काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले घटेको छ । जसअनुसार २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द...
























































































































































