म्याग्दीमा महिलाको अवस्था : ‘राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा सुधारोन्मुख’

महिलालाई दोहोरो भूमिकाको चुनौती

बेनी (म्याग्दी), म्याग्दीमा राजनीतिक, सामाजिक र व्यावसायिक नेतृत्वमा महिलाहरूको सक्रियता बढ्न थालेको छ । केही वर्ष अघिसम्म घरायसी कामकाजमा मात्र सीमित हुने महिलाहरू अहिले भने राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका हुन् । मुख्य राजनीतिक दलहरूमध्ये नेकपा (एमालेको) जिल्ला कमिटीको पदाधिकारी र केन्द्रीय समितिमा समेत महिलाहरूको प्रतिनिधित्व छ । एमालेको स्थायी कमिटी सदस्यमा म्याग्दीबाट थममाया थापा हुनुहुन्छ ।

 

थापा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत हुनुहुन्थ्यो । त्यसैगरी संविधानसभा सदस्यसमेत रहनुभएका नरदेवी पुन एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । म्याग्दीमा सशक्त महिला नेतृको पहिचान बनाउनुभएकी पुनले गण्डकी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री र सङ्घीय सरकारमा पशुपन्छी विकास राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । एमालेको जिल्ला कमिटीमा धमसरा पुन सचिव हुनुहुन्छ । उहाँले २०७४ सालमा धवलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरिसक्नुभएको छ ।

 

एमालेको तर्फबाट २०७४ सालमा मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएकी महिला नेतृ खरमाया बिटालु हाल अनेमसङ्घ गण्डकी प्रदेश कमिटीको अध्यक्ष हुनुहुन्छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनेर बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित ज्योति लामिछाने पार्टीको प्रदेश कमिटी सदस्यसमेत हुनुहुन्छ । उहाँ अनेमसङ्घ (क्रान्तिकारी)को जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादीको प्रदेश कमिटीमा म्याग्दीबाट लामिछानेसँगै अम्बिका ढुङ्गाना, चिना हमाल, गौरी सेञ्चुरी र मनमाया चोचाङ्गीको प्रतिनिधित्व छ ।

 

नेपाली कांग्रेस म्याग्दीमा पार्टी विधानबमोजिम महिलाहरूको प्रतिनिधित्व भए पनि पार्टीको पदाधिकारी तहमा महिलाहरू पुगेका छैनन् । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट गण्डकी प्रदेशसभामा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत वर्षको कात्तिकमा निधन भएको थियो ।

 

कांग्रेसमा गौचन सशक्त महिला नेतृत्वका रूपमा स्थापित हुनुभएको थियो । कांग्रेस म्याग्दीबाट महासमिति सदस्यमा युवा नेतृ मनकुमारी विक निर्वाचित हुनुभएको थियो । यसअघि म्याग्दीबाट महाधिवेशन प्रतिनिधिसमेत रहनुभएकी विक कांग्रेसको युवा महिला नेतृका रूपमा परिचित हुनुहुन्छ । मुख्य राजनीतिक दलहरूका गतिविधिमा महिलाको सहभागिता बढ्दो छ ।

 

स्थानीय तहमा महिलाको उपस्थिति

छ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका अध्यक्ष र वडाध्यक्षमा महिला शून्य छन् । बेनी नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट जो नेकपा (माओवादी केन्द्र)बाट रेशम पुनमगर पुरुष नै निर्वाचित हुनुहुन्छ ।एमालेको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मीदेवी घर्तीमगर, मङ्गला गाउँपालिकाको उपाध्यक्षमा प्रेमा क्षेत्री र अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुन निर्वाचित हुनुहुन्छ भने नेपाली कांग्रेसबाट रघुगङ्गा गाउँपालिकाको उपाध्यक्षमा प्रेमकुमारी पुन निर्वाचित हुनुहुन्छ । वडा सदस्यमा महिला र दलित महिलाबाहेक खुला सदस्यबाट थप महिला सदस्यहरू चुनिएका छैनन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिनुभएको थियो ।

 

अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो । यसपटक पालिका प्रमुख अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भए पनि अघिल्लोपटकको भन्दा चुनावी प्रतिस्पर्धामा भने महिलाहरूको सङ्ख्या बढोत्तरी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए ।

 

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको थियो । त्यसैगरी, मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका छ महिला नै पराजित हुनुभएको थियो ।

 

महिलालाई दोहोरो भूमिकाको चुनौती

राजनीतिमा मात्र होइन सामाजिक सङ्घसंस्थामा समेत महिलाहरूको सहभागिता न्यून छ । विशेषगरी विद्यालय, सङ्घसंस्था र विकास निर्माणका उपभोक्ता समितिको नेतृत्वमा महिलाहरू नगन्य हुन्छन् । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत सहभागिताबाहेक नेतृत्वदायी भूमिकामा महिलाहरूलाई पुर्याउन अहिले पनि उत्तिकै समस्या छन् । राजनीति र सामाजिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाको सहभागिता कलस्टरमा मात्र सीमित रहने गरेको नेकपा एमाले म्याग्दीका सचिव थमसरा पुनले बताउनुभयो ।

 

“पार्टीका गतिविधि र कार्यक्रममा महिलाहरूको सक्रियता बढ्दो छ, अझै पनि महिलालाई सहज रूपमा नेतृत्व दिने वातावरण बनिसकेको छैन, हामीले पनि नेतृत्व गर्न सक्छौँ भनेर बुझाउन र विश्वास जित्न सङ्घर्ष गर्नुपर्ने अवस्था छ”, पुनले भन्नुभयो । महिलाहरूका लागि राजनीति र सामाजिक क्षेत्रको नेतृत्वका लागि समाजको दृष्टिकोण, उचित समय र वातावरण मुख्य चुनौती हुन् । महिलाहरूले घरव्यवहारको काम र बालबच्चाको स्याहारसुसारलाई समेत सकेर राजनीति र सामाजिक क्षेत्रमा समय दिनुपर्ने भएकाले पुरुषको तुलनामा महिलाहरूमाथि धेरै जिम्मेवारीको भारी बोक्नुपर्ने अवस्था रहेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “नेपालको संविधानले व्यवस्था गरेबमोजिम सामाजिक, राजनीतिक क्षेत्रमा महिला सहभागिता बढ्दो छ, यो निकै खुसीको कुरा हो, तर नेतृत्वदायी भूमिकामै महिलाहरूलाई पुर्याउन पुरुषवादी चिन्तन मुख्य समस्या बनेको छ”, उहाँले भन्नुभयो ।

उद्यमशीलतामा महिला सक्रियता

परम्परागत रूपमा पुरुष घरमुली बन्ने र महिला घरको चुलोचौकाको काममा सीमित हुने परिपाटी विस्तारै फेरिँदै गएको छ । म्याग्दीको सन्दर्भमा उद्यमशीलता र व्यावसायिक क्षेत्रमा महिलाहरूको सक्रियता बढेको छ । सदरमुकाम बेनीमा एकल रूपमा महिलाहरूकै नेतृत्वमा पनि व्यापार व्यवसाय र उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्ने र घरपरिवारको आर्थिक अवस्थामा सुधार ल्याएका धेरै उदाहरण रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बेनीमा महिलाको नेतृत्वमा लोकल मार्ट, व्यूटीपार्लर, टेलरिङ, होटल व्यवसाय, खाद्यान्न, भाँडा पसल, फर्निचरलगायत व्यवसाय धेरै सञ्चालनमा छन् ।

 

“महिलाहरूले सञ्चालन गरेका व्यवसायबाट स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भरता बढाएको छ, त्यसबाट धेरैले रोजगारी पनि पाएका छन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । महिलाहरू मितव्ययी र पारदर्शी हुने भएकाले उनीहरूले सञ्चालन गरेका व्यवसायको दिगोपना हुने गरेको उहाँको अनुभव छ ।

 

म्याग्दी उद्योग वाणिज्य सङ्घले महिला उद्यमी र व्यवसायीहरूलाई महिला उद्यम विकास समितिमार्फत सङ्गठित गराएको छ । सङ्घमा हाल स्थायी र अस्थायी गरी करिब दुई हजार ५०० सदस्य रहेकामा करिब ३० प्रतिशत महिला छन् । महिलालाई व्यावसायिक र उद्यमशील बनाउनका लागि सरकारले समेत सहुलियतपूर्ण ऋण र अनुदानमा प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार र मातहतका कार्यालयले समेत महिलालाई लक्षित गरेर क्षमता विकास, सीप विकासका साथै उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम र तालिम सञ्चालन गर्दै आएका छन् । कमल खत्री/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९