सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द विष्ट

काठमाडौं । नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।यसले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै जनसम्पर्क समिति सभापति आनन्द विष्टले सरकारी निर्णयको स्वागत गरेका हुन्।’यो निर्णयले दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरेका छौं। यसका लागि तदारुकताका साथ पहलकदमी लिइदिनु हुने प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवासहित सिंगो नेपाल सरकारप्रति विशेष आभार व्यक्त गर्दछौं,’ विष्टले विज्ञप्तिमार्फत भनेका छन्।

 

 

नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हितमा सधैँ प्रतिवद्ध रहेकाले सन्सुलेटलाई पनि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता छ। ‘हाम्रो प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु नै हो। यसर्थ, हामीले यस समितिको तर्फबाट पश्चिमी क्षेत्रको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहर र टेक्सासको डाल्लासमा नै वाणिज्य दूतावासको कार्यालय स्थापना गरिनुपर्छ भन्ने माग परराष्ट्र मन्त्रालय हुँदै नेपाल सरकार र नेपाली कांग्रेसको पार्टी नेतृत्व समक्ष निरन्तर राख्दै आइरहेका थियौं। यसका लागि दुवै राज्य र सहरका नेपाली जनसम्पर्क समितिका च्याप्टर नेतृत्व तथा अन्य स्थानीय संघ, संस्थाले गर्नु भएको सहयोग, समन्वयका लागि पनि हामी आभार व्यक्त गर्दछौं,’ उनले भने, ‘यसका लागि समितिको अगुवाइमा हातेमालो गर्ने सम्बन्धित संघ,संस्था र साथीहरु धन्यवादका पात्र हुनुहुन्छ। यो हामी सबैको सामूहिक प्रयत्नको साझा उपलब्धि हो।’

 

 

दुई सहरमा नेपाल सरकारको औपचारिक कार्यालय स्थापनाका लागि नेपालको परराष्ट्र मन्त्रालयबाट खटाइएका कूटनीतिक कर्मचारी ऋषिराज आचार्य र देवदूत ढकालको टोली क्यालिफोर्निया पुगेको छ। उनीहरूलाई आवश्यक सहयोग गर्न पनि जनसम्पर्क समिति तयार रहेको विष्टले बताए।सरकारी औपचारिक प्रक्रिया चाँडै पूरा गरी कार्यालय सञ्चालन पश्चात् नेपाल सरकारबाट प्रदान गरिने सुविधा सहज,सरल र कम झन्झटिलो बनाउनका लागि वाणिज्य दूतावास सञ्चालन महत्त्वपूर्ण हुने जनसम्पर्क समितिले विश्वास लिएको छ।

 

 

सान फ्रान्सिस्कोको कन्सुलेट कार्यालयले क्यालिफोर्निया र वरपरका राज्यहरूमा बसोबास गर्ने नेपाली नागरिकलाई विभिन्न कन्सुलर सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूमा पासपोर्ट नवीकरण, भिसासम्बन्धी जानकारी र नेपाली नागरिकहरूलाई आवश्यक पर्ने अन्य प्रशासनिक सहायता समावेश छन्।

 

 

 

यो कार्यालयले नेपाली समुदायलाई स्थानीयस्तरमा सहज र प्रभावकारी सेवा प्रदान गरी उनीहरूको दैनिक जीवनमा आउने प्रशासनिक जटिलताहरूलाई समाधान गर्नेछ। यसका अतिरिक्त, कन्सुलेटले नेपाल र अमेरिकाबिचको व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्न, पर्यटनलाई प्रोत्साहन गर्न र सांस्कृतिक आदान–प्रदानलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।नेपाल सरकारले यो कन्सुलेटलाई विदेशमा बस्ने नेपाली समुदायको हित रक्षाका लागि प्राथमिकतामा राखेको छ। यसले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

काठमाडौँ,  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९