सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ । चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल सीमित भएको छ ।

 

 

 

प्रदेश लेखानियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश सरकारले रु ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार बजेटमध्ये रु २० अर्ब ८१ करोड ५१ लाख ११ हजार ६२ खर्च गरेको छ । यो कुल बजेटको ६२.२६ प्रतिशत हो । यसमा चालुतर्फ रु १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार ४०० विनियोजन गरिएकामा रु नौ अर्ब २४ करोड ८६ लाख ३८ हजार ९३७ अर्थात् ६८.०४ प्रतिशत खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार विनियोजन गरिएकामा रु ११ अर्ब ५६ करोड ६४ लाख ७२ हजार १२४ अर्थात् ५८.३३ प्रतिशत खर्च भएको छ ।

 

 

 

मन्त्रालयगत आधारमा सामाजिक विकास मन्त्रालयले चालुतर्फ ७६.३५ र पुँजीगततर्फ ६३.६१ प्रतिशत गरी समग्रमा ७१.५३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि चालुतर्फ रु चार अर्ब ११ करोड ६० लाख ५४ हजार ४०० र पुँजीगततर्फ रु दुई अर्ब ५० करोड ७२ लाख ९४ हजार ११७ विनियोजन गरिएको थियो ।

 

 

त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुतर्फ ६८.८९ प्रतिशत र पुँजीगततर्फ ७३.६७ प्रतिशत खर्चसहित ७१.४६ प्रतिशत खर्च भएको छ । यस मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब दुई करोड ५६ लाख ५६ हजार ३७५ र पुँजीगततर्फ रु एक अर्ब १९ करोड ५३ लाख १४ हजार ९८६ विनियोजन गरिएको थियो ।

 

 

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ६५.१० र पुँजीगततर्फ ५९.८४ गरी ६०.०५ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयका लागि चालुतर्फ रु छ अर्ब २० लाख छ हजार ४७० र पुँजीगततर्फ रु एक अर्ब ४६ करोड ८४ लाख २३ हजार विनियोजन गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ ५९.५० र पुँजीगततर्फ ५१.७६ गरी ५८.६८ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को चालु ५१.५४ र पुँजीगत ५२.९८ गरी ५१.८० प्रतिशत रकम खर्च भएको छ ।

 

 

यस्तै, आर्थिक मामिला मन्त्रालयको चालु ५३.९८ र पुँजीगत ३८.३१ गरी ५२.०५ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु २९.४३ र पुँजीगत ३१.७२ गरी कुल ३०.७६ प्रतिशत खर्च भएको छ ।सबैभन्दा कम खर्च गर्ने कानुन मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब ४३ करोड २४ लाख सात हजार ८०० र पुँजीगततर्फ रु एक अर्ब ९७ करोड ४४ लाख तीन हजार विनियोजन गरिएको थियो ।

 

 

प्रदेशका निकायगत विवरणअनुसार सबैभन्दा बढी प्रदेश व्यवस्थापिकाका लागि कुल रु १९ करोड १५ लाख ७६ हजार १८७ बजेट विनियोजन गरिएकामा चालुतर्फ ७५.३९ र पुँजीगत ५६.१८ गरी ७३.१८ प्रतिशत खर्च भएको छ । यस्तै, प्रदेश लोकसेवा आयोगका लागि रु ११ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएकामा चालुतर्फ ५६.४३ र पुँजीगत ९९.७७ प्रतिशत खर्च भएको छ भने प्रदेश नीति तथा योजना आयोगका लागि रु पाँच करोड ९४ लाख ४३ हजार विनियोजन गरिएकामा चालुतर्फ ४९.६६ र पुँजीगत ७८.१२ प्रतिशत खर्च भएको छ ।

 

 

 

प्रदेशले स्थानीय तहका लागि विनियोजन गरेको रु तीन अर्ब ६३ करोड ९५ लाख ५० हजारमध्ये रु दुई अर्ब ७४ करोड ९५ लाख १२ हजार ३५७ अर्थात् ७५.५५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

 

 

लेखा नियन्त्रक वासुदेव जोशीले पूर्वाधार विकास, निर्माणाधीन आयोजना र विकास कार्यक्रमको कार्यान्वयन अपेक्षित गतिमा हुन नसकेकाले प्रदेश सरकारको समग्र पुँजीगत खर्च ६० प्रतिशतभन्दा तल सीमित हुन पुगेको बताउनुभयो । हरेक वर्षजस्तै चालु खर्च हुने र पुँजीगत खर्च कमजोर रहने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको उहाँले बताउनुभयो ।

 

 

लेखानियन्त्रक जोशीले भन्नुभयो “विगतका वर्षहरूका आधारमा समेत हाम्रो समग्र खर्च क्षमता औसतमा ६० देखि ७० र पुँजीगततर्फ ६० प्रतिशतमुनि नै हो । गत वर्ष भने समग्रमा ६९ प्रतिशत र पुँजीगततर्फ करिब ६७ प्रतिशत भयो, तर यस वर्ष जेनजी आन्दोलन, कर्मचारीको अभावलगायत कारणले केही समस्या भएको देखिन्छ ।”अब तयारी पुगेका योजनामा बजेट विनियोजन, समयमै कार्यान्वयन, खरिद तथा ठेक्का व्यवस्थापन प्रक्रिया सुधार्ने र आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन सके प्रदेशको पुँजीगत खर्चमा उल्लेख्य सुधार ल्याउन सकिने उहाँको विश्वास छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ,  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंबीच अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा छलफल भएको छ ।     मन्त्रालयमा भएको छलफलमा मन्त्री वादीले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, प्रवर्द्धन र आर्थिक सशक्तीकरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९