‘म ‘म’ भएर बाँच्न चाहन्छु’ : रेखा थापा

काठमाडौं ।नेपाली चलचित्र क्षेत्रमा एक समय एकछत्र राज गरेकी अभिनेत्री हुन् रेखा थापा । यद्यपि आज थापाका लागि त्यो अवस्था छैन । महिला हक हित र अधिकारका लागि सधैं सशक्त रुपमा उभिन चाहने रेखाको त्यस मुद्दामा भने निरन्तरता पाउन सकिन्छ । कलाकारिताको पृष्ठभूमीबाट आफ्नो पहिचानलाई सशक्त बनाएकी थापा आज आएर राजनीतिक धारतर्फ झुकेकी छिन् । तथापि उनको उपस्थिति नेपाली राजनीतिमा दह्रिलो आधार बन्न सकेको छैन । त्यसैले उनको परिचयको सिमितता केवल कलाकारिता भन्दा विस्तृत र व्यापक छ भनिहाल्ने अवस्था छैन । चलचित्र क्षेत्रमा विभिन्न तवरबाट चर्चामा रहिरहने रेखा पछिल्लो समय आफ्नो फिटनेस शैलीका कारण चर्चामा छिन् । गत फागुनबाट नेपाली चलचित्र उद्योग ठप्प छ । चलचित्र गतिबिधी ओझेलमा परेको छ । तर नेपाली चलचित्र बजारले विभिन्न प्रकारका विवाद र गसिपका मुद्दालाई झेलिरहेको छ । यही बीचमा रेखा थापाको फिटनेस शैलीले पनि स्थान पाइरहेको छ । सुरुमा आफू निकै मोटो र भद्दा रहेको, अनि आफ्नै आमा / दिदीबाट ठट्यौली पारामा बडी सेमिङमा पर्न थालेपछि उनी आफूलाई परिवर्तन गर्न लागि परिन् । मैले ४/५ वर्ष आफ्नो जीवनलाई सोचे जस्तै गरेर सकेजति खाने, सुत्ने हिसाबले बिताएँ । अर्थात् अरुले झैं ऐस आरामले विताएँ, पछि मोटाउँदै गएँ रेखा एक वर्ष अघिको स्मृतीमा फर्किइन्,म त घरकी कान्छी छोरी तर, दिदी र आमाको छेउमा पनि उमेर ढल्केको देखिन थालेंछु । आमाले नै अप्रत्यक्ष रूपमा जिस्काउन थाल्नु भयो कि, अब त स्कर्ट नलाए हुन्छ । दिदीहरूले जिस्काउन थाले,घरकी कान्छी छोरी रे सबैभन्दा बुढी देखिन्छे। अवस्था पनि त्यस्तै रहेछ, चलचित्र क्षेत्रमा उनको उपस्थिति न्युन हुँदै जाँदा खानपानमा र आराममा बढी समय बित्यो । त्यो समय न उनको खाने समयको टुंगो थियो न त सुत्ने समय नै थियो । यो समय उनको तौल ७० केजी पुग्यो , यसले उनी आफैंलाई पनि हताश बनायो । घरमा हुने त्यस प्रकारका संवादले रेखाको मन चस्क्यिो । उनले तत्काल निर्णय गरिन्,अहँ अब यो पाराले त हुन्न । म बिहानबाटै शारीरिक अभ्यासका लागि तयार हुनु पर्छ ।उनले पुष महिनाको जाडोमै योग आश्रममा योग अभ्यास सुरु गरिन् । उनी सुनाउँछिन्,मैले पुष महिनाको जाडोमा कुनै विलम्ब नगरि लाजिम्पाटस्थित हट योगा सत्गुरू योग आश्रममा योग अभ्यास सुरु गरेँ । तर, उनको त्यो तत्परता धेरै दिन टिकेन । १५ दिनको प्रशिक्षण पछि उनी पुनः केही निष्क्रिय भइन् । १५ दिन पछि म पुनः केही आलस्य भएँ, मन लागे व्यायाम गर्ने नलागे त्यसै समय विताउन थालें रेखाले आफ्नो कमजोरी आफैं औंल्याइछन्;यस्तो बानीले म आफैं असन्तुष्ट थिएँ । अब, उनले आफैं व्यक्तिगत प्रशिक्षक राखेर आफ्नो दैनिकी परिवर्तन गरिन् । हरेक दिन जीम जाने, शारीरिक अभ्यास गर्ने, अथात् उनी दैनिक व्यायाम र शारीरिक अभ्यासमा आफूलाई अभ्यस्त बनाउँन चाहन्थिन् र उनको त्यो उद्देश्यले आजसम्म पनि निरन्तरता पाइरहेकै छ । त्यो बेला ६९/७० केजी थिएँ , विस्तारै आएर आज ५० को हाराहारीमा छु,उनी मेहनतको प्रतिफल सुनाउँछिन्,आज शरीरमा नकारात्मक सोच, नकारात्मक दृष्टिकोण, आलस्यता र नैरास्यता छैन । चन्चल मन र मस्तिष्कले जीवन यापन गर्न पाएकी छु, खुसी छु शारीरिक व्यायाम अब रेखाको जीन्दगीको कार्यतालिका नै बनेको छ । भन्छिन्, आज मलाई एकदमै राम्री हुनु छैन, जिरो फिगर पनि चाहिएको छैन । तर, व्यायाम मेरो जीन्दगीको रुटिन बनिसकेको छ । अब, म म भएर बाँच्न चाहन्छु,उनी थप्छिन्,हिजो अभिनयका क्रममा विभिन्न शैलीमा प्रस्तुत भएँ होला, त्यो केवल पर्दाका लागि थियो । तर, एउटा कलाकारले वास्तविक जीवनमा पनि बाँच्न सक्नु पर्छ । पर्दामा मात्र नभएर वास्तविक समाज परिवर्तन गर्न सक्ने हेक्का राख्नु पर्छ । त्यसैले सबै भन्दा पहिले आफ्ना लागि गर्ने हो र आज म मेरा लागि गरिरहेकी छु । रेखा यतिबेला शारीरिक रुपमा सौन्दर्य र तन्दुरुस्त मात्र छैनन् । केही आद्यात्मिक पनि बनेकी छिन् । कर्म मात्र गर्ने तर, त्यहाँ धर्म छैन भने जीवनको के अर्थ ?उनी प्रश्न गर्छिन्, हरेक मानिसले स्वयं भित्रको ईश्वरलाई मान्न सक्दैन भने त्यसको के औचित्य ? हामीले आवरणलाई मात्र श्रृंगार गर्ने होइन आफू हिरोइन भएको नाताले आम प्रशंसकलाई सुझाव दिदैं उनी आफ्नो विगतमा फर्किन्छिन्,हिजो सम्म नेपाली फिल्म उद्योगमा शारीरिक सौन्दर्यतामा उति ध्यान नदिने अभिनेत्री सायद मै थिएँ होला, अर्कातर्फ समाज सुहाउँदो पहिरन लगाउने मान्छे पनि मै थिएँ होला, यति हुँदाहुँदै पनि आजको नियमित योग अभ्यास, व्यायास अनि खानपानले जीवन सकारात्मक सोचतर्फ उन्मुख छ । आफंैले आफूलाई चिन्ने अवसर पाएकी छु ।रेखाले यो दावी गरिरहँदा विगतमा उनले लगाउने पहिरनकै बारेमा हुने चर्चा परिचर्चा र गसिपका विषयलाई भने आज गौण मान्न सकिन्न । केही चलाखीपन अपनाउँदै रेखा थप्छिन्,रेखा थापा भयंकर जान्ने भइ भनेर नभन्नु होला, तर, म हरेक नेपालीलाई भन्छु : सुन्दर हुनका लागि मात्र शारीरिक अभ्यासमा लाग्नु पर्ने होइन । आज हाम्रो समाज धन सम्पत्ति, दौलत अनि सफलताका पछाडी दौडिरहेको छ, यसैमा रमाइरहेको छ । तर, हामी के भूलिरहेका छौं भने आफ्नो अत्यन्तै महत्वपूर्ण र मूल्यवान शारीरिक र मानसिक स्वास्थ्यमाथि खेलवाड गर्दैछौं । आधुनिक जीवन यापनमा रमाइरहेका आजको पुस्ता लक्षित हुँदै रेखा थप्छिन्, आफ्नो घर आफ्नो आत्मा लाई ऊ लत्याइरहेको छ, एन्जाइटी, डिप्रेसन लगायतका थुप्रै विषयले प्रसय पाइरहेको छ । त्यसैले अब पनि आफ्नो स्वास्थ्यप्रति चिन्तनशिल नहुने त ? आधुनिक समाजप्रति उनको प्रति प्रश्न छ । शाष्त्रले पनि भनेको छ : योग गर अभ्यास गर आफ्नो शरीरलाई ध्यान देउ । गीतामा हरेक मानिसले गर्नुपर्ने राम्रा व्यवहारलाई औल्याइदिएको छ, धार्मिक चिन्तन उन्मुख हुँदै रेखा भन्छिन् शारीरिक योग अभ्यास/व्यायाम गर्ने, खानाको अनुशासनमा बस्नेलाई म आँखा चिम्लिएर विश्वास गर्न सक्छु । उहाँहरू अनुसाशित मान्छे हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । उनी अन्त्यमा थप्छिन्, म आज आफू स्वास्थ्य रहन प्रयत्नशिल छु र हरकोहीलाई, विशेष गरेर महिला दिदी बहिनीलाई अवस्था, ठाउँ हेरेर स्वास्थ्यका खातिर शारीरिक व्यायाम गर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ,समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

उदयपुर (गाईघाट),  चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक,काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।   समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा,...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९