विश्व मानसिक स्वास्थ्य दिवस : दृष्टि फाउण्डेसनका असहायलाई औषधि र कम्मल वितरण  

धनगढी । दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल (बलङ्केट) वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा कम्मल वितरण गरेर दिवस मनाइएको हो । विश्व मानसिक स्वास्थ्य दिवस मनाउने कार्यक्रमको समन्वय मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपाल,हयुमन नेपाल, कोशिस, टिपियो र डब्लुयचओले गरेका थिए । औषधि खान नपाएर बिरामीहरु समस्यामा परेका बेला मानसिक रोगको औषधि सहित चिसोमा ओढ्न मिल्ने न्यानो कम्मल (बलङ्केट) प्रदान गरेकोमा धेरै खुसी लागेको फाउण्डेसनका संचालक कल्पना भट्टले बताइन् । दिवसको अवसर पारेर स्वास्थ्य कार्यालयले ४० जना बिरामीले खादै आएको करिब ३ महिनालाई पुग्ने मानसिक रोगको औषधी, १० वटा (बलङ्केट) जीवनजल, सिटामोल र चोटपटक लाग्दा घाउ सफा गर्नको लागि प्राथमिक उपचारका सामाग्री वितरण गरेको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । अबदेखि नियमित रुपमा फाउण्डेसनमा आएर एचभाइभी,टिबि र प्रजनन् स्वास्थ्यको चेकजाँच गर्ने व्यवस्था मिलाउने धामीले भन्दै बच्चालाई खुवाउने लिटो र आइरनचक्की उपलब्ध गराउने धामीले बताएका थिए । धनगढी उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र १३ नम्बर वडामा कार्यरत जन स्वास्थ्य निरीक्षक अनिता खड्काले प्रत्येक महिनाको २५ गते नियमित रुपमा स्वास्थ्य चेकजाँच गरी सेवादिने व्यवस्था गर्ने बताएकी थिइन् ।

 

फाउण्डेसनका स्वयम् सेवक चन्द्रा तिरुवाले खानको भन्दापनि बिरामीले औषधिको समस्या भोग्नु परेको बताइन् । निशुल्क पाईने औषधीपनि समयमा पाएका छैनौं । धेरै किसमिको मानसिक रोगको औषधि खरिद गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण औषधि बिरामीले खान नपाएको दुःख पोखेकी थिइन् । जवाफमा स्वास्थ्य कार्यालयका प्रमुख धामीले अबदेखि खरिद गर्नुपर्ने औषधीको व्यवस्था पनि गरिदने बताएका थिए ।

 

धामीले भने–“असोज २१ गते स्वास्थ्य कार्यालयमा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने विषयमा तयारी बैठक बसेको थियो । बैठकमा सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले दृष्टि फाउण्डेसनमा बसेका असहायले मानसिक रोगको औषधि खान नपाएर समस्यामा रहेको जानकारी गराउनु भएको थियो । छलफलपछि मानसिक रोगको औषधि उपलब्ध गराई दिवस मनाउने लिखित निर्णय भएको थियो ।”

 

बैठकले विद्यालयमा अभिमुखिकरण कार्यक्रम गरी दिवस मनाउने पनि निर्णय गरेको थियो ।

फाउण्डेसनका संचालक कल्पना भट्टले बिरामीले खाँदै गरेको औषधी सकिएपछि धेरे ठाउँमा पहल गरेपनि औषधिको जुगार नभएको बताईन् । अन्तिममा सीएमसीका धनराज विकलाई समस्याको बारेमा जानकारी गराएकी थिए मैले । तत्काल औषधिको व्यवस्था गर्नमा समन्वयको काम गरेर सहयोग गरेको भन्दै भट्टले विकलाई धन्यवाद समेत दिएकी थिइन् ।

 

विश्व स्वास्थ्य संगठन डब्लुएचओका डाक्टर मिलन खड्काले फाउण्डेसनमा रहेका बिरामीको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । हुमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले फाउण्डेसनको मानवीय कामको मूल्यांन गरी नगद सहित आफ्नो संस्थाले केहीदिन अगाडी सम्मान गरेको बताए । मनोसामाजिक परामर्शकर्ता धनराज विकले स्वाथ्य कार्यालयले औषधि खान नपाएका बिरामीलाई औषधि सहित न्यानो (बलङ्केट) उपलब्ध गराई अर्थपूर्ण तरिकाले दिवस मनाएकोमा खुसी लागेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९