सूर्य थापाको त्यो भरोसाको पुल अनि जनताको जीवन रेखा 

कैलाली । करिब चार दशक अघि, तराइमा यस्तो बस्ती थिएन । घरका लागि चाहिने नुन देखी सुन सम्मका लागि कैलालीको चिसापानी झर्ने हटारुहरू ९किनमेल गर्न आएका मानिस० को लर्को हुने गर्दथ्यो । चिसापानी–कुइने–सोल्टामा अहिले जस्तो गाडी चल्ने कुरा सपना मात्र थियो । किनकि हटारुहरूका लागि गोरेटो बाटो नै सुरक्षित थिएन । सुर्खेत, डोटी, दैलेख सहितका विभिन्न पहाडी जिल्लाबाट चिसापानी झर्ने हटारुहरूका लागि सबैभन्दा बढी जोखिम थियो साबिक सुगरखाल गाविस ९ र हाल मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने बाका खोला ।

 

 

 

 

खोलामा गहिरो खोच भएकाले यो बाटो प्रयोग गर्नु ज्यानको बाजी लगाउनु सहर नै थियो । माथिबाट खोलाको गहिरो खोचमा पुग्नु पर्ने र खोचबाट फेरी माथि उक्लनु निकै असहज थियो । वैकल्पिक बाटो घुमाउरो र बढी समय लाग्ने भएकाले आफूहरूले जोखिम मोलेरै खोलाको बाटो प्रयोग गर्ने गरेको ८२ वर्षीय करण सिंह भुल बत्ताउँछन् । “अहिले त यतै बसाई सरे, यो म हाट हिँडेको बाटो हो । हिँड्दा खेरी बाका खोला पुगेपछि धेरै डर लाग्थ्यो । किन भने बाटो खतरा थियो । कति त लडेर घाइते पनि भएका हुन । घुमेर जाँदा समय धेरै लाग्ने भएकाले झारपात, बुट्यान समातेर भए पनि खोलामा झर्ने र चढ्ने गर्थ्यौ ।” उनले भने ।

 

 

 

 

त्यही बाका खोलाको छेउमा थियो सूर्य बहादुर थापाको घर । कतिपय हटारुहरूका लागि थकान मार्ने चौतारो समेत उनैको घर थियो । उनका बुवा गर्वे थापालाई हटारुहरूको पिडाले निकै पिरोल्थ्यो । सूर्य थापा भन्छन्,।।। “हाट आउने हटारुहरूलाई धेरै समस्या भयो अलिकति पैसा कमाइयो भने बाका खोलामा काठको पुल बनाउनु पर्छ भनेर बुवा भनिरहनु हुन्थ्यो । त्यो समयमा एकल लगानीमा पुल बनाउने कुरा सानो थिएन । बुवाले सपना देखे पनि पुरा गर्न असम्भव थियो । त्यसै हुँदाहुँदै २०४३ सालमा बुवा बित्नु भयो ।”

 

 

 

 

आफ्ना बुवा हुँदा सम्म सूर्य थापाले पुल र हटारुको पिडामा धेरै ध्यान दिएनन् । तर बुवा स्वर्गीय भएपछि भने बुवाको सपना र जनताको पिडाले मनमा शान्ति मिलेन । फतल उनले २०४४ सालमा आफ्नै निजी लगानीमा काठको पुल बनाए । पुल काठको थियो तर जनताको जिवनरेखा थियो । पुल सानो थियो तर जनताको भरोसाको पुल थियो । यस बखत उनी राजनीति, पद वा प्रतिष्ठामा थिएनन् । थियो त केवल जनताको पिडा बुझ्ने मन अनि एउटै उद्देश्य जनताको सहजता ।

 

 

 

 

तत्कालीन अवस्थामा काठे पुल निर्माणमा लगाएको लगानीले जग्गा किनेको भए बिघौ बिघा जग्गा आउँथ्यो । अन्यत्र लगानी गरेको भए व्यावसायिक सफलता मिल्थ्यो होला तर उनलाई जनताको सेवा भावले यस्तो गर्न दिएन । “मैले त्यो बेला पुल बनाउँदा ३५ हजार खर्च गरेको थिए । त्यो बेला टिकापुरमा एक हजारको एक कट्टा जमिन पाइन्थ्यो । भनेपछि अहिले करिब ३५ करोड हुन्थ्यो होला तर मैले त्यो सोचिन । समाजको हित भन्दा माथि, समाजको समस्या भन्दा पर म बस्न सकिन । काठको पुल बनाएर जनतालाई सहजता बनाइदिएको भन्दा बढी खुसी अरूमा मिलेन ।” उनले भने ।

 

 

 

 

२०४४ सालमा गोरेटो बाटोलाई मध्यनजर गरेर बनाइएको पुल थियो । पछि सूर्य थापा चिसापानी–कुइने–सोल्टा हुँदै ९ पहाडी जिल्लालाई सहज हुने मोटरबाटको सपना देख्न थाले र पहल गर्न थाले । उनले अगुवाइ गरेको विद्रोहको आवाज सरकारले सुन्यो र सो सडकमा नयाँ ट्र्याक खोल्यो । थापाले बनाएको त्यही काठे पुलले २०४४ साल देखी २०७८ साल सम्म बढुवा देखी सवारी साधन सम्मलाई वारपार गरायो । उनै सूर्य थापाकै पलमा बाका खोलामा अहिले पक्की पुल बनेको छ ।

 

 

 

 

यही बाटो हाट पुगेका ८५ वर्षीय पुष्कल बहादुर माझी ती दिन सम्झिँदै भन्छन्,।।।। “बाका खोला भनेको हटारुहरूका लागि प्रकृतिले थापेको धराप थियो । सँगै आएका कयौँ साथीहरू लडेर घाइते पनि भएका थिए । तर पछि सूर्य थापा जीले आफ्नै लगानीमा काठे पुल बनाइदिनु भयो । उहाँलाई के भयो थाहा छैन तर हामी हटारुलाई संसार जितेको महसुस भयो । भगवानै आएको अनुभूति भयो । त्यो बेला व्यक्तिले पुल बनाउने कुरा सानो कुरा थिएन । जनताको सेवा गर्ने सङ्कल्प सानो थिएन । मैले बुझेको सूर्य थापा सपना देख्ने र त्यही सपनालाई वास्तविकतामा बदल्ने मान्छे हुन ।”

 

 

 

 

काठे पुलबाट सुरु भएको उनको समाज बदल्ने सङ्कल्प अहिले पनि उस्तै छ । रोजगार सृजना गर्ने सपना, कृषिलाई आधुनिकीकरण गर्ने सपना, भेरी कर्णालीको सङ्गम त्रिवेणी धामलाई विश्वमा चिनाउने सपना, जलयात्रा सफल पार्ने सपना, सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्ने सपना अझै उस्तै छ ।

 

 

 

 

सूर्य बहादुर थापा कैलालीमा नाम चलेका उद्योगपति र असल राजनीतिकर्मी पनि हुन । उनी जिल्ला समन्वय समिति कैलालीको सभापतिको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका व्यक्ती हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९