‘संविधानभित्रै लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित छ’

काठमाडौँ । संविधानविद् र अधिकारकर्मीहरुले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा गर्नुपर्ने आजको मुख्य दायित्व रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा राससले राखेको जिज्ञासामा उहाँहरुले यो संविधानको पूर्ण कार्यान्वयनले मुलुक र जनताको उन्नति र प्रगति हुने धारणा व्यक्त गर्नुभयो ।

 

उहाँहरुले वर्तमान संविधानको संशोधन र रक्षाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित रहेकाले संविधान मुलुकका लागि बाधक नभई साधक भएकाले रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । संविधानका जानकारहरुले संविधानमा समयसापेक्ष संशोधन र सुधार गर्दै रक्षा गर्नुको विकल्प नभएको बताउनुभयो । डा विजय मिश्र अध्यक्ष, नेपाल बार एसोसिएसन संविधानलाई दीर्घ जीवन दिन समय–समयमा संशोधन गरिनुपर्छ ।

 

 

संशोधनका लागि इच्छाशक्ति आन्दोलनले पैदा गर्छ । बौद्धिक समाजको भेला र उपस्थितिले पनि संविधानलाई दीर्घ जीवन दिन आवश्यक खुराक प्रदान गर्छ । त्यसैले धेरै जटिल परिस्थितिलाई सामान गर्दै सङ्घर्ष गरेर बनाइएको संविधानलाई समय सुहाउँदो बनाउन संशोधन गरिनुपर्छ । त्यो गरेर सवै नागरिकको इच्छा यसैमार्फत पूरा गर्नुपर्छ । भ्रष्टाचार निर्मूल र सुशासन कायम गरिनुपर्छ । रामनारायण विडारी संविधानविद् नेपालको संविधान वास्तवमा विश्वकै उत्कृष्ट संविधानभित्रै पर्छ । तर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मर्म र भावनाअनुरुप कार्यसम्पादन गरेनन् ।

 

 

 

संविधानको प्रभावकारी कार्यान्वयन नहुँदाको असर जनता निराश भए । अब यो संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ । यसमा भएका केही प्रावधानहरु न्यायिक, आर्थिक र राजनीतिकरुपले पनि सशोधन गर्नपर्नेछ । उदाहरणका लागि संवैधानिक परिषद्, न्यायपरिषद्, सवैधानिक इजलास, निर्वाचन प्रणाली, राज्यका संयन्त्रको सुदृढीकरण गर्नुपर्छ ।

 

 

राज्यको अनावश्यक खर्च जोगाउनुपर्छ । रोजगारी सृजना गर्नुपर्छ । संविधानलाई दोष नलगाइ समयसापेक्ष संशोधन गरी अघि बढनुपर्छ । त्यसका लागि पहिलो सर्त संविधानको रक्षा नै हो । कनकमणि दीक्षित वरिष्ठ पत्रकार नेपालको भविष्य उज्ज्वल बनाउन वर्तमान संविधानको रक्षा गर्ने प्रत्येक नागरिकको दायित्व हो । अहिले संविधानमा अलि कति धक्का लागेको छ ।

 

 

 

त्यसका बाबजुद अघि बढन सकिन्छ । निर्वाचन तोकिएको समयमा हुनैपर्छ । त्यसमा तलमाथि र बहाना गरिनुहुन्न, अन्यथा इतिहासले माफी दिन्न । लामो समय अस्थिरता भएमा नेपालमा विदेशी हस्तक्षेप बढछ । अहिले पनि संविधानवाद नेपालमा बाचेको छ । निर्वाचनमार्फत नयाँ संसद् गठन हुन्छ । अनि भविष्यको बाटोको यात्रा गर्ने हो ।

 

 

 

मुलुक सबैको खुशियाली र सुखको केन्द्र हुनुपर्छ । टीकाराम भट्टराई वरिष्ठ अधिवक्ता आज संविधान दिवस । यस संविधान दिवसले राखेका उद्देश्य असाध्यै राम्रा छन् । यो संविधानको पूर्ण कार्यान्वयन गर्ने हो भने जनता र देशको उन्नति र प्रगति हुने सम्भावनामा यसैभित्र छ । यद्यपि संविधान कार्यान्वयनमा सन्दर्भमा केही असन्तुष्टि देखिएका छन् ।

 

 

 

संविधानलाई संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा नै सबै नेपाली जनताको भविष्य निहित भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता हो । संविधानमा समयसापेक्ष संशोधन गरी नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्ने बाटो प्रदान गर्दै राजनीतिकप्रति आकर्षण बनाइएको खण्डमा यो संविधान मुलुकका लागि बाधक होइन, साधक बन्नेमा मलाई पूर्ण विश्वास छ ।

 

 

 

अर्जनुबहादुर कार्की अधिकारकर्मी हामीले हजारौँ मानिसको बलिदानीबाट आजको संविधान प्राप्त गरेको हो । त्यसैले संविधानको भावना र मर्मलाई आत्मसात् गर्नुपर्छ । यसका लागि संविधानमा आवश्यक परिमार्जन र सुधार गर्न सकिन्छ । संविधानलाई सम्मान र पालना गर्न सकिएन भने मुलुक राजनीतिक दुर्घटनातिर उन्मुख हुन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गरी समसामयिक सुधार गर्दै जानुको विकल्प छैन । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भानु साहित्य उद्यानलाई २४ करोड

भानु साहित्य उद्यानलाई २४ करोड...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९