युद्दको बिचमा नै हतियार बेचेर इजरायलले कमायो १५ बिलियन

काठमाडौं। विश्वमा चलिरहेका दुई युद्ध रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले हामीलाई अप्रत्याशित नतिजा दिएर चकित बनाइरहेको छ।एकातिर सन् २०२४ इजरायलका लागि युद्धको वर्ष थियो भने अर्कोतर्फ हतियार अर्थतन्त्रका लागि ‘बम्पर नाफा’को वर्षको रूपमा इतिहास कायमसमेत गरेको थियो ।

 

विश्वव्यापी आलोचनाका बिचमा गाजा युद्ध, लेबनान र सिरियाको द्वन्द्वका बावजुद इजरायलले यस वर्ष हतियार बजारमा धेरै देशलाई उछिन्दै १४.८ बिलियन अमेरिकन डलरको हतियार बिक्री गरेको छ । कुनै समय विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रहेको रुस यस दौडमा ९२ प्रतिशतले पछि परेको छ।

इजरायलको रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा रक्षा निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार सन् २०२३ मा निर्यात १३ बिलियन डलर रहेकोमा सन् २०२४ मा १४.८ बिलियन डलर पुगेको छ । तर,  जेम्सटाउन फाउन्डेसनले रिपोर्ट गरेको छ कि रूसको हतियार बिक्री २०१९–२०२१ को बीचमा आधा र २०२१–२०२४ बीच ९२ प्रतिशतले घटेको छ।

 

सन २०२४ मा इजरायलको हतियार बिक्री ५४ प्रतिशत त युरोपमा मात्रै थियो, जुन २०२३ मा ३५ प्रतिशतमा सिमित थियो। सबैभन्दा ठूलो सम्झौता एरो–३ मिसाइल रक्षा प्रणालीको लागि जर्मनीसँग ३.८ बिलियनमा सम्झौता भएको थियो, जसले युरोपमा इजरायली प्रविधिको ढोका खोलेको थियो । युरोपेली देशहरूले आफ्नो सुरक्षा र सैन्य क्षमता बलियो बनाउन रुसको सट्टा इजरायलबाट हतियार लिन थालेका छन् ।

जसअनुसार युद्दको बिचमा पनि इजरायलले मिसाइल, वायु रक्षा प्रणाली र रकेट ४८.५ प्रतिशत, बख्तरबंद सवारीसाधन ९ प्रतिशत, मानवसहित विमान ८ प्रतिशत, साइबर र खुफिया प्रणाली ४ प्रतिशत, ड्रोन र युएभीएस १ प्रतिशतलगायत निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ।

विश्व बजारमा इजरायलको हिस्सा ३ दशमलव १ प्रतिशत मात्रै भए पनि यसको वृद्धिदर सबैभन्दा छिटो भएको मानिएको छ । गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन, विश्वभर हतियार बेचेर ठूलो नाफा पनि कमाइरहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा रूस पनि युद्धमा फसेको छ तर सँगसँगै यसको हतियार बजार भने संकुचित भइरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९