बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, आफ्नालाई खुसी पार्ने मेलो

श्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ।

काठमाडौं– गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ।मन्त्रालयले त्यसका लागि संगठन तथा व्यवस्थापन (ओएन्डएम) तयार पारेको छ। मन्त्रालय स्रोतका अनुसार प्रशासनतर्फ तीन डिआइजीको दरबन्दी सिर्जना गर्न खोजिएको हो।मन्त्रालयको टोली र प्रहरी प्रधान कार्यालय अन्वेषण शाखाको टोलीले तयार पारेको ओएन्डएम आर्थिक स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।प्रशासनतर्फ यसअघि २० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको दरबन्दी छ। २३ जना कायम हुने गरी ओएन्डएममा तीन वटा दरबन्दी सिर्जना गरिएको छ।

 

 

 

ओएन्डएममा भरतपुर तालिम शिक्षालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा डिआइजीको दरबन्दी प्रस्ताव गरिएको छ। ती कार्यालयमा डिआइजी दरबन्दी छैन। कहिले एसएसपी तथा कहिले डिआइजीलाई त्यहाँ खटाइने गरिएको छ।हाल प्रधान कार्यालयले दरबन्दी नरहे पनि ती कार्यालयमा डिआइजी खटाइरहेको छ। ‘प्रशासनतर्फ ती कार्यालयमा डिआइजी दरबन्दी अनिवार्य नै रहेकाले ओएन्डएम गरी दरबन्दी थपको प्रस्ताव गरिएको हो,’ प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने, ‘अर्थबाट स्वीकृति भएर आइसकेको छैन।’२०७६ सालमा पहिलो चरणको कोभिड-१९ संक्रमण चलिरहेका बेला डिआइजी दरबन्दी २६ जनाबाट १४ जना कायम गरिएको थियो।

 

 

डिआइजी दरबन्दी घटाउन नहुने र घटाए पनि हचुवामा गर्न नमिल्ने भन्दै तत्कालीन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीच भनाभन नै भएको थियो। त्यसबेला प्रधान कार्यालयको रायलाई बेवास्ता गरी गृह मन्त्रालयले हचुवा भरमा दरबन्दी घटाइदिएको थियो। त्यसको एक वर्षमै डिआइजी संख्या बढाएर २० जना पुर्‍याइएको थियो।त्यसअघि नै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दी १३ जनाबाट घटाएर तीन जनामा सीमित गरिएको थियो। एआइजी संख्या अहिले आठ जना पुर्‍याइएको छ।प्रहरीमा राजनीतिक शक्तिकेन्द्र हावी भएका कारण दरबन्दी थपघटको शृंखला चलिरहेको छ। आफ्ना नजिकका व्यक्तिलाई पदमा पुर्‍याउन दरबन्दी थप्ने कार्य राजनीतिक नेतृत्वबाट हुँदै आएको छ।

 

 

 

अहिलेको दरबन्दी सिर्जना नजिकका व्यक्तिलाई पदमा पुर्‍याउनका लागि भएको प्रहरी अधिकृतहरू नै बताउँछन्। अहिले नेपाल प्रहरीमा आठ जना डिआइजीको दरबन्दी रिक्त छ।उक्त रिक्त दरबन्दीमा बढुवा हुने दौडमा दुई दर्जन एसएसपीहरू छन्। बढुवामा अत्यधिक प्रतिस्पर्धा देखिएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आठ जनाको बढुवा अगाडि नबढाएर गृह मन्त्रालयमा दरबन्दी सिर्जनाको प्रस्ताव लगेको बताइएको छ। गृहमन्त्री रमेश लेखक आफैंले दरबन्दी सिर्जनामा बढी चासो राखेपछि कुँवरलाई सजिलो भएको थियो। ११ जनाको बढुवा एकैपटक निकाल्दा संगठनभित्रको गुनासो व्यवस्थापन हुनसक्ने आँकलनबीच कुँवर दरबन्दी सिर्जनामा आफैं लचिलो बनेका हुन्।

 

 

 

अहिले प्रहरी महानिरीक्षक कुँवरकै वैकल्पिक टोलीका तीन जना एसएसपीलाई डिआइजी बढुवा गर्नैपर्ने अनिवार्यता छ। भोलाबहादुर रावल, गणेश चन्द र ध्रवराज राउत राजनीतिक शक्तिकेन्द्रसँग दाहिना नभएका कारण पहिलेका बढुवामा छुटेका अधिकृत हुन्। यसपालि बढुवा नभए उनीहरू एसएसपीबाटै अवकाशमा जान्छन्।२०५२ सालमा भर्ना भएको टोलीका सबै व्यक्ति बढुवा भइसकेका छन्।अहिले बढुवाको अत्यधिक प्रतिस्पर्धा रहेको २०५३ सालको टोलीमा हो। २०५३ सालको टोलीका एसएसपीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बरबहादुर विक र ओम राना छन्। यो टोलीबाट जो बढुवामा पर्छन्, भावी प्रहरी संगठनको नेतृत्व उनीहरूको टोलीबाट हुने सम्भावना छ। यो टोलीमा सबै प्रहरी अधिकृतहरू व्यावसायिक छविका छन्।

 

 

 

विक आरक्षण सिटको हकदाबीबाट डिआइजी बन्ने कोसिसमा छन्। राना र श्रेष्ठले जनजाति सिटबाट शक्तिकेन्द्रमा दबाब बढाइरहेका छन्। बढुवाका लागि शक्तिकेन्द्र समात्नैपर्ने बेथितिका कारण यो टोलीमा शक्तिकेन्द्रसँग निकट नभएका अधिकृत छुट्ने सम्भावना छ।आठ जनाको रिक्त दरबन्दीमा २०५३ र २०५१ सालको टोलीका एसएसपीहरू समावेश गर्दा ठूलो समस्या थिएन। तर, २०५४ र २०५५ सालमा भर्ना भएको टोलीका एसएसपीहरूले बढुवामा दबाब बढाएपछि बढुवा पेचिलो बनेको हो।२०५४ सालको ब्याचका एसएसपी ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेश आचार्य, अरूण पौडेल र गोविन्द थपलियाले राजनीतिक शक्तिकेन्द्रमा दबाब बढाएका छन्।

 

 

 

यो टोलीबाट ईश्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ।   २०५४ सालको ब्याचबाट दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई यसअघि डिआइजी बनाइसकिएको छ। उनीहरूलाई बढुवा गर्दा ‘मेरिट’लाई बेवास्ता गरिएको थियो।२०५५ सालको ब्याचबाट माधव श्रेष्ठ, दीपेन्द्र जिसी, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, सुदर्शन कोइराला र दीपक बस्नेत बढुवामा लागिपरेका छन्।

 

 

 

यस्तै, अन्य एसएसपीहरू जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास र सारदाप्रसाद चौधरी पनि डिआइजी बढुवाका प्रतिस्पर्धी हुन्।पूर्वप्रहरी अधिकारीहरू पटक-पटक दरबन्दी बढाउने वा घटाउने कार्यले संगठनभित्र अविश्वास बढ्ने बताउँछन्। ‘अहिलेको आवश्यकता के हो मलाई थाहा भएन, तर आफ्ना मानिस ल्याउन दरबन्दी बढाउने नभए नगर्ने भन्ने कुराले विभागमा अविश्वास हुन्छ, आफ्ना मानिसलाई ल्याउँछन् भन्ने पर्छ,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले भने, ‘आफ्नो मान्छे छैन भने घटाइदिने नभए बढाइदिने भइरहेको छ।’

 

 

 

ठकुरीले १६ जना एआइजी बनाउने र त्यसलाई घटाएर तीन जनामा सीमित गर्ने, फेरि बढाएर आठ जना पुर्‍याउने यी सबै प्रकरणको औचित्य पुष्टि हुनुपर्ने बताए। ‘ओएन्डएम चाहिँ दरबन्दी बढाउन-घटाउन ल्याउने हो,’ उनले भने।तथ्य यो छ कि, भरतपुर शिक्षालय, ट्राफिक र विमानस्थल तीन वटै कार्यालयमा पहिले डिआइजीको दरबन्दी राखिएको थियो। पछि हटाएर एसएसपी कायम गरियो। ‘अहिले चाहिने रहेछ भने पहिले डिआइजी किन हटाएको, अहिले किन आवश्यकता देखेको, औचित्य पुष्टि हुनुपर्छ,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९