भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर,  भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो ।

 

करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्याउने सङ्घको लक्ष्य छ ।

 

महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको बजेट राज्यबाट समयमै प्राप्त नहुँदा केही संरचनाको निर्माणकार्यमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले यसको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

 

“राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको दिगो विकासका लागि विशेष पहल गरेका छौँ । दावाँस्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो ।”

 

आवासीय प्रशिक्षण केन्द्र सञ्चालनका लागि राष्ट्रिय भलिबल सङ्घले एक जना योग्य प्रशिक्षकको व्यवस्था गर्ने जनाएको छ । यस केन्द्रमार्फत स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । खेल क्षेत्रको विकासका लागि आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ कम्प्लेक्स निर्माण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

 

यसैबीच, नेपालक भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले भौतिक अवस्था, सम्भाव्यता तथा आवश्यक सुधारका विषयमा चासो व्यक्त गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको सक्रिय भूमिका र राज्यको निरन्तर सहयोगबिना यस्तो महत्त्वपूर्ण संरचना दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन हुने उहाँको धारणा छ ।

 

भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले संरचनालाई पूर्ण रूपमा सम्पन्न गर्न सके यहाँ भलिबलसहित अन्य ‘इन्डोर्स’ खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । पहाडी क्षेत्रमा निर्माण भएको यस्ता संरचनामा प्रशिक्षण लिएका खेलाडीले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने उहाँको भनाइ छ ।

 

प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुुनका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्दै तथा राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा भोजपुरको योगदान बढ्ने स्थानीयवासी उत्तम खड्काले बताउनुभयो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको खेल संरचनालाई पुनः जीवन दिने कार्यले भोजपुरको खेलकुद विकासमा नयाँ आशा जगाएको उहाँको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीको मोहन्यालमा रहस्यमय मृत्यु: २५ वर्षीया महिलाको शव वन क्षेत्रमा फेला

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित नवप्रगतिशील सामुदायिक वन क्षेत्रभित्र एक अपरिचित महिलाको शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।   स्थानीय गोठालाहरूले दिउँसो जंगल क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल सेती राजमार्ग बाट करिब दुई सय मिटर पूर्वतर्फ पर्ने बताइएको छ।   जिल्ला...

आलेखः विस्थापन र अतिक्रमणबीचको दबाबमा वन संरक्षण

घोडाघोडी (कैलाली),  कैलालीको चुरे गाउँपालिका–४ पनेरुगडास्थित जङ्गलको बीच भागमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ । विसं २०७७ मा चुरे गाउँपालिका–४ कै गौजनामा आएको पहिरोले उहाँको १६ रोपनी जमिनसहित घर र खेत बगाएपछि विश्नादेवीको परिवार विस्थापित हुनुप¥यो ।   विस्थापित भएपछि...

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी,  नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।   गुल्मीको रेसुङ्गा...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

रसुवा,  रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् ।लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।   स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा...

सूर्य बहादुर थापाको पक्षमा लम्की बजारमा उत्साहपूर्ण घरदैलो

लम्की, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार सूर्य बहादुर थापाले लम्की बजार क्षेत्रमा शुक्रबार व्यापक घरदैलो कार्यक्रम भइरहेको छ । घरदैलोका क्रममा स्थानीय व्यापारीले उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

कैलाली–५ मा ढुंगानाको चुनावी दौड तीव्र, ‘सोचेभन्दा बढी माया पाइरहेको छु’

धनगढी – कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञ राज ढुंगाना ले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेका ढुंगानाले आफूले अपेक्षा गरेभन्दा बढी समर्थन र सद्भाव पाइरहेको बताएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

म्याग्दी, म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको...

लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर

सिरहा,  लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ ।   एक समारोहकाबीच नगरपालिका...

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौँ,  आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९