
नवलपरासी ३० जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको बाँधको मर्मत/निर्माण कार्य भारतको उत्तर प्रदेश सरकारका सिँचाइमन्त्री स्वतन्त्रदेव सिंहले नारायणी नदीको बाँध निर्माण कार्यको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा इन्जिनियरद्वय अनिल सिंह र रविन्द्र यादवले निर्माण कार्यको बारेमा यस सत्रको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने जानकारी दिए । सोही क्रममा नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्य विनोद चौधरी ,लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य देवकरण कलावार ,सुस्ता गाउँपालिकाको अध्यक्ष टेक नारायण उपाध्य , नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर-१ को सभापति मुकुल आचार्य र सुस्ता गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलबहादुर गुरुङलगायत स्थानीयहरूको उपस्थिति थियो ।