नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन  बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।

 

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१