डिपसिकका संस्थापक लियांग, जसले एकै झटकामा अमेरिका हल्लाए, चिन्नुहोस्

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लियांग वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई नै थाहा हुनुपर्छ किनभने प्रविधिको दुनियाँमा यी तीन नामको सधैँ चर्चा हुने गर्छ । तर, अहिले विश्वभर चौथो र अन्तिम नामको भने अचानक चर्चा भइरहेको छ । किनभने, यी व्यक्ति हुन् तीनै हुन, जसले विश्वलाई शक्तिशाली चिनियाँ एआई मोडल ‘डिप सिक’ दिएका छन् । यसले उद्योग भित्रका र विश्लेषकहरूलाई चकित पारेको छ र वाल स्ट्रीटमा आतंकसमेत सिर्जना गरेको छ।

 

गत सोमबार अर्थात जनवरी २०२५ मा सार्वजनिक भएको एक सातामै यो विश्वभर चर्चाको विषय बन्न पुगेको छ । डिपसिक एप्पल एप स्टोरको डाउनलोड चार्टको शीर्षमा पुगे पछि विश्व चकित भएको छ। सोमबार अर्थात जनवरी २७ मा चिनियाँ जनरेटिभ एआई मोडलका कारण युएस टेक स्टकमासमेत भारी गिरावट आएको छ। जसका कारण एनभिडियाको शेयर सोमबार बिहानसम्म १३ प्रतिशतभन्दा बढीले घटेको छ जबकि आर्म र ब्रोडकम लगायतका प्रतिद्वन्द्वी चिप कम्पनीको शेयर बिक्री भएको थियो । जसमा अचानक क्र्यास भयो, त्यसको कारण थियो– डिपसिक। तर डिप सिक पछाडिको दिमाग लगाउने चिनियाँ प्रबिधि बिशेषज्ञ लिआंग वेनफेङको बारेमा भने धेरै कम व्यक्तिहरूलाई मात्र थाहा छ। यस्तो अवस्थामा हामी तपाईलाई यो बर्षको सुरूमा नै संसारलाई हल्लाउने यी व्यक्तिको बारेमा बताउन गइरहेका छौं।

 

लिआङ वेनफेङ प्रबिधि उद्योगमा कालो घोडाको रूपमा देखा परेका छन् । कतिपयले उनलाई चीनको साम ओल्टम्यान पनि भन्न थालेका छन्। तर, उनको यहाँसम्मको यात्रा भने निकै रोचक रह्यो । उनी सन् १९८० को दशकमा चीनको पाँचौं स्तरीय सहर ग्वाङ्डोङमा जन्मेका हुन्, जसरी उनले २०२४ को अन्तर्वार्तामा बताएका थिए । उनका अनुसार पीता प्राथमिक विद्यालयका शिक्षक थिए।

 

लिआङले चीनको सबैभन्दा पुरानो र उत्कृष्ट दर्जा प्राप्त विश्वविद्यालयहरू मध्येको एक झेजियाङ विश्वविद्यालयबाट स्नातक र स्नातक डिग्री प्राप्त गरे।
२०१५ मा, झेझिङ विश्वविद्यालयका लियाङ र उनका दुई सहपाठीहरूले हाई फ्लायर नामक हेज कोष सिर्जना गर्न सुरू गरे । जसको वेबसाइटले यो गणित र एआईमा मात्रात्मक लगानीको लागि निर्भर रहेको जनाउँछ । त्यसपछिका वर्षहरूमा हेज कोष चीनमा द्रुत गतिमा बढ्यो र आरएमबी १०० बिलियनभन्दा बढी उठाउने पहिलो क्वान्ट हेज कोषसमेत बन्यो।

 

हाई–फ्लायर देशको सबैभन्दा महत्त्वपूर्ण क्वान्ट हेज कोष मध्ये एक भने रहिरहेको थियो । अक्टोबर २०२३ सम्म हाई फ्लायरको मूल्य बढेर अचानक ५ सय मिलियन अमेरिकन डलर पुग्यो । डिप सिक खासमा हाइ फ्लायरकोको सहायक कम्पनी हो। लियान वेङफेकोको कुल सम्पत्ति र डिपसिकको कुल सम्पत्ति यस समयमा अझै पनि उपलब्ध रहेको छैन।

 

फाइनान्सियल टाइम्सका अनुसार बाइडेन प्रशासनले चीनमा एआई चिप्सको अमेरिकी निर्यात सीमित गर्नु अघि लिआंगले पनि एक साइड प्रोजेक्टको लागि एनभिडियाबाट हजारौं ग्राफिक्स प्रोसेसरहरू खरीद गर्न थालेका थिए । लिआङका नजिकका व्यक्तिहरूका अनुसार कसैले पनि यो विशेष कुरा हो भनेर सोचेको भने थिएन । खासमा त्यो बेला मानिसहरूले यस खरिद प्रकियालाइ शौखको रूपमा मात्र लिएका थिए। लिआङका एक व्यापारिक साझेदारले फाइनान्सियल टाइम्सलाई भने, ‘जब हामीले उनलाई पहिलो पटक भेट्यौं, उनी एकदमै नराम्रो कपाल भएको व्यक्ति थिए र आफ्नै मोडलहरूलाई तालिम दिनका लागि १० हजार चिप क्लस्टर बनाउने योजनाको बारेमा कुरा गरेका थिए ।’

‘हामीले उनका कुरालाई गम्भीरतापूर्वक लिएनौं, तर उनले आफ्नो काम जारी राखेछन्, उनले भर्खरै आफ्नो दृष्टिकोण राखेर भनेका थिए कि म यस्तो चीज बनाउन बनाउन चाहन्छु र जसले विश्वको खेल नै परिवर्तन हुनेछ, नभन्दै भयो । हामीले त यो बाइटडान्स र अलिबाबाजस्ता ठूला कम्पनीहरूले मात्र यो सम्भव गराउन सक्छन भन्ने सोचेका थियौं, उनलाइ पत्याएकै थिएनौं,’ उनले भने।

 

यद्यपि, २०२३ मा तिनीहरूले हाई– फ्लायरको एक भागको रूपमा डिप सिक लन्च गरे, जसको उद्देश्य मानव बुद्धिसँग मेल खाने स्तरमा कृत्रिम सामान्य बुद्धिमत्ता वा एआइ विकास गर्ने थियो। ४० वर्षीय लियाङ व्यक्तिगत रूपमा डिप सिक र यसको अनुसन्धानमा संलग्न रहेका छन्। चिनियाँ प्राविधिक प्रकाशन क्युबिट एआइसँग कुरा गर्दै उनले आफ्नो टोली निर्माण गर्दा आफूले अनुभवी इन्जिनियरहरूको खोजी नगरेको बताए। यसको सट्टा उनले चीनका शीर्ष विश्वविद्यालयहरू जस्तै पेकिङ विश्वविद्यालय र सिङ्घुआका पीएचडी विद्यार्थीहरूसँग सम्पर्क गरेका थिए। यी मध्ये धेरै शीर्ष पत्रिकाहरूमा प्रकाशित भएका अनुहार र अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा पुरस्कार प्राप्त गरेका ब्यक्तिहरू तर तिनीहरूसँग उद्योग अनुभवको भने निकै कमी थियो।

 

कम्पनीले २०२० मा सबैभन्दा ठूलो समस्याको सामना गर्यो जब अमेरिकी सरकारले चिनियाँ एआई कम्पनीहरूलाई एनभिडियाको एच १०० जस्ता अत्याधुनिक चिपहरू पहुँच दिनवाट रोक्न थाल्यो। डिपसिक समाधान खोज्दै थियो तर अन्ततः उनीहरूले समाधान निकालेरै छाडे । यो प्रभावशाली छ कि लियांगले आफ्नो मोडेलको नवीनतम संस्करण विकास गर्न ५.६ मिलियन मात्र खर्च गरेका थिए जबकी यो अमेरिकी टेक्नोलोजी दिग्गजहरूले आफ्नो मोडेलहरूमा खर्च गरिरहेको कुराको एक अंश मात्र हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९