यस्तो छ तनहुँ १ मा चुनावको माहोल

डुम्रे (तनहुँ),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ । चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व । तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईले यसअघि एकअर्कासँग प्रतिष्पर्धा गरिरहेका छन् ।

 

 

विसं २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा उहाँहरुबीच भएको चुनावी प्रतिस्पर्धा दोहोरिनुले पनि चर्चा बढेको हो । निर्वाचन क्षेत्र सर्वाधिक निगरानी र गणितीय अनिश्चितताको क्षेत्रका रुपमा पनि लिइएको छ । मतपरिणाम परम्परागत दल र नयाँ शक्तिबीच टक्कर हुने सम्भावना बढी देखिन्छ ।
यसका साथै यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगवती न्यौपानेको पनि प्रतिस्पर्धा रहेको छ । मुख्य यी तीन पार्टीका साथै स्वतन्त्र उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य पार्टी पनि चुनावी मैदानमा छन् । राजनीतिक प्रतिस्पर्धा पुराना तथा नयाँ दलबीच प्रत्यक्ष रुपमा देखिएको छ । प्रत्येक दलले आआफ्नो सङ्गठन, एजेन्डा र उम्मेदवारको छविलाई प्राथमिकता दिइरहेका छन् ।
यहाँ पार्टीभन्दा पनि उम्मेदवारको इमानदारिता, विगतको काम र जनसम्पर्कले ठूलो भूमिका खेल्ने गरेको इतिहास उत्तिकै महत्वपूर्ण मानिएको छ । युवा मतदाता, परिवर्तन चाहने वर्ग र परम्परागत मतदाताबीचको सोचको द्वन्द्वले नतिजा अप्रत्याशित बनाउने गरेको उपनिर्वाचनको नतिजाले सावित गरेको छ । रास्वपाले उपनिर्वाचनमा प्राप्त विरासत निरन्तरता रुपमा कायम राख्ने लक्ष्य राखेको देखिन्छ ।
त्यस्तै, नेपाली कांग्रेसले पुरानो विजय र जनसमर्थन फर्काउने कोसिस गरिरहेको प्रष्ट छ । एमाले÷नेकपाले पनि आआफ्नो परम्परागत मतलाई जोडिँदै पुनःप्रतिस्पर्धाको मैदानमा साख जोगाउनेतर्फ सचेत भएको देखिन्छ । यस क्षेत्रमा मतदाताले स्थानीय रुपमा विकास, पार्टीको विश्वास तथा तरल राजनीतिसम्बन्धी भावनालाई जोड दिँदै मत प्राप्त गर्ने सम्भावना देखिएको छ । रास्वपा र कांग्रेस प्रतिपक्षीलाई चुनौती दिनसक्ने शक्तिशाली दाबेदार बनेका छन् भने एमाले अझै पनि ठूलो मत विभाजनको अवस्थामा छ ।
प्रतिनिधिसभा २०७९ मा नेपाली कांग्रेस प्रत्यक्षतर्फ रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गर्नुभएको थियो भने एमालेका एकबहादुर रानाले १९ हजार ९८१, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार ८८६ र रास्वपाका विकास सिग्देलले छ हजार ४४ मत प्राप्त गर्नुभएको थियो ।

 

समानुपातिकतर्फ नेपाली कांग्रेस २० हजार १५८, नेकपा एमाले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३ र नेकपाले सात हजार ३२६ मत प्राप्त गरेको थियो । पौडेल विजयी हुँदै राष्ट्रपति भएपछि यस क्षेत्रको प्रतिनिधिसभाको संसदीय सदस्य पद खाली बनेको यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
विसं २०८० वैशाख १० मा भएको प्रतिनिधिसभा–१ उपनिर्वाचनमा ५३ प्रतिशत मात्रै मत खसेको थियो । रास्वपाका उपसभापति वाग्लेले ३४ हजार ९११ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । कांग्रेसका भट्टराईले २० हजार १२२ मत र एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ र अन्य दलले थोरै मत पाउनुभएको थियो । वाग्लेले १४ हजार ७९६ मतले जित हासिल गर्नुभएको थियो ।

 

उपनिर्वाचनमा रास्वपाले एमालेको मत करिब ११ हजार तानेको थियो भने रास्वपाले नेकपा, स्वतन्त्र उम्मेदवारको मत आफ्नो पक्षमा पार्न सफल भएको थियो । यसपटक निर्वाचनमा यस खालको अवस्था छैन । अझ बढी प्रतिस्पर्धात्मक देखिएको मतदाताको भनाइ छ ।
यहाँ नेकपा, उज्यालो पार्टी, श्रम संस्कृतिलगायतका उम्मेदवार पनि रहेकाले उनीहरुको आफ्नै प्रभाव हुने देखिन्छ । त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बन्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामदत्त जोशी (अभिषेक) लाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, उज्यालो पार्टीका मञ्जिल रानालगायत दलका उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो पक्षमा मत पार्ने कसरतमा हुनुहुन्छ ।

 

दमौलीदेखि बैरेनी, कलेस्ती, रिस्ती, डुम्रे, भानु, आँबुखैरेनीसम्मका मतदाताको प्रतिक्रियाले तनहुँ–१ को चुनाव निकै पेचिलो देखाउँछ । अघिल्लो पटक स्पष्ट रुपमा खुलेका मतदाता पनि अहिले पर्ख र हेरको अवस्थामा छन् ।

 

भानु, आँबुखैरेनीका सहरी वडा, ब्यास नगरका सहरी वडा, डुम्रे बजार, देवघाटका सहरी क्षेत्रमा रास्वपाप्रति अलि झुकाव देखिएका छन् भने देवघाट आसपास र ग्रामिण बस्तीहरुमा रास्वपाभन्दा नेपाली काङ्ग्रेस बलियो मानिएको छ ।

 

तनहुँ जिल्लामा कुल मतदाता दुई लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६  र पुरुष एक लाख २३ हजार ४९१ रहेका निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । तनहुँ–१ क्षेत्रमा मात्रै एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् भने तनहुँ–२ मा एक लाख १८ हजार २७९ मतदाता रहेका छन् ।

 

तनहुँ–१ निर्वाचन क्षेत्रमा देवघाट गाउँपालिकाका ५ वटै वडा, आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडा, बन्दीपुर गाउँपालिकाका ६ वटै वडा, भानु नगरपालिकाका १३ वटै वडा र व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेक अन्य १२ वटा वडा समेटिएका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५३ मतदान केन्द्र तोकिएको छ ।

 

तनहुँ क्षेत्र नं.२ मा कांग्रेसबाट शङ्कर भण्डारी चुनावी मैदानमा हुनुहुन्छ भने एमालेतर्फ केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर थापा, रास्वपाका श्रीराम न्यौपानेलगायत ११ दलले निर्वाचनको मैदानमा हुनुहुन्छ ।

 

गत निर्वाचन अर्थात् प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रमा भण्डारीले ३० हजार ६०४, एमालेका किरण गुरुङले २५ हजार १३०, रास्वपाका विजय जोशीले पाँच हजार ३७३ र अन्य उम्मेदवारले करिब एक हजार ७०८ मत प्राप्त गर्नुभएको थियो ।

 

यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं.२ मा एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन् । यस क्षेत्रमा ३०९ मतदान केन्द्र रहेको छ । तनहुँ क्षेत्र नं.२ मा व्यास नगरपालिकाका ५ र ६ नं वडा, म्याग्दे गाउँपालिकाका ७ वटा वडा, शुक्लागण्डकी नगरपालिका १२ वटा वडा, भिमाद नगरपालिकाका ९ वटा वडा, ऋषिङ गाउँपालिकाका ८ वटा वडा र घिरिङ गाउँपालिकाका ६ वटा वडा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९