काठमाडौं। राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ । जसका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालीक बनाउने आज घोषणा गरेका छन् ।महानगरपालिकाको जारी १६ औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रुपमा सिंह निर्वाचित भएका नेता हुन् ।
































































































































































