भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

गण्डकी,

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।”

नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ ।
तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाउनुभएको छ ।

नेपाली भाषाको एकीकरणकर्ताका रूपमा रहेका उहाँले आजभन्दा दुई शताब्दी अघि तत्कालीन समयको सांस्कृतिक, धार्मिक र सामाजिक विशिष्टतालाई आफ्ना रचनामा उतारेका त छन् नै नेपाली भाषाको समुन्नतिसँगै राष्ट्रिय एकता र सद्भावका लागि पनि अतुलनीय योगदान पुर्‍याउनुभएको छ ।

भानुका योगदानलाई जीवन्त राख्नका लागि भानु जन्मस्थल विकास समिति निरन्तर रूपमा लागिरहेको समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुुभयो । भानु जन्मस्थलको संरक्षण र विकासका लागि २०३३ सालमा गोपाल पाण्डे (असिम), धरणीधर कोइराला लगायतका साहित्यप्रेमी आएर उहाँका सन्ततिसँग जग्गा मागेर भानु सङ्ग्रहालय स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त क्रममा उहाँका सन्ततिसँग मागिएको करिब चार रोपनी क्षेत्रफलमा विभिन्न पूर्वाधार निर्माणसँगै सङ्ग्रहालय स्थापना गरिएको थियो । उक्त जग्गा भानु स्मारक सङ्ग्रहालयकै नाममा रहेकामा २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन भएपछि उक्त जग्गा समिति मातहत रहेको छ ।

सङ्ग्रहालयमा रहेको पुस्तकालयमा भानुभक्तका सन्नतिबाट प्राप्त २०० भन्दा पुराना भानुभक्त स्वयम्ले लेख्नुुभएका रामायण र वधुशिक्षाका पाण्डुलिपि राखिएको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उक्त सङ्ग्रहालयमा भानुभक्तकालीन अन्य विभिन्न सामग्रीहरू पनि रहेको जानकारी दिँदै उहाँले ती सामग्रीहरूको पुरातात्विक प्रमाणीकरण गर्न भने बाँकी रहेको बताउनुभयो ।

सङ्ग्रहालयमा रहेका रामयाण र वधुशिक्षाको पाण्डुलिपि कसरी जोगाउने भन्ने चिन्ता भने आफूहरूमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “यी पाण्डुलिपि झुत्रा हुन् र किराले खानबाट कसरी जोगाउने भन्ने विषयले हामीलाई चिन्तित बनाएको छ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि माइक्रोफिल्मिङ गरी राख्ने प्रयास गरिए पनि साधनस्रोतको अभाव आदिका कारण अहिलेसम्म हुन सकेको छैन ।” यी ऐतिहासिक महत्त्वका पाण्डुलिपिको संरक्षणमा राज्यको नै चासो पुग्नु जरुरी रहेको समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

भानुभक्तको रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई यो नेपाली भाषाको साहित्यिक प्रगतिको एक सेतु रहेको साहित्यकार डा अशोक थापा बताउनुहुन्छ । भानुभक्तको रामायणले भाषा प्रयोगका नयाँ आयामहरू खुला गरिदिएको बताउँदै उहाँले नेपाली साहित्यमा मौलिकता र रचनात्मकतालाई अघि बढाउनका लागि यसको विशेष योगदान रहेको बताउनुभयो ।

नेपाली भाषालाई केवल सम्प्रेषणको माध्यम मात्र नभई कला र संस्कृतिको सुनौलो मोतिका रूपमा भानुक्तले स्थापित गरिदिएको साहित्यकार थापाको भनाइ छ । नेपाली भाषामा पनि उत्कृष्ट साहित्य सिर्जना हुन सक्छ भन्ने कुरालाई रामायणले चरितार्थ पारिदिएको बताउँदै उहाँले भानुभक्तका रचनाले नेपाली भाषी जनतामा भाषिक गौरव र राष्ट्रिय पहिचानको भावना जगाएको बताउनुभयो ।

भानुभक्तको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार भानुभक्तकै नामबाट पालिकाको नाम नै भानु नगरपालिका रहेको छ । भानु जन्मस्थलको समग्र गुरुयोजना नगरपालिकाले तयार गरिरहेको छ ।

यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु २० करोड विनियोजन भइसकेको जानकारी दिँदै प्रमुख त्रिपाठीले उक्त रकमबाट ५४ फिट अग्लो भानुभक्तको मूर्ति निर्माणसँगै विभिन्न ६० वटा साहित्यिक स्रष्टाको सालिक निर्माण गरिने बताउनुभयो ।

त्यस्तै यहाँको रम्घा डाँडासम्मको बाटोको स्तरोन्नति गर्न लागिएको छ । सहरी विकास मन्त्रालय तथा सहरी विकास विभागमार्फत यी कामहरू अघि बढाउने र यसमा नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

जन्मस्थलको विकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो दिनुुभएको बताउँदै प्रमुख त्रिपाठीले नगरपालिकाले पनि त्यसलाई उच्च प्राथमिकताका साथ विकास गर्न खोजेको बताउनुभयो । “भानुभक्त देशभित्र रहेका मात्र नभई विश्वमा छरिएका सबै नेपाली र नेपाली भाषाप्रेमीले सम्झने महत्त्वपूर्ण पात्र हुन्”, उहाँले भन्नुभयो ।

भाषा, साहित्य र संस्कृतिका लागि भानु जन्मस्थल चुँदीरम्घा आफैँमा खुला सङ्ग्रहालय भएको बताउँदै उहाँले भानुभक्तका योगदानलाई समेटेर यस स्थललाई विश्वकै साहित्यानुरागीहरूको प्रतिष्ठित साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना रहेको बताउनुभयो । यहाँको विकाससँगै यो क्षेत्र साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ छ । वासुदेव पौडेल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

गण्डकी, “भर् जन्म घाँस तिर मन् दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल

सुदूरपश्चिम,  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय र भरपर्दो उत्तर—दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९