‘म ‘म’ भएर बाँच्न चाहन्छु’ : रेखा थापा

काठमाडौं ।नेपाली चलचित्र क्षेत्रमा एक समय एकछत्र राज गरेकी अभिनेत्री हुन् रेखा थापा । यद्यपि आज थापाका लागि त्यो अवस्था छैन । महिला हक हित र अधिकारका लागि सधैं सशक्त रुपमा उभिन चाहने रेखाको त्यस मुद्दामा भने निरन्तरता पाउन सकिन्छ । कलाकारिताको पृष्ठभूमीबाट आफ्नो पहिचानलाई सशक्त बनाएकी थापा आज आएर राजनीतिक धारतर्फ झुकेकी छिन् । तथापि उनको उपस्थिति नेपाली राजनीतिमा दह्रिलो आधार बन्न सकेको छैन । त्यसैले उनको परिचयको सिमितता केवल कलाकारिता भन्दा विस्तृत र व्यापक छ भनिहाल्ने अवस्था छैन । चलचित्र क्षेत्रमा विभिन्न तवरबाट चर्चामा रहिरहने रेखा पछिल्लो समय आफ्नो फिटनेस शैलीका कारण चर्चामा छिन् । गत फागुनबाट नेपाली चलचित्र उद्योग ठप्प छ । चलचित्र गतिबिधी ओझेलमा परेको छ । तर नेपाली चलचित्र बजारले विभिन्न प्रकारका विवाद र गसिपका मुद्दालाई झेलिरहेको छ । यही बीचमा रेखा थापाको फिटनेस शैलीले पनि स्थान पाइरहेको छ । सुरुमा आफू निकै मोटो र भद्दा रहेको, अनि आफ्नै आमा / दिदीबाट ठट्यौली पारामा बडी सेमिङमा पर्न थालेपछि उनी आफूलाई परिवर्तन गर्न लागि परिन् । मैले ४/५ वर्ष आफ्नो जीवनलाई सोचे जस्तै गरेर सकेजति खाने, सुत्ने हिसाबले बिताएँ । अर्थात् अरुले झैं ऐस आरामले विताएँ, पछि मोटाउँदै गएँ रेखा एक वर्ष अघिको स्मृतीमा फर्किइन्,म त घरकी कान्छी छोरी तर, दिदी र आमाको छेउमा पनि उमेर ढल्केको देखिन थालेंछु । आमाले नै अप्रत्यक्ष रूपमा जिस्काउन थाल्नु भयो कि, अब त स्कर्ट नलाए हुन्छ । दिदीहरूले जिस्काउन थाले,घरकी कान्छी छोरी रे सबैभन्दा बुढी देखिन्छे। अवस्था पनि त्यस्तै रहेछ, चलचित्र क्षेत्रमा उनको उपस्थिति न्युन हुँदै जाँदा खानपानमा र आराममा बढी समय बित्यो । त्यो समय न उनको खाने समयको टुंगो थियो न त सुत्ने समय नै थियो । यो समय उनको तौल ७० केजी पुग्यो , यसले उनी आफैंलाई पनि हताश बनायो । घरमा हुने त्यस प्रकारका संवादले रेखाको मन चस्क्यिो । उनले तत्काल निर्णय गरिन्,अहँ अब यो पाराले त हुन्न । म बिहानबाटै शारीरिक अभ्यासका लागि तयार हुनु पर्छ ।उनले पुष महिनाको जाडोमै योग आश्रममा योग अभ्यास सुरु गरिन् । उनी सुनाउँछिन्,मैले पुष महिनाको जाडोमा कुनै विलम्ब नगरि लाजिम्पाटस्थित हट योगा सत्गुरू योग आश्रममा योग अभ्यास सुरु गरेँ । तर, उनको त्यो तत्परता धेरै दिन टिकेन । १५ दिनको प्रशिक्षण पछि उनी पुनः केही निष्क्रिय भइन् । १५ दिन पछि म पुनः केही आलस्य भएँ, मन लागे व्यायाम गर्ने नलागे त्यसै समय विताउन थालें रेखाले आफ्नो कमजोरी आफैं औंल्याइछन्;यस्तो बानीले म आफैं असन्तुष्ट थिएँ । अब, उनले आफैं व्यक्तिगत प्रशिक्षक राखेर आफ्नो दैनिकी परिवर्तन गरिन् । हरेक दिन जीम जाने, शारीरिक अभ्यास गर्ने, अथात् उनी दैनिक व्यायाम र शारीरिक अभ्यासमा आफूलाई अभ्यस्त बनाउँन चाहन्थिन् र उनको त्यो उद्देश्यले आजसम्म पनि निरन्तरता पाइरहेकै छ । त्यो बेला ६९/७० केजी थिएँ , विस्तारै आएर आज ५० को हाराहारीमा छु,उनी मेहनतको प्रतिफल सुनाउँछिन्,आज शरीरमा नकारात्मक सोच, नकारात्मक दृष्टिकोण, आलस्यता र नैरास्यता छैन । चन्चल मन र मस्तिष्कले जीवन यापन गर्न पाएकी छु, खुसी छु शारीरिक व्यायाम अब रेखाको जीन्दगीको कार्यतालिका नै बनेको छ । भन्छिन्, आज मलाई एकदमै राम्री हुनु छैन, जिरो फिगर पनि चाहिएको छैन । तर, व्यायाम मेरो जीन्दगीको रुटिन बनिसकेको छ । अब, म म भएर बाँच्न चाहन्छु,उनी थप्छिन्,हिजो अभिनयका क्रममा विभिन्न शैलीमा प्रस्तुत भएँ होला, त्यो केवल पर्दाका लागि थियो । तर, एउटा कलाकारले वास्तविक जीवनमा पनि बाँच्न सक्नु पर्छ । पर्दामा मात्र नभएर वास्तविक समाज परिवर्तन गर्न सक्ने हेक्का राख्नु पर्छ । त्यसैले सबै भन्दा पहिले आफ्ना लागि गर्ने हो र आज म मेरा लागि गरिरहेकी छु । रेखा यतिबेला शारीरिक रुपमा सौन्दर्य र तन्दुरुस्त मात्र छैनन् । केही आद्यात्मिक पनि बनेकी छिन् । कर्म मात्र गर्ने तर, त्यहाँ धर्म छैन भने जीवनको के अर्थ ?उनी प्रश्न गर्छिन्, हरेक मानिसले स्वयं भित्रको ईश्वरलाई मान्न सक्दैन भने त्यसको के औचित्य ? हामीले आवरणलाई मात्र श्रृंगार गर्ने होइन आफू हिरोइन भएको नाताले आम प्रशंसकलाई सुझाव दिदैं उनी आफ्नो विगतमा फर्किन्छिन्,हिजो सम्म नेपाली फिल्म उद्योगमा शारीरिक सौन्दर्यतामा उति ध्यान नदिने अभिनेत्री सायद मै थिएँ होला, अर्कातर्फ समाज सुहाउँदो पहिरन लगाउने मान्छे पनि मै थिएँ होला, यति हुँदाहुँदै पनि आजको नियमित योग अभ्यास, व्यायास अनि खानपानले जीवन सकारात्मक सोचतर्फ उन्मुख छ । आफंैले आफूलाई चिन्ने अवसर पाएकी छु ।रेखाले यो दावी गरिरहँदा विगतमा उनले लगाउने पहिरनकै बारेमा हुने चर्चा परिचर्चा र गसिपका विषयलाई भने आज गौण मान्न सकिन्न । केही चलाखीपन अपनाउँदै रेखा थप्छिन्,रेखा थापा भयंकर जान्ने भइ भनेर नभन्नु होला, तर, म हरेक नेपालीलाई भन्छु : सुन्दर हुनका लागि मात्र शारीरिक अभ्यासमा लाग्नु पर्ने होइन । आज हाम्रो समाज धन सम्पत्ति, दौलत अनि सफलताका पछाडी दौडिरहेको छ, यसैमा रमाइरहेको छ । तर, हामी के भूलिरहेका छौं भने आफ्नो अत्यन्तै महत्वपूर्ण र मूल्यवान शारीरिक र मानसिक स्वास्थ्यमाथि खेलवाड गर्दैछौं । आधुनिक जीवन यापनमा रमाइरहेका आजको पुस्ता लक्षित हुँदै रेखा थप्छिन्, आफ्नो घर आफ्नो आत्मा लाई ऊ लत्याइरहेको छ, एन्जाइटी, डिप्रेसन लगायतका थुप्रै विषयले प्रसय पाइरहेको छ । त्यसैले अब पनि आफ्नो स्वास्थ्यप्रति चिन्तनशिल नहुने त ? आधुनिक समाजप्रति उनको प्रति प्रश्न छ । शाष्त्रले पनि भनेको छ : योग गर अभ्यास गर आफ्नो शरीरलाई ध्यान देउ । गीतामा हरेक मानिसले गर्नुपर्ने राम्रा व्यवहारलाई औल्याइदिएको छ, धार्मिक चिन्तन उन्मुख हुँदै रेखा भन्छिन् शारीरिक योग अभ्यास/व्यायाम गर्ने, खानाको अनुशासनमा बस्नेलाई म आँखा चिम्लिएर विश्वास गर्न सक्छु । उहाँहरू अनुसाशित मान्छे हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । उनी अन्त्यमा थप्छिन्, म आज आफू स्वास्थ्य रहन प्रयत्नशिल छु र हरकोहीलाई, विशेष गरेर महिला दिदी बहिनीलाई अवस्था, ठाउँ हेरेर स्वास्थ्यका खातिर शारीरिक व्यायाम गर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९