गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिबेसनले गर्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन ।गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी हिउँदे अधिवेशनबाटै सम्बोधन गर्ने  प्रतिबद्धता जनाएका हुन ।

 

 

उनले भने,  ‘सरकारले  गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’

 

त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन ।

 

भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष केसीले ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएका थिए । ‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं,’ उनले भने ।

 

 

 

उक्त अवसरमा  अध्यक्ष केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले भने,  ‘यस सम्बन्धमा छलफल भइरहेको छ, गैरआवासीय नेपालीको परिभाषा भित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ, सरकार यसमा सकारात्मक छ ।’

 

 

सो  अवसरमा  संघका अध्यक्ष केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, सल्लाहकार गोविन्दप्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाललगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा,  मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा,  मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति...

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा,  मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९