Baigyanik Media

Advertisement

Skip Ad

सन्दर्भ : धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसः आयुर्वेदको संरक्षण, सम्वर्द्धन र समृद्धितर्फ नेपालको राष्ट्रिय प्रतिबद्धता

काठमाडौँ  । आयुर्वेदमा स्वास्थ्य र औषधिको देवता भगवान् धन्वन्तरीको जन्म जयन्तीको रूपमा कात्तिक कृष्ण त्रयोदशी तिथिमा धन्वन्तरी दिवस मनाइन्छ । धन्वन्तरी भगवानले प्रकृर्तिमा नै रहेका जडीबुटीबाट समस्त मानव जीवनको स्वास्थ्य को रक्षा गरी मनुष्य जीवनको उद्धार गरेको हुनाले यस दिनलाई वैध, कविराज आयुर्वेदाचार्य हरुले धन्वन्तरी भगवान्को सम्झनामा विविध कार्यक्रम गरी मनाउने चलन रहेको छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो ।

 

 

 

धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापकको रुपमा लिने गरिन्छ । आरोग्य प्रदानको लागि समुद्र मन्थनमा अमृत कलश बोकी संसारमा अवतरित धन्वन्तरीलाई सम्मान गर्ने धार्मिक, सांस्कृतिक तथा स्वास्थ्य जागरुकताको यो दिवस एक महत्वपूर्ण अवसर हो । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।

 

 

 

 

प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको विजशेष महत्व रहेको छ । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान् धन्वन्तरीको विशेष पूजा हुन्छ । यो दिन धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

 

 

 

धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विसं २०५६ देखि मनाउन थालिएको हो । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष “राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तिको नारा ‘आरोग्यताको आधार ! योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नाराका साथ मनाउन नेपाल आयुर्वेद चिकित्सक सङ्घले देशभरिका आयुर्वेद स्वास्थ्य संस्थाहरुलाई आह्वान पनि गरेको छ । एक उपचार पद्धति मात्र नभई आयुर्वेद सम्पूर्ण जीवनशैलीको विज्ञान भएको हुँदा यस दिनलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाउने व्यवस्था गरिएको छ, जसले आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गर्ने भव्य लक्ष्यको प्रतिबद्धता देखाउँछ ।

 

 

 

यसले हाम्रो प्राचीन चिकित्सा ज्ञानलाई संरक्षण गर्ने मात्र नभई वर्तमान एवं भविष्यका स्वास्थ्य चुनौतीहरूको सामना गर्न यसको वैज्ञानिक प्रवद्र्धन तथा आधुनिकीकरणमा जोड दिन्छ । आयुर्वेद एक समग्र जीवन विज्ञान हो, जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्न शारीरिक र मानसिक तत्वहरूको सन्तुलनको सिद्धान्तमा आधारित चिकित्सा पद्धति प्रदान गर्दछ । आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसारको आहार, जीवनशैली, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारलाई समायोजन गरी दीर्घायु र रोगमुक्त जीवन प्रदान गर्छ ।

 

 

 

यसले निवारणात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य दृष्टिकोणलाई विशेष महत्व दिन्छ, जसले आजका जटिल, जीवनशैली आधारित रोगहरूको उपचारमा पनि प्रभावकारी भूमिका खेल्न सक्छ । आयुर्वेदको यो समग्रता विश्व स्वास्थ्य संगठनले समेत संरक्षणयोग्य परम्परागत चिकित्सा प्रणालीको रूपमा मान्यता दिइसकेको छ । नेपालका भौगोलिक र जैविक विशेषताहरू आयुर्वेद सेवाका लागि अतिआधारभूत हुन् । हिमालदेखि तराईसम्मका दुर्लभ जडीबुटीहरू सङ्कलन र प्रयोगको लागि प्रशस्त सम्भावना छ ।

 

 

हाल काठमाडौँ नरदेवीमा रहेको आयुर्वेद अस्पतालसहित सबै प्रदेश र जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा विस्तार भैरहेको छ । एक केन्द्रीय अस्पताल, तीनवटा प्रादेशिक अस्पताल, ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पालिकास्तरीय आयुर्वेद शाखाहरू एवं नागरिक आरोग्य सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद औषधि वितरण, शल्यकर्म, पंचकर्म, योग सहित विशिष्टिकृत सेवाहरूको पहुँच व्यापक बनाउनेजस्ता सकारात्मक प्रयासहरू समेत भइरहेका छन् । देशको सबै स्थानिय तहमा आयुर्वेद सेवाको पहुँचका लागि संस्थाहरु तथा कार्यक्रमहरु पुगेको र आरोग्यताको लागि नागरिक आरोग्य कार्यक्रम, स्वर्णप्राशन जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । आयुर्वेद सेवाको विकासमा अझै धेरै चुनौतीहरू बाँकी छन् ।

 

 

 

कुशल तथा प्रशिक्षित जनशक्तिको अभावले सेवा गुणस्तर प्रभावित छ । आधुनिक औषधि निर्माण, गुणस्तर मानकीकरण र वैज्ञानिक प्रमाणीकरणमा पर्याप्त पुँजी र पूर्वाधार नभएकाले दायरा सीमित छ । जडीबुटीको दिगो सङ्कलन, प्रशोधन, संरचना र बजार विकासमा आवश्यक रणनीति अभाव छ । नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति आयुर्वेदको सर्वांगीण विकास जरुरी हुन्छ । आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत आयुर्वेद सेवा प्रवाहको अभावले पनि सेवाको प्रभावकारिता र पहुँचमा बाधा पु¥याएको छ ।

 

 

 

 

कलेज तथा विश्वविद्यालयहरूमा आयुर्वेद शिक्षाको मानकीकरण अभाव, विदेशी देशहरूमा जस्तै आयुर्वेद क्षेत्रमा व्यवस्थित बजेट विनियोजन, अनुसन्धान संगठनहरूको सक्रियता र जनशक्ति विकासका लागि नीति निर्माणले नेपालमा दिर्घकालीन सुधार ल्याउन आवश्यक छ । यी सबै चुनौतीहरूको समाधानका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले निर्माण गरेको रणनीतिक योजनामा लागुपर्ने प्रतिबद्धता जनाएको छ । तीन तहका सरकारसँग समन्वय गरी राष्ट्रिय नीतिमा परिमार्जन गर्ने, अनुसन्धान, र औषधि प्रमाणीकरणमा कडा नियम ल्याउने कार्य अघि बढाइएको छ ।

 

 

 

जडीबुटीखेतीलाई प्रोत्साहन गरी मूल्य शृङ्खला विकास गर्ने, निजी क्षेत्रसँग सहकार्य गर्दै डिजिटल स्वास्थ्य सेवा प्रविधि (जस्तै टेलिमेडिसिन) मार्फत दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजना छ । यसरी आयुर्वेदलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गराउने प्रयासले पारम्परिक चिकित्सा र आधुनिक प्रविधिको संयोजन सुनिश्चित गर्न मद्दत पुर्याउने छ । धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसलाई हाम्रो स्वस्थ भविष्यतर्फ एक सशक्त सङ्कल्पका रूपमा स्वीकार्दै, नयाँ युगको आयुर्वेद सेवाको विकासमा सबै तहका निकायहरूले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहन्छ । यसले मात्र हाम्रो स्वास्थ्य प्रणालीलाई दिगो, सर्वसुलभ र विश्वसनीय बनाउन मद्दत गर्नेछ र समृद्धि, सन्तोष र जीवन्तताको आधारशीला निर्माण गर्नेछ । अन्त्यमा राष्ट्रिय आरोग्य दिवसले आयुर्वेद चिकित्साको पहिचान र विस्तारमा थप योगदान दिन सकोस् । (प्रस्तुत विचार नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९