चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ, चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका धेरै चलचित्र गीतसङ्गीतकै कारण सफल भएका प्रसस्तै उदाहरण छन् ।

 

सङ्गीतकार अर्जुन पोखरेलले चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रुपमा लिइए पनि यसतर्फ लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय चलचित्र बन्न नसकेको बताउनुभयो ।

 

“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ । तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन”, सङ्गीतकार पोखरेलले भन्नुभयो ।

 

उहाँले सङ्गीत दिनुभएको ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । तर, पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।

 

“केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा पनि प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि  त्यसलाई प्रचारको रुपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ”, सङ्गीतकार पोखरेलले भन्नुभयो ।

 

निर्देशक पुर्नेन्दु झाको पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बुझाइ छ । गीतसङ्गीतकै कारण आम दर्शकलाई चलचित्रको बारेमा जानकारी हुनेगरेको उहाँको भनाइ छ ।

 

“चलचित्रको प्रचारप्रसार गीतमार्फत सुर हुने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य श्रव्यदृश्यलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भन्नुभयो ।

 

उहाँले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गर्नुभएको थियो । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफल पनि भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान

तानसेन (पाल्पा),  जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।   बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाका लागि तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी...

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन (बागलुङ),  एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।   एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत  बागलुङको बडिगाड गाउँपालिका...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौँ,  काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलबार दिउँसो १३ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ ।...

एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

भक्तपुर, भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

नवोदितमा ‘विज्ञान प्रदर्शनी’ सुरु

काठमाडौँ,  आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन् ।   प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष...

बाल क्यान्सरका बारेमा सचेतना

चितवन, अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्र गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।   अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९