लन्डन, । प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायल बिचमा युद्द जारी छ । जारी युद्दका बिचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग भेटबार्ता गरेका हुन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल र हमास युद्धको बीचमा प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासलाई भेट्न उनी पुगेका छन्। यी दुई नेताबीच ओमानमा भेटवार्ता भएको थियो । आफ्नो बयानमा महमूद अब्बासले गाजालाई अन्तर्राष्ट्रिय सहायता दिन पनि अपील गरेको समाचार माध्यमहरूले जनाएका छन ।
























































































































































