अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

विश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ। नेपालमा विश्वको कुल भू-भागको ०.०३ प्रतिशत (१,४७,५१६ वर्ग किलोमिटर कुल क्षेत्रफल) क्षेत्रफलमा २२,००० भन्दा बढी प्रजातिहरू छन्, जुन विश्व जैविक विविधताको १.३ प्रतिशत हो।

– प्रकाश रेग्मी

पृष्ठभूमि

मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत श्रृंखलाबिना, हामी स्वस्थ पारिस्थितिक प्रणालीहरू प्राप्त गर्न सक्दैनौं भन्ने तथ्यका साथ सुरू भएको जैविक विविधता संरक्षण अभियान अन्तर्गत अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हरेक वर्ष अंग्रेजी मे महिनाको २२ तारिख मा मनाइन्छ।

असंख्य रंगीन जैविक विविधताले सु-सम्पन्न यस धर्ती साँच्चिकै सुन्दर र मनमोहक छ। संसारको विभिन्न भागमा रहेको विषम हावापानीको कारण विद्यमान धर्तीमा जैविक विविधताले सुन्दर बगैंचाको सिर्जना गरेको छ। जैविक विविधताले पृथ्वीमा रहेका जीवनको विविधतालाई जनाउँछ, जसमा सबै जीवित जीवहरू (वनस्पति, जनावर, फंगी, सूक्ष्म जीव) र पारिस्थितिक प्रणालीभित्र रहेको तिनीहरूको अन्तरक्रियालाई बुझाउँछ। यसले प्रजाति विविधता, आनुवंशिक विविधता र पारिस्थितिक प्रणाली विविधतालाई समावेश गरेको हुन्छ। विद्यमान पारिस्थितिक प्रणाली स्वास्थ्य राख्नको लागि जीव जगतमा रहेको पराग कण प्रक्रिया, माटोको उर्वरता, हावापानी र जलवायु नियमनजस्ता कुराहरूको सन्तुलित उपयोग आवश्यक पर्दछ।

विगत केही दसकदेखि मानिसहरूमा वस्तुहरूको उपभोग गर्ने व्यवहारमा आएको परिवर्तनका कारण पृथ्वीले जीव जगतलाई उपलब्ध गराउँदै आएको स्रोतहरूको उपलब्धतामा असन्तुलन पैदा भएको छ। यसको कारण सबै जीव संसार जगतले विभिन्न किसिमका प्रकोपको सामना गर्नु परिरहेको छ। फेरि अर्को कुरा ‘भावी पुस्ताको लागि पृथ्वी’ भन्ने मानव सोचमा आएको सकारात्मक भावनाले गर्दा पनि जैविक विविधता संरक्षण आजको आवश्यकता बनेको छ।

‘जैविक विविधता’ शब्दलाई सन् १९८६ मा अमेरिकी प्रकृतिविद् तथा जीव विज्ञान विद एडवर्ड ओसबोर्न विल्सनले लोकप्रिय बनाएका थिए। यसलाई सन् १९८८ मा नर्मन मायर्सको अवधारणाले उच्चस्तरको प्रजातिहरूको समृद्धि र यसमा भएका खतराका क्षेत्रहरू पहिचान गर्‍यो। र पछि सन् १९९२ मा रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलनले जैविक विविधता  महासन्धिमा हस्ताक्षर गरी जैविक विविधता संरक्षणको लागि कानुनी रूपरेखा स्थापना गर्‍यो। त्यसपछि नियमित रूपबाट यो दिवस मनाइँदै आइएको छ।

जैविक विविधता संरक्षणका लागि धेरै संस्थाहरू कार्यरत् छन्। तिनीहरूमध्ये अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) एक प्रमुख संस्था हो। यसले प्राकृतिक संरक्षण र अनुसन्धानमा अग्रणी भूमिका खेल्दछ। हाल प्राकृतिक संरक्षणको क्षेत्रमा यस संस्थाको भूमिका अग्रणी स्थानमा छ। त्यसो त यसका बारेमा पनि प्रशस्त आलोचनाहरू पनि छन्। यस संस्थाले प्रकृतिको आवश्यकतालाई तत्कालीन मानिसको आवश्यकता भन्दामाथि राखेर काम गर्दछ भन्ने आलोचना यसमाथि लाग्ने गरेको छ। जे होस् अहिले यो संस्था संयुक्त राष्ट्र संघको आधिकारिक पर्यवेक्षकको हैसियतमा रहेर संयुक्त राष्ट्र संघको निर्णय प्रक्रियाहरूमा, विशेषगरी वातावरणीय मुद्दाहरूसँग सम्बन्धित कुराहरूमा यसको आवाज बुलन्द हुने गरेको छ।

सन् १९४८ पछि लगातार रूपमा प्रकृति संरक्षणको क्षेत्रमा काम गर्दै आएको यस संस्था नेपालमा सन् १९६० देखि काम गर्दै आएको पाइन्छ। आधिकारिक रूपमा सन् १९९५ मा नेपालमा कार्यालय स्थापना गरी जैविक विविधता, वातावरणीय न्याय र दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न सरकार र विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

जैविक विविधताको विश्व सन्दर्भमा नेपाल

विश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ। नेपालमा विश्वको कुल भू-भागको ०.०३ प्रतिशत (१,४७,५१६ वर्ग किलोमिटर कुल क्षेत्रफल) क्षेत्रफलमा २२,००० भन्दा बढी प्रजातिहरू छन्, जुन विश्व जैविक विविधताको १.३ प्रतिशत हो। फूल फुल्ने बिरुवा प्रजातिहरूको मात्र हिसाब गर्ने हो भने नेपाल विश्वमा २७ औं र एसियामा १० औं स्थानमा छ। यसरी कुल क्षेत्रफलमा सानो देश भएर पनि अनुपातिक रुपमा जैविक विविधतामा नेपाल धनी देशमा पर्दछ। यसरी जैविक विविधतामा धनी हुनुमा भौगोलिक विविधता, जलवायुको विविधता, वनस्पतिको धनात्मकता, वन्यजन्तुको विविधता, संरक्षित क्षेत्रहरूको समुचित संरक्षण, युनेस्कोको विश्व सम्पदा क्षेत्रमा पर्नु र राम्रो पारिस्थितिकी सन्तुलन मुख्य हुन्।

जैविक विविधता संरक्षणमा गरिएका प्रयासहरू

विविध पारिस्थितिक प्रणाली र वन्यजन्तुको बासस्थानको संरक्षण गर्न नेपालले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रहरूको सञ्जाल स्थापना गरेको छ।

नेपालले विभिन्न समयमा आवश्यक ऐन तथा नीति नियमहरू तय गरी जैविक विविधता संरक्षण कार्य गर्दै आएको छ। यसै सन्दर्भ्रमा सन् १९७३ मा पहिलो पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन निर्माण गरी त्यसै वर्ष नेपालमा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो र यो निकुञ्ज हाल युनेस्कोको विश्व सम्पदा सूचीमा समेत समाबेस छ।

चितवन राष्ट्रिय निकुञ्ज :  चितवन राष्ट्रिय निकुञ्ज दक्षिण-मध्य नेपालको तराईमा रहेको राष्ट्रिय निकुञ्ज हो। सन् १९७३ मा स्थापना भएको यस राष्ट्रिय निकुञ्जले ९५२.६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो निकुञ्ज जैविक विविधताको लागि परिचित छ। यो निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ। यसको घना जंगल र घाँसे मैदानहरूले एक सिङ्गे गैंडा र बंगाल बाघजस्ता दुर्लभ स्तनधारी जनावरहरूको साथै असंख्य चराका प्रजातिहरूलाई आश्रय दिन्छ। विशेषगरी एक सिङ्गे एशियाली गैंडा, बंगाल बाघ र घढियाल गोहीको लागि बढी प्रख्यात छ।

बर्दिया राष्ट्रिय निकुञ्ज : बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। नेपालको पश्चिमी तराईमा अवस्थित यो निकुञ्ज पारिस्थितिक प्रणालीको संरक्षण गर्ने र बाघको आहाराको लागि शिकारजन्य प्रजातिहरूको बासस्थानको संरक्षण गर्न सन् १९८८ मा स्थापना गरिएको थियो। हाल यस निकुञ्जमा ८३९ प्रजातिका वनस्पतिहरू, विभिन्न प्रजातिका जनावरहरू हुनुका साथै १२५ वयस्क बाघ रहेका छन्।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सन् २००२ मा स्थापना भएको थियो। यो काठमाडौं उपत्यकाको नजिकै उत्तरपट्टी देशको मध्य-पहाडी क्षेत्रमा अवस्थित छ। यसले जम्मा १५९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो निकुञ्ज रातो पान्डा (भालु प्रजातिको जनावर) र चितुवाको लागि प्रख्यात छ।

हिमाली भागका राष्ट्रिय निकुञ्जहरू : नेपालको उत्तरी हिमाली भू-भागमा पूर्वबाट पश्चिमतिर क्रमश: कञ्चनजङ्गा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु-अन्नपूर्ण संरक्षण क्षेत्र, से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपिनाम्पा संरक्षण क्षेत्रहरू रहेका छन्।

बिज बैंकहरू 

बिऊ बैंक भनेको भविष्यको प्रयोगको लागि बिरुवा प्रजातिहरूको आनुवंशिक विविधता संरक्षण गर्न डिजाइन गरिएको भण्डारण पद्दती हो। यो पद्दतीले सामान्यतया नियन्त्रित वातावरणमा वनस्पति वर्गको बिऊ भण्डारण गर्छन् ताकि लोप हुँदै गर्न लागेका प्रजातिहरूको बिऊ संरक्षण र भण्डारण गरी तिनीहरूलाई जीवन्तता कायम राख्न सकियोस् र नयाँ प्रजातिहरू विकास गर्ने वा दुर्लभ प्रजातिहरूको संरक्षण गर्नेजस्ता कामहरूमा प्रयोग गर्न सकियोस् भन्ने कुरा सुनिश्चित होस्। यस्ता कामका लागि नेपाल सरकारले १५ जिल्लाहरुमा समुदाय तहमा विभिन्न गैरसरकारी संस्थाहरूसँग साझेदारी गरी काम गरिरहेको छ।

जैविक विविधता संरक्षणको लागि समकालीन अवधारणा

तराई भू-परिधि अवधारणा : वन्यजन्तु संरक्षण र बासस्थान व्यवस्थापन गर्न राजनीतिक सीमानाको परिधि एक अवरोधक हुन सक्ने सम्भावनालाई उजागर गरी नेपाल सरकार र भारत सरकारको संयुक्त साझेदारीमा चर्चित जीव र भू-परिधि वैज्ञानिकहरूले पूर्वमा नेपालको बागमती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्म जम्मा ११ वटा निकुञ्जहरू र त्यो सँगै विस्तारित वनको करिब ५० हजार वर्ग किलोमिटर क्षेत्रलाई समेटेर तराई भू-परिधि अवधारणा विकास गरेको छ। सन् २००१ देखि निरन्तर रूपमा विषेशगरी पाटे बाघ, एकसिंगे गैंडा, हात्ती, डल्फिन, घडियाल र धेरै थरीका मृगहरूको संरक्षण गर्दै आएको छ।

पवित्र हिमालय भू-परिधि अवधारणा : सन् २००६ देखि नेपाल, भुटान र भारत मिलेर उच्च हिमालय क्षेत्रमा जैविक विविधता संरक्षणमा कार्य गर्न विभिन्न संघ-संस्था जस्तै: इसिमोड डब्लु डब्लु एफ नेपाल र आइयुसिएन मिलेर पवित्र हिमालय भू-परिधिको अवधारणामा काम सुरू भएको छ। यो परिधि लाङटाङदेखि दार्जिलिङ, सिक्किम हुँदै भुटानको टुर्सासम्म ४० हजार वर्ग किमि क्षेत्रफलमा विस्तारित छ। यसको उद्देश्य हिउँचितुवा, रेडपाण्डा, नाउर, झारल, कस्तुरी, ध्वाँसे चितुवासँगै महत्वपूर्ण वनस्पति र करोडौं मानिसको पानीको स्रोत समेतको संरक्षणमा यो धाराणाले काम गरिरहेको छ।

यस्तै, अन्य अवधारणामा पवित्र कैलाश भू-परिधि र चितवन-अन्नपूर्ण भू-परिधि पनि नयाँ अवधारणाका रुपमा अगाडि ल्याइएका छन्। यसरी जैविक विविधता संरक्षणमा एक देशीयभन्दा बहुदेशीय प्रयासले सकारात्मक उपलब्धी हुन सक्ने हुनाले यसतर्फ पनि कामहरु सुरू हुन थालेको पाइन्छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९