कैलाली । भोलि आइतबार कार्तिक ५ गते दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ को मोतीभागिरथी आधारभूत विद्यालय कुम्भियामा हुने दशैँ विशेश साँस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको आईतबार बेजोड प्रस्तुती रहनेछ । मगलमय युवा क्लवका अध्यक्ष निरज डगौरा थारुले बताए । स्थानिय कला संस्कृतिलाई उचाइमा पुर्याउन दशैँ विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
कार्यक्रमलाई सफल पार्न वैज्ञानिक मिडिया र कोशेली एफएमलाई मिडिया पार्टनरको रुपमा आयोजकले राखेको छ । गायीका तथा मोडल सोनु कुस्मी,मोडेल सुशील कार्की, र मोडेल अनिसा लामा लगायतको प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ ।
हुर्दुँगा नाच र जनचेतना मुलक नाटक विभिन्न कला साँस्कृति कार्यक्रमकाे मनोरञ्जन गर्न बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत आयोजकले गरेको छ।



























































































































































