माटाका भाँडा बनाउने पेशा लोप हुँदै/सरकारको नजर पुगेन(भिडियो सहित हेर्नुहोस्)

बौनियाँ,कैलाली/कुमाल जातिको परम्परागत पेशा र पहिचान लोपोन्मुख अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई पिटेर, मुछेर आकार दिने कला कुमाल जातिको लोक संस्कृतिअन्तर्गत पर्दछ ।

 

 

 

 

काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने अवस्था आउन थालेको छ । बुढापाकाले आफूभन्दा सानालाई अर्ती दिन प्रयोग गर्ने यो उखान यही पेशाको अनुशरण हो ।कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को बुटकौवा शान्ति टोलमा कुमाल जातिको चार घर परिवार रहेको छ । विगत केही वर्ष अघि त्यो ठाउँमा माटाका भाँडा बनाउने परिवार प्रशस्तै भए पनि हाल खासै भेटिँदैनन् । अहिले यो कला जानेकालाई बुढेसकालले छोएको छ । नजानेकाहरू विदेश गए अथवा व्यापार र पसल गर्न थाले ।

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चापदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै सङ्कटमा परेको हो । माटाका हण्डी, घैँटा, पाला, दियो, सुल्पा, आरीलगायतका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनमा सहज मानिन्छन् । ‘पहिलेजस्तो माटो पनि छैन । बस्ती बाक्लो भयो । जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन’, यहाँका समुदायको गुनासो छ ।होण्डा (मदिरा बनाउन प्रयोग हुने भाँडो), घैंटो –पानी चिसो बनाउन प्रयोग गरिने भाँडो), हाँडी (मकै भुट्न प्रयोग हुने भाँडो), खुत्रुकी (पैसा बचत गर्न प्रयोग हुने भाँडो) जस्ता महत्वपूर्ण सामग्री बनाउने हस्तकलाको लोप हुन थालेको छ । जसले गर्दा कुमाल जातिको पहिचान ओझेलमा पर्ने सङ्केत देखिएको छ ।

माटोको भाँडा लोप हुनुको कारण प्लाष्टिकको भाँडा बजारमा आउनु, बाक्लो बस्तीका कारण चिम्ट्याइलो माटोको अभाव हुनु र आम्दानीभन्दा मिहिनेत धेरै गर्नुपर्ने भएकाले यो पेशा छाडेर अन्य काम गर्न बाध्य भएको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ का ढोडे कुमालथारूले अनमोल अनलाईन टेलिभिजन संग एक कार्यक्रममा बताएका थिए।उहाँ बुढेसकालमा पनि आफ्नो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । कार्तिकको पहिलो हप्तायता उहाँलाई कामको चटारोले छोएको बताउँछन् ।

स्थानीय बासिन्दा ५८ वर्षीय मानबहादुर कुमालथारूले पनि सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभयो । उहाँले अहिलेसम्म यो व्यावसायिक पेशालाई अंगाल्दै आउनुभएको छ । उहाँको घरमा ८ जनाको परिवार छ । तर, छोराबुहारी र छोरी कसैले पनि पुर्खाको सीप आर्जन गर्नेप्रति चासो र चिन्ता नदिएकोमा मनमा सन्तुष्टि छैन । मान बहादुरले भन्नुभयो,‘परम्परागत रुपमा माटोबाट बन्ने हण्डी, खुत्रुके, घैँटा, गमला, शुल्पा, चिलिम, हुक्का, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारेर बिक्री गर्दै आइरहेका छौँ ।’ ‘मेहनत धेरै लाग्छ, आम्दानी थोरै हुन्छ ।’ अर्डर माग भएअनुसार गाउँघरमा, स्थानीय बजार मुडा, बौनिया, सुखड र लम्कीसम्म पुर्याउने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय आधुनिकतासंगै कुमाल समुदायले अपनाउँदै आएको सीपमूलक पेशा र हस्तकलात्मक माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै संकटमा पर्दै गएको उहाँ बताउनुहुन्छ । विशेषगरी प्लास्टिकका भाँडा निर्माण हुँदा माटोका सामग्री बिक्री हुन छाडेपछि पनि कुमाल समुदायको पुर्ख्यौली पेशा संकटमा परेको हो । अहिले गाउँभरमा मुस्किलले ४ जना वृद्धले मात्रै यो पेशालाई धानेका छन् । जीवनभर माटोका सामग्री बनाउँदै जीविकोपार्जन गर्ने यहाँका कुमाल परिवारका सदस्यहरु आजभोलि व्यस्त देखिन्छन् । कुमाल समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी गाउँघर र बजारसम्म पठाउने चटारो छ ।

माटोको अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा बनाउने काम केही वर्षदेखि कम हुन थालेको बताए । बुढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकाले पुख्र्यौली पेशा नै अहिले सङ्कटमा परेकोमा उनको दुःखेसो छ ।

स्थानीय ६४ वर्षीय हरि कुमाललगायत ४ जनाले मात्रै वर्षौँदेखि आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘मनग्ये आम्दानी हुँदैन, खान लाउनै पुग्दैन, सामग्री बेचेर आएको पैसाले नुनतेल, खुर्सानी, सोडासाबुन किन्नलाई हुन्छ ।’ ‘जेनतेन घरायसी गुजारा मात्रै चल्छ ।’ बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाललगायत सामग्रीले माटाका भाँडाको व्यापारलाई अप्ठ्यारोमा पारेको उहाँको भनाइ छ । गाउँघर, बजारमा तिहारको रौनक छाएसँगै तिहारको लागि आवश्यक सामग्री उत्पादन र खपत हुने आशामा रहेका विपन्न वर्गलाई पेशाको संरक्षण र प्रबर्द्धनका लागि स्थानीय सरकारले तालिम तथा लगानीको उपयुक्त वातावरण मिलाउन सहयोग गर्नुपर्ने माग छ । उहाँका अनुसार माटो र दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षण हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउन चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् ।

करीब १५ वर्षअघिसम्म माटाका भाँडा बनाउने पेशा नै कुमाल समुदायको जीविकोपार्जनको प्रमुख स्रोतका रूपमा रहेको थियो । माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन त्यसबेला रहेको थियो ।

पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रूपमा लिन थालेपछि सङ्कटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अतिआवश्यक भाँडामात्र प्रयोग हुँदै आएको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुको भनाइ छ ।स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने बुढापाकाको भनाइ छ ।

कुमालको अधिकाश घरमा चर्खा नै छैन ?

माटोको भाँडा निर्माण गर्न प्रयोग गरिने साधन चर्खा हो । यो साधन माटो, खसीबोकाको रौं मोलेर निर्माण गरिएको हुन्छ । यहाँका अधिकांश कुमाल जातिको घरमा चर्खा नै छैन, भएका चर्खामा पनि माकुराको जालो लागेको छ । कुमाल जातिको घरमा चर्खा नहुनु भनेको विद्यार्थीको झोलामा कापी, कलम नहुनु जस्तै हो । चर्खालाई घुमाउँदै माटोलाई हातले जता मोड्यो त्यतै माटोको स्वरुप आउँछ र निर्माण गरिन्छ चाहेको सामग्री । यही कला र पेशा कुमालको पहिचान हो ।

धर्म, संस्कृति परम्परा लोप हुन लागेको चिन्ता छ केही अग्रज कुमालहरूलाई । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि कुमाल जातिको संस्कृति संरक्षणमा कसैको चासो पुग्न सकेको छैन । युवा पुस्ता विदेश पलायन भएका छन् वा व्यवसायमा केन्द्रित भएका छन् । पिँढी कुरेर बस्ने बुढापाका जवानीमा माटोको भाँडा बनाएको सम्झिँदै बस्ने गरेका छन् ।

(हेर्नु होस् यो भिडियो सहित)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

डोटीमा नेपाली कांग्रेस विजयी

डोटी,  एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।  उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले राससलाई जानकारी दिनुभयो ।     उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९