगाडाकै लस्कर लाग्ने गर्दथ्यो तर, अहिले ग्रामीण सडक कालोपत्र हुनु र मोटरसाइकल तथा अटो रिक्साको सङ्ख्या बढ्नुले गोरुगाडालाई ओझेलमा पारेको छ”,नेपालगञ्ज–१९ सुईयागाउँ निवासी ललवा माहुतले भन्नुभयो,“अहिले त घर घरमा ट्याक्टर र गाडी राख्न थालेपछि गोरुगाडा लोप भएर गए ।”

 

उहाँका अनुसार, गोरुगाडा हराउनुको अर्को मुख्य कारण गोरु पाल्ने किसानको सङ्ख्या घट्नु पनि हो । खेत जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्न थालेपछि किसानले गोरु पाल्न छाडेका छन् । गोरु नै नभएपछि गाडा थन्किएका छन् भने कतिपय ठाउँमा गाडा बनाउने डकर्मी र सिकर्मीलेसमेत आफ्नो पेसा परिवर्तन गरिसकेका छन् ।

 

 

जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसान खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्ने गरेको राप्तीसोनारी गाउँपालिका–३ का स्थानीय अगुवा तुलसी थारुले बताउनुभयो ।

 

 

“यात्रा गर्दासमेत गोरुगाडा र राँगागाडाको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्नसमेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो”,उहाँले भन्नुभयो,“अहिले गाउँमा कहीँकतै गोरुगाडा देखिने गरेपनि गाडा बनाउने कालीगढ पाइदैन ।”विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उहाँको भनाइ छ ।

 

 

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारुले बताउनुभयो । विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरुगाडा कुदाएको स्मरण गर्दै उहाँले भन्नुभयो,“जमाना धेरै अगाडि बढिसक्यो, अहिले घर घरमा मोटरसाइकल, ट्याक्टर र अन्य आधुनिक गाडी आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ ।”

 

 

गोरुगाडा बनाउने काठसमेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन इतिहास सम्झाउने पुरानो सवारीसाधन गोरुगाडा लोपहुँदै गएको छ, तर लोपोन्मुख अवस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् ।“अहिलेका केटाकेटीले त गोरुगाडा देख्नै पाउँदैनन् ।

 

हामीले यही गाडा चढेर कति मेला–बजार गयौँ, तर अब यो सबै सम्झनामा मात्र सीमित हुने भयो”, नेपालगञ्ज–१९ वसुदेवपुरका ७८ वर्षीय स्थानीय किसान हनिफ खानले दुःख व्यक्त गर्नुभयो ।गोरुगाडा इन्धनमुक्त र वातावरणमैत्री साधन हराउँदै जानु दुखद् पक्ष हो । थारु समुदाय र मधेसी संस्कृतिसँग नजिकबाट जोडिएको यो साधन लोपहुँदा एउटा जीवन्त इतिहास र पहिचान पनि मेटिँदै गएकोमा वातावरण संरक्षणमा क्रियाशील नेपालगञ्जका तेजविक्रम शाह चिन्ता व्यक्त गर्नुहुन्छ ।

 

 

उहाँका अनुसार, अहिले केही पर्यटकीय क्षेत्र र होटलहरूले पर्यटकलाई मनोरञ्जन दिनका लागि मात्र साङ्केतिक रूपमा गोरुगाडा राख्ने गरेका छन् । तर, वास्तविक रूपमा सामान ओसार्ने यो पुरानो इञ्जिन अब गाउँका सडकबाट पूर्ण रूपमा बिदा हुने तरखरमा छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९