नेपालमा गरिबीको मापन र यसको वितरण २०७८

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी नेपालीहरूको सोचाइ रहेको हुन्छ।

– प्रकाश रेग्मी

गरिबीको समस्याले नेपाल दसकौंदेखि आक्रान्त छ। हाल नेपालको गरिबीको तह १७.८ प्रतिशतदेखि २०.२७ सम्मका तथ्यांकहरू विभिन्न स्रोत-सामग्रीहरूमा पाइन्छन्। हाल संसारमा रहेका १९३ देशमध्ये नेपाल १४६औं गरिबी देश अन्तर्गत पर्दछ। सन् २०२४ मा पहिलो नम्बरको धनी देश लक्जमबर्ग हो जुन युरोपेली देशहरू बेल्जियम, फ्रान्स र जर्मनीले घेरिएको छ भने सबैभन्दा गरिब मध्यपूर्वको देश यमन हो।

 

गरिबी मापनका लागि राज्यले तोकेका आधारभूत आवश्यकताहरू खाना, नाना र छानालाई खाद्य र गैरखाद्य गरी दुई भागमा  विभाजन  गरेर बेग्लाबेग्लै लागत निकालिन्छ। ती दुबैलाई समावेश गरेर गरिबीको रेखा अंकित गरिन्छ। गैरखाद्यको सूचीमा शिक्षा, आवास, लत्ताकपडा लगायतका साधारण जीविकोपार्जनका लागि आवश्यक खर्चहरू समावेश गरिएको हुन्छ। गरिबीको रेखाले आधारभूत आवश्यकता जुटाउन चाहिने न्यूनतम् खर्चको सूचना दिन्छ।

 

सामान्यतया गरिबीलाई अभावको रुपमा लिइन्छ। गरिबी भनेको न्यूनतम् आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्था हो। न्यूनतम् आवश्यकताहरू समय, स्थान र सामाजिक परिवेश अनुसार फरक हुन्छन्। त्यसैले, गरिबीलाई समय र स्थानको सापेक्षतामा मापन गरिन्छ। किनकि, उक्त सम्बन्धित व्यक्ति कुन ठाउँमा बसोबास गरेको छ, उसको धर्म, संस्कृति, रीतिरिवाज, उसले लगाउने पोशाक र हावापानीको अवस्थाले समेत प्रभाव पारेको हुन्छ। त्यसैले, गरिबीको गणना सापेक्षतामा गरिन्छ।

 

हाल प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपैयाँ (प्रतिदिन प्रतिव्यक्ति लगभग २०० रुपैयाँ) भन्दा कम आम्दानी हुने मानिसले नेपाल सरकारले तय गरेको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन भनिकन उक्त रकमभन्दा कम आम्दानी हुने नेपालीलाई गरिबीको रेखामुनि राखिएको छ। यसरी गरिबीको मापन गर्दा हाल अर्थात् सन् २०२१ मा नेपालमा जम्मा १७.८ प्रतिशत नेपाली जनताहरू गरिबीको रेखामुनि रहेको देखिन्छ। यो वार्षिक प्रतिव्यक्ति आम्दानीलाई खाध्य र गैरखाद्यमा विभाजन गर्दा खाद्यपदार्थको लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य पदार्थको लागि ३७ हजार ८७९ रुपैयाँमा विभाजन गरिएको छ।

 

त्यसैगरी, अमेरिकामा हाल अर्थात् सन् २०२४ मा प्रतिव्यक्ति प्रतिवर्ष १३ हजार ८०० डलरभन्दा कम आम्दानी हुने जनतालाई गरिबीको रेखामुनि राखिएको छ। उक्त डलर रकम हालको नेपाली सटही दर १३८ ले हिसाब गर्दा प्रतिव्यक्ति प्रतिदिन यो रकम ५ हजार २२५ रुपैयाँ हुन आउँछ। यसरी नेपालमा प्रतिदिन प्रतिव्यक्ति २०० रुपैयाँले आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भने अमेरिकामा ५ हजार २२५ रुपैयाँ हुनु पर्दछ। र, त्यो रकमभन्दा कम आम्दनी हुने अमेरिकनहरू सन् २०२४ मा अमेरिकाको कुल जनसंख्याको ११.६ देखि १२.४ प्रतिशत रहेको अनुमान गरिएको छ।

 

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी नेपालीहरूको सोचाइ रहेको हुन्छ। नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएको वि.सं. २०४६ देखि केही वर्षको अवधिलाई छोडेर क्रमश: गरिबीको अनुपात घट्दै आएको देखिन्छ। सन् १९९१ मा नेपालको जम्मा जनसंख्याको ४० प्रतिशत गरिबीको रेखामुनि रहेको त्यस बेलाका तथ्याङ्कमा देखिन्छ। त्यसपछि भएको जनगणना २००१ मा नेपालमा गरिबीको अनुपात बढेर ४१.८ प्रतिशत पुग्यो।

 

तत्कालीन अवधिमा नेपालमा चलेको राजनीतिक संघर्षका कारण अर्थ व्यवस्थामा प्रतिकूल असर पर्‍यो र गरिबी बढ्यो भन्ने अर्थविदहरूको भनाइ रहेको पाइन्छ। त्यसपछि प्रजातन्त्रको पुनर्स्थापनाको झन्डै १० वर्षको अवधिमा अर्थात् सन् २०११ मा गरिबीको अनुपात घटेर २५.२ प्रतिशतमा झर्‍यो भने गणतन्त्र स्थापनापछि अर्थात् सन् २०२१ मा पुन: यसको अनुपात घटेर १७.८ प्रतिशतमा झर्‍यो। यसरी हेर्दा झन्डै ३० वर्षको अवधिमा आधाभन्दा धेरै अनुपातमा गरिबी घटेको पाइन्छ। जबकि, सन् १९९० मा अमेरिकाको जम्मा जनसंख्याको १४.२ प्रतिशत गरिबीको रेखामुनि राखिएका थिए भने यो अनुपात सन् २०२१ मा आउँदा ११.६ प्रतिशतमा झरेको देखिन्छ।

 

यसरी तथ्याङ्क हेर्दा निराश हुनुपर्ने खासै देखिँदैन। यसको अर्थ प्रणेताले नेपालको विकासको गतिको दरमा सन्तोष मानेको भने होइन। तर, प्रवासमा बसेर नेपालको समाचारहरू हेर्दा कहीँकतै सकारात्मक समाचार देख्न र सुन्न पाइँदैन। एकातिर सबै श्रम शक्ति विदेश पलाएन भएको गुनासाहरू सुनिन्छ भने अर्कोतिर भए गरेका प्रगतिहरू पनि सञ्चारमाध्यमबाट जनतालाई सूचित गराउन नसक्दा प्रवासमा बस्नेहरूका लागि प्रवासमा रहेको तान्ने शक्ति प्रवल हुन गई प्रवासतिरै रमाउन पर्ने अवस्थाको सिर्जना हुने र यस्ता किसिमका निराशजनक समाचारहरूले देशबाट युवा शक्तिलाई धकेल्ने शक्ति बढाउँदै लगेको हुँदा सञ्चारमाध्यमहरूले यस्तो प्रवृत्तिलाई बढावा दिन नहुने हो कि? अनि देशका अर्थविदहरूले अतिरिक्त कलम चलाउनु पर्ने देखिन्छ।

 

संसारका विकसित देशहरूमा २५० वर्ष पहिला नै भएका राजनीतिक परिवर्तन बल्ल-बल्ल यस २१ औं शताब्दीमा आएर हाम्रो देशमा भएको छ। अनि हाम्रो केही बौद्धिक समाजका पात्रहरू आजको विकसित देशको आर्थिक विकाससँग हाम्रो देशको आर्थिक अवस्थालाई तुलना गर्छन् र नवयुवाहरूलाई विगतको राजतन्त्र ठिक थियो भनेर विकासको गतिलाई पछाडितिर धकल्ने गरेको देख्दा साँच्चै पीडा दिँदो रहेछ।

 

सामान्यतया: नेपालीहरू आफ्नो आधारभूत आवश्यकता पूरा गरेर बचेको पैसा आफू बस्ने घरको निर्माण, पुनर्निर्माण तथा मर्मतमा लगाउँछन्। यो मेरो निजी विचार हो। खाना, नाना र छाना मानिसका आधारभूत आवश्यकता हुन्। खाना मानिसले कस्तो खान्छ त्यो प्रत्यक्ष बाहिरबाट देख्न सकिँदैन तर त्यसको प्रतिविम्ब उसको स्वास्थ्यको अवस्थाले बताउँछ। नाना देख्न सकिन्छ तर देखेकै आधारमा कुन स्तरको नाना हो सजिलै भन्न सकिँदैन। तर, उसले प्रयोग गरेको घरको छानाको प्रकारले उसको आर्थिक आवस्थाको आँकलन गर्न सकिन्छ भन्ने यस प्रणेताको व्यक्तिगत विचार रह्यो। र, फेरि यो किसिमको सूचना जनगणनाको बखत गणक आफैंले प्रत्यक्ष देखेको सूचनाको आधारमा आएको तथ्याङ्क पनि हो। त्यसैले, घरको छानाको आधारमा पनि गरिब बस्तीहरूको पहिचान गर्न सकिन्छ कि भन्ने विचार भयो र यसैको आधारमा देशको कुन भागतिर गरीबहरू बढी बसोबास गर्दा रहेछन् भनेर यो एक प्रयास गरेको छु।

 

देशमा भएको गरिबीको मापन गर्ने विविध विधिहरू भए पनि यस लेखमार्फत् घरको छानाको किसिमको आधारमा यस सानो खोजमुलक लेखमार्फत् गरिबीको स्थानिक वितरण कसरी भएको रहेछ भनेर हेर्न मन लाग्यो। यस अध्ययनको लागि राष्ट्रिय जनसंख्या तथा आवास जनगणना २०२१ को तालिका ०४ : आवास एकाइको छानाको प्रकार अनुसार घरपरिवारको संख्यामा रहेको तथ्याङ्क प्रयोग गरी जिआइएस कम्प्युटर सफ्टवेयरमार्फत नेपालको नक्सामा उतारिएको छ।

 

उक्त टेबलमा जम्मा नेपालमा ६६ लाख ६६ हजार ९३७ घरधुरी रहेका छन्। ती सबै घरधुरीलाई जम्मा सात प्रकारमा विभाजन गरिएको छ। तिनीहरू क्रमश १. ग्याल्भेनाइज्ड पाता (४७.३८ प्रतिशत), २. सिमेन्ट कंक्रिट (२३.९६ प्रतिशत), ३. खर, पराल (४.५९ प्रतिशत) ४. टाइल (६.१६ प्रतिशत) ५.  ढुङ्गा (१२.२२ प्रतिशत) ६.  काठ / फल्याकहरू (०.६१ प्रतिशत) र ७. माटो र अन्य (५.०८ प्रतिशत) रहेका छन्। ती सबै घरका छानाका प्रकारलाई जम्मा-जम्मी दुई प्रकारमा पुन: विभाजन गरिएको छ। पहिलो दुई प्रकारका छानालाई सुरक्षित छाना र बाँकी पाँच प्रकारका छानालाई असुरक्षित छानाको प्रकारमा पुन: विभाजन गरी गरीब घरहरूको वितरण प्रारुपलाई हेर्न खोजिएको छ।

 

नक्सामा देखाइए बमोजिम जताजता रातो रंग भएका पाई चार्टहरू धेरै छन् त्यतातिर गरिब बस्तीहरूको बाहुल्य छ भन्ने देखाउँछ। पूर्वी तराईका मधेस प्रदेशका सात वटा जिल्ला, गण्डकी प्रदेशका केही जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लाहरू घरको छानाको आधारमा गरीब जिल्लाहरूमा पर्दछन्। बैतडी (८२ प्रतिशत), जाजरकोट (८० प्रतिशत), हुम्ला (७८ प्रतिशत), मुस्ताङ (७४ प्रतिशत) र डोल्पा (७२ प्रतिशत) सबैभन्दा असुरक्षित घरका छाना भएका जिल्लाहरू हुन्। त्यसैगरी, काठमाडौं, इलाम, भक्तपुर, झापा र ललितपुर जिल्लाहरू सबैभन्दा धेरै प्रतिशत सुरक्षित छाना भएका जिल्लाहरू देखिन्छन्।

 

देशको कुल ७५३ पालिकाहरूमध्धे १० वटा पालिकाहरू तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिका काठमाडौं, दुप्चेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका, नुवाकोट, कन्ज्योसोम गाउँपालिका र महांकाल गाउँपालिका ललितपुरका घरहरू शतप्रतिशत सुरक्षित छाना लगाइएका घरहरू छन्। हिमाली क्षेत्रका सबैजसो जिल्लाहरूमा माटोका छाना भएकाले असुरक्षित वर्ग अन्तर्गत परेका छन्। मधेस प्रदेशको सर्लाही जिल्लाको धनकौल गाउँपालिका देशभरका सबै पालिकाभन्दा बढी प्रतिशत घरहरू पराल र खरले छाएका घरहरू देखिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९