रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ,  प्रतिनिधिसभाका सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

 

बैठकमा सांसद सन्दीप रानाले भन्नुभयो, “मल नपाएर हाहाकार भएको छ, रेबीज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र छन्, बालबालिका कुपोषणका शिकार भएका छन्, युवाहरु विदेश पलायन भएका छन् । यसमा सरकारको ध्यान जाओस् ।”सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

 

सांसद गोपाल शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसद आरेन राइले सरकारले सुकुमबासी समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद खुश्बु ओलीले कीर्तिपुरको जलन अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । सांसद राजकिशोर महतोले मुलुकलाई आत्मनिर्भर बनाउन हर्बल सामाग्रीको बजारीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद रिना उप्रेतीले सोमबार सञ्चार गृहका प्रवेशद्वार अगाडी गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष रुपमा छानवीन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद विष्णुमाया विकले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । सांसद गणेशबहादुर विश्वकर्माले सरकारले सय दिनको अवधिमा गरेका काम उल्लेखनीय भए पनि अझै जनअपेक्षा अनुसार काम गर्न बाँकी रहेको बताउनुभयो ।

 

सांसद पुकार बमले बुढानिलकण्ठ क्षेत्र पहिरोको जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाको नीति अपनाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद एसुदाकुमारी बरालले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बाढी÷पहिरोबाट जनधनको क्षति भएकाले प्रभावितको उद्धारका साथै राहत उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गराउनुभयो ।

 

सांसद कृष्णहरि बुढाथोकीले भन्नुभयो, “कुन कुन सडक सञ्चालनमा छन्, कुन सडकमा पहिरो गएको छ, कुन ठाउँमा पुल र सडकखण्ड असुरक्षित छ, कुन मार्गमा सवारीसाधन सञ्चालन गर्न उपयुक्त छ, त्यसबारे सरकारले समयमै जानकारी दिने व्यवस्था मिलाउनुपर्छ ।”

 

सांसद खगेन्द्र सुनारले जातीेय विभेद र हिंसाका घटनाबारे सरकारको ध्यान जाओस् भन्नुभयो । सांसदहरु लिमा अधिकारी आचार्य, गणेश कार्की, समीक्षा बाँस्कोटा, गणेश पौड्याल र बशुमाया तामाङ, झविलाल डुम्रे, श्रीधर पोखरेल, सुशान्त वैदिक, हरिप्रसाद भुषाल, जनकसिंह धामी, यज्ञमणि न्यौपानेलगायतले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९