नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा जारी शुभकामना वक्तव्य २७ औं जनयुद्ध दिवसमा

बौनियाँ, कैलाली । २०५२ सालको फागुन १ गतेका दिन, तत्कालिन नेकपा (माओवादी) ले देश र जनताको न्याय, मुक्ति र समानताको लागि ‘मृत्यु वा मुक्ति’ को सपथ खाएर महान जनयुद्ध शुरुवात गरेको थियो । आज जनयुद्ध शुरु भएको २६ बर्ष पुरा भएर २७ औं बर्षमा प्रवेश गरेको छ ।

हाम्रो महान, गौरशाली तथा जनप्रिय पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)’ ले महान जनयुद्ध शुरु गर्दा गरिएको संकल्प, लक्ष्य र जनसमुदायप्रतिको विश्वास तथा योद्धा कमरेडहरुले देखाएको त्याग, वीरतालाई स्मरण गर्दै क्रान्तिका उपलब्धीहरुको रक्षा तर्था बाँकी कार्यभार पुरा गर्न नौलो जनवादी क्रान्तिको दिशामा अघि बढ्ने प्रतिवद्धतासहित देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरेर २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउँदै छ । यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सामाजिक व्यवस्था परिवर्तनको प्रकृयामा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन तथा बेपत्ता, घाइते, अपाङ्ग योद्धा कमरेड र परिवारजनमा उच्च सम्मान व्यक्त गर्दछौं ।साथैं पार्टीका नेता, कार्यकर्ता, सदस्य कमरेडहरु, सुभेच्छुकजन तथा आमजनसमुदाय एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा रहेका भाईचारा पार्टीहरुप्रति जनयुद्ध दिवसको हार्दिक शुभकामना सहित लालसलाम व्यक्त गर्दछौं ।

 

आन्तरिक रुपमा दलाल नोकरशाही पुँजीवादी सत्ताँ तथा सामान्तवादी उत्पीडन र बाह्य रुपमा विश्वसाम्राज्यवाद तथा भारतीय विस्तारवादका विरुद्ध शुरुवात गरिएको महान जनयुद्ध अनेकन असहजतालाई चिर्दै, आफ्नो वीरतापूर्ण इतिहास रच्दैं, सफलतातिर उन्मुख भैरहेको अवस्थामा शान्ति वार्ताको नाममा तत्कालिन नेतृत्वले क्रान्तिप्रति गद्दारी तथा गम्भिर धोका गर्यो । पार्टीका इमान्दार, क्रान्तिकारी योजनामा जुटेका नेताहरुलाई जेलमै राखेर गरिएको शान्तिवार्ता नामको नाटक, तत्कालिन मुल नेतृत्वमा विकसित दक्षिणपन्थी नवसंशोधनवादी विचलनको कारण हो ।

 

नेतृत्व आत्मसमर्पणवादी चङ्गुलमा फसेर गरिएको क्रान्ति बिसर्जनको दुष्प्रचारको योजना सिङ्गो जनयुद्धप्रतिको बेइमानी थियो । उत्पीडित वर्ग, जनसमुदायको न्याय र समानताको आन्दोलन विरुद्धको त्यो प्रतिक्रान्तिकारी कदम थियो ।

 

नयाँ जनवादी क्रान्तिको प्रकृयाबाट दलाल सत्ताँ ध्वस्त गरेर नयाँ जनवादी सत्ताँ स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादी दिर्घकालिन लक्ष्यमा पुग्ने योजनाका साथ शुरुवात गरिएको जनयुद्धलाई पुरानै सत्ताँ र व्यवस्थामा फर्काउन, शहीद, योद्धा कमरेडहरुको त्याग, वीरता र संघर्षमय इतिहासलाई लिलाम गर्दै दलाल सत्ताँको कुर्सिमा पुग्न गरिएको त्यो गम्भिर सड्यन्त्र थियो । अतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले जनयुद्ध, जनआन्दोलन र सामाजिक व्यवस्था परिवर्तनका सबै संघर्षहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै, क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा, क्रान्तिकारी विचारसहित जनसंगठन विस्तार गर्दै, संघर्षका योजनामा निरन्तर अघि बढिरहेको विषय सर्वविदितै छ ।

 

हामी जनयुद्धको २७ औं दिवस मनाउँदै गर्दा आमजनसमुदाय र भाईचारा पार्टीहरुमा वृहत क्रान्तिकारी कम्युनिष्ट एकताके अनिवार्यतामा जोड दिदै, उत्पीडित वर्ग जनसमुदायको हक, अधिकार प्राप्तीको पक्षमा योजनाबद्ध रुपमा अघि बढिरहेको विषय स–गौरव जानकारी गराउँदै, एकता, ध्रुविकरणको लागि सबैमा हार्दिक आह्वान गर्दछौं ।

 

पुरानै सत्ताँलाई लोकतान्त्रिक गणतन्त्रको नयाँ नामाकरण पेश गर्दै, संसदीय राजनीतिक दलहरुले समेत क्रान्ति सम्पन्न भैसक्यो, अबको बाटो संवृद्धी, सुशासन र समाजवाद भन्दै ोपमली क्रान्तिकारी आन्दोलन र आमजनसमुदायलाई भ्रमित पार्ने काम गरिरहेका छन् । नाममा आएको लोकतान्त्रिक गणतन्त्रले जनतालाई होइन, दलाल संसदीय दल र त्यसका एकाध नेता, कार्यकर्ताहरुको हितमा काम गरेको छ । देशभर भ्रष्टाचार बढिरहेको छ, सामाजिक अपराधमा तिनैको संलग्नता देखिन्छ । राष्ट्रघाती, जनघाती गतिविधिहरुलाई निरन्तरता दिइएको छ ।

 

देशको स्वाधीनतामाथि गम्भिर खतरा उत्पन्न भएको छ । भारतिय विस्तारवादका एजेन्टहरुले जसरी

मेचीमहाकाली बेचे, त्यसैगरी फेरी अमेरिकी साम्राज्यवादको गोटी बन्दै एमसीसी सम्झौता नामबाट यो देश बेच्न कुचेष्टा गरिरहेको स्थिति छ । अन्तराष्ट्रि शक्ति केन्द्रबाट परिचालित राष्ट्रघाती दलालहरु अमेरिकी युद्ध रणनीति अन्तर्गतको एमसीसीलाई जस्ताको त्यस्तै संसदमा ल्याउने वा संशोधन गरेर ल्याउने भन्ने विषयमा आपसमै विभाजित समेत बनिरहेका छन् । यसमा हामीले एमसीसी वहसकै विषय होइन, यो कुनैपनि हालतमा खारेजी हुनुपर्छ भन्दै संघर्ष गरिरहेका छौ । लिपुलेक, लिम्पियाधुरा, कालापानी लगाएतको क्षेत्रमा भारतीय विस्तारवादले अतिक्रमण बढाइरहदापनि मौन रहेको वर्तमान सत्ताँ र सरकार साम्राज्यवाद तथा विस्तारवादका विश्वसनिय पात्र बनिरहेका छन् ।

 

उनिहरुकै आशिर्वादमा कुर्सिमा बस्ने राष्ट्रिय स्वाधिनता विरोधी संस्कार हावि गरिदैछ । यो अवस्थामा हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई प्रमुखताका साथ उठाउँदै राष्ट्रिय स्वाधिनता सहितको, क्रान्तिकारी आन्दोलनलाई उठान गर्न खोजिरहेको छ ।

 

मालेमावादको पथ प्रदर्शक सिद्धान्तका आधारमा, नेपाली मौलिकता कार्यदिशा विकास गर्दै, त्यसको सिर्जनशिल कार्यान्वयनमा यतिबेला हामीहरु जुटिरहेका छौं । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नेपाली क्रान्तिमा आएको धोकाले गम्भिर क्षती समेत पुगेको वर्तमान अवस्थामा पुनः नेपाली मौलिकतामा माक्र्सवादको विकास तथा सिद्धान्तको कार्यान्वयन गर्दै, विश्वभर क्रान्तिकारी उत्साह भर्ने खालको नयाँ संन्देश प्रवाहित गर्नुपर्ने महान ऐतिहासिक जिम्मेवारी समेत हाम्रो काँधमा आएको छ । यो बेला हाम्रो पार्टी वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानसहित नौलो जनवादी क्रान्तिको तयारीमा जुटिरहेको छ । महान जनयुद्धको २७ औं बर्षप्रवेशको यो ऐतिहासिक अवसरमा हामी सम्पुर्ण परिवर्तनकारी, देशभक्त, प्रगतिशिल शक्ति, समूह तथा आम जनसमुदायमा एकताबद्ध भएर अघि बढ्नका लागि हार्दिक आह्वान समेत गर्दछौं । ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता अहिलेको आवश्यकता’ समेत हो, तसर्थ क्रान्तिको लागि वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानमा जुटौं, आ–आफ्ना अडान छाडेर क्रान्तिको झण्डा उठाउन पुनः एकतामा बल पुर्याऔं, भन्दै सबै भाइचारा पार्टीहरुमा विशेष आह्वान समेत गर्दछौं । ‘क्रान्ति जारी छ, जनयुद्ध रोकिएको छैन’ हिजोको समिक्षा सहित आजको समाजमा यसको विकास नयाँ ढंगले भैरहेको छ, सबैमा साथ, सहयोग र समर्थनको अपिल सहित पुनः जनयुद्ध दिवसको भव्य शुभकामना व्यक्त गर्दछौं । लालसलामसहित ।

मितिः २०७८ फागुन १ गते ।

……

क. लोकेश

महासचिव

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९