‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ,  मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने क्रममा नेपाली जनताले लामो सङ्घर्ष र बलिदान दिनुपरेको थियो । प्रजातन्त्रका लागि मुलुकका होनाहार योद्धाले ज्यानको आहुति दिनुभयो । राणाशासनको विरोध गर्दा कयौँ नागरिक देश निकाला हुनुपर्‍यो भने जेलनेल भोग्न बाध्य पारियो ।

 

प्रजातन्त्रिक आन्दोलनका क्रममा दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीलगायत अमर सहिदको विशिष्ट योगदान छ । तत्कालीन राजा त्रिभुवन शाह र नेपाली जनताको सामूहिक प्रयत्नबाट मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भयो ।

 

जनताको बलिदानीबाट प्राप्त भएको सो व्यवस्था एक दशक नपुग्दै गुम्न पुगेको थियो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्र शाहको प्रतिगामी कदमबाट त्यस बेलाको शिशु प्रजातन्त्र गुमेर देशमा पुनःदलविहीन कठोर राजनीतिक व्यवस्थाको सुरुआत भएको थियो ।

 

मुलुकमा अहिले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित नागरिक अधिकार प्राप्तिको जग २००७ सालको क्रान्ति रहेको र त्यसबेलाका सहिदको बलिदानले नै प्रजातन्त्रको नयाँ बिहानी प्राप्त भएको राजनीतिक र सामाजिक क्षेत्रका अग्रजहरूको भनाइ छ ।

 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमाले प्रजातन्त्र उदय भएको र नेपाली जनता ठूलो फालमे साङ्ग्लोबाट मुक्त भएको दिनका रूपमा फागुन ७ गतेलाई स्मरण गर्नुभयो । “नेपाली जनता दबिएका, थिचिएका, अशिक्षित र धेरै कुराको दुःख थियो, २००७ सालपछि हरेक जनताका लागि विकासको बाटो खुला भयो”, उहाँले भन्नुभयो, “अब नेपालले विकास गर्छ भन्ने ‘स्फूर्ति’ थियो भन्ने कुराको सम्झना फागुन ७ गते हुन्छ ।”

 

सहिदहरूले जुन सपना बाकेर ज्यानको आहुति दिनुभयो, त्यसबाट प्रजातन्त्र कति महत्वपूर्ण रहेछ भन्ने उहाँहरूको बलिदानीले देखाएको माथेमाले धारणा राख्नुभयो । “प्रजातन्त्रले केही वर्ग र व्यक्तिलाई मात्रै होइन, सबै जनतालाई सँगसँगै राजनीतिक, सामाजिक र आर्थिक रूपले समृद्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक, शैक्षिक, मानवीय विकासको हिसाबले समृद्धि आउँछ भन्ने सोचाइ थियो ।”

 

जनतामाथि अत्याचार गर्ने, पढ्नलेख्न नदिने संस्थाको अवसान भएको र जनताको हातमा बागडोर आएपछि ‘अब उन्नति गर्छौँ’ भन्ने त्यसबेलाको दृष्टिकोण रहेको माथेमाले सुनाउनुभयो । “सहिदका सपना र जनताको आकाङ्क्षा यहाँसम्म आइपुग्दा धेरै कुरा साकार भए, केही बाँकी छन्”, उहाँले भन्नुभयो ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेत्री अष्टलक्षी शाक्यले फागुन ७ गते नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना भएको दिनका रूपमा हामीले सम्झनुपर्नेमा जोड दिनुभयो । “प्रजातन्त्र ल्याउन धेरै योद्धाले बलिदान दिनुभएको छ । जसले बलिदान दिनुभयो, उहाँहरूलाई विशेष सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “प्रजातन्त्र जनताको भावना अभिव्यक्ति गर्ने स्वतन्त्रता हो ।”

 

नेपालमा निरङ्शुकताका कुरा बोल्ने, लेख्ने, सभाजुलुस गर्ने हकअधिकार खोसिएको त्यसबेलाको राजनीतिक अवस्था र चेतनाको स्मरण गर्दै नेत्री शाक्यले भन्नुभयो, “नेपाली जनताको त्याग र बलिदानबाट प्रजातन्त्र आएको हो । यसर्थमा प्रजातन्त्रलाई सबै मिलेर जोगाउनुपर्छ, अझ बलियो बनाउनुपर्छ । अब मुलुकलाई स्थायित्व दिनुपर्छ भन्ने नेपाली जनताको भावनालाई पूरा गर्नुपर्छ ।”

 

नेपाली जनताको हक अधिकारलाई सुरक्षित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन नेपाली जनता एकताबद्ध हुनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । विसं २००७ मा प्रजातन्त्र नआएको भए अहिले लोकतन्त्र र गणतन्त्र प्राप्त गर्न ठूलो चुनौती हुने उहाँको बुझाइ छ ।

 

लोकतन्त्रवादी नेता लक्ष्मणलाल कर्णले २००७ साल नेपालका लागि ठूलो पविर्तनको प्रस्थानबिन्दु बनेको बताउनुभयो । “त्यहीँबाट जहानियाँ राणाशासन समाप्त भई देशमा प्रजातन्त्रको सुरुआत भयो । प्रजातन्त्रको चाहना जनतामा हमेसा रहिरहेको छ । त्यो प्रजातन्त्र धेरै वर्ष टिक्न सकेन, त्यसबाट पाठ लिएर प्रजातन्त्रलाई जोगाइराख्नुपर्छ । जनताका लागि प्रजातन्त्र आधारभूत विषय हो । अबका दिनमा प्रजातन्त्रको मूल्यमान्यता नखोसियोस् भन्ने हिसाबले एकताबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

 

प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते स्वदेश तथा विदेशमा सहिदको बलिदानीको चर्चा परिचर्चा गर्दै मनाइँदैछ । दिवसका अवसरमा सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकारद्वारा गठित प्रजातन्त्र दिवस मुल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गर्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९