सन्दर्भ : धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसः आयुर्वेदको संरक्षण, सम्वर्द्धन र समृद्धितर्फ नेपालको राष्ट्रिय प्रतिबद्धता

काठमाडौँ  । आयुर्वेदमा स्वास्थ्य र औषधिको देवता भगवान् धन्वन्तरीको जन्म जयन्तीको रूपमा कात्तिक कृष्ण त्रयोदशी तिथिमा धन्वन्तरी दिवस मनाइन्छ । धन्वन्तरी भगवानले प्रकृर्तिमा नै रहेका जडीबुटीबाट समस्त मानव जीवनको स्वास्थ्य को रक्षा गरी मनुष्य जीवनको उद्धार गरेको हुनाले यस दिनलाई वैध, कविराज आयुर्वेदाचार्य हरुले धन्वन्तरी भगवान्को सम्झनामा विविध कार्यक्रम गरी मनाउने चलन रहेको छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो ।

 

 

 

धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापकको रुपमा लिने गरिन्छ । आरोग्य प्रदानको लागि समुद्र मन्थनमा अमृत कलश बोकी संसारमा अवतरित धन्वन्तरीलाई सम्मान गर्ने धार्मिक, सांस्कृतिक तथा स्वास्थ्य जागरुकताको यो दिवस एक महत्वपूर्ण अवसर हो । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।

 

 

 

 

प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको विजशेष महत्व रहेको छ । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान् धन्वन्तरीको विशेष पूजा हुन्छ । यो दिन धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

 

 

 

धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विसं २०५६ देखि मनाउन थालिएको हो । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष “राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तिको नारा ‘आरोग्यताको आधार ! योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नाराका साथ मनाउन नेपाल आयुर्वेद चिकित्सक सङ्घले देशभरिका आयुर्वेद स्वास्थ्य संस्थाहरुलाई आह्वान पनि गरेको छ । एक उपचार पद्धति मात्र नभई आयुर्वेद सम्पूर्ण जीवनशैलीको विज्ञान भएको हुँदा यस दिनलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाउने व्यवस्था गरिएको छ, जसले आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गर्ने भव्य लक्ष्यको प्रतिबद्धता देखाउँछ ।

 

 

 

यसले हाम्रो प्राचीन चिकित्सा ज्ञानलाई संरक्षण गर्ने मात्र नभई वर्तमान एवं भविष्यका स्वास्थ्य चुनौतीहरूको सामना गर्न यसको वैज्ञानिक प्रवद्र्धन तथा आधुनिकीकरणमा जोड दिन्छ । आयुर्वेद एक समग्र जीवन विज्ञान हो, जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्न शारीरिक र मानसिक तत्वहरूको सन्तुलनको सिद्धान्तमा आधारित चिकित्सा पद्धति प्रदान गर्दछ । आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसारको आहार, जीवनशैली, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारलाई समायोजन गरी दीर्घायु र रोगमुक्त जीवन प्रदान गर्छ ।

 

 

 

यसले निवारणात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य दृष्टिकोणलाई विशेष महत्व दिन्छ, जसले आजका जटिल, जीवनशैली आधारित रोगहरूको उपचारमा पनि प्रभावकारी भूमिका खेल्न सक्छ । आयुर्वेदको यो समग्रता विश्व स्वास्थ्य संगठनले समेत संरक्षणयोग्य परम्परागत चिकित्सा प्रणालीको रूपमा मान्यता दिइसकेको छ । नेपालका भौगोलिक र जैविक विशेषताहरू आयुर्वेद सेवाका लागि अतिआधारभूत हुन् । हिमालदेखि तराईसम्मका दुर्लभ जडीबुटीहरू सङ्कलन र प्रयोगको लागि प्रशस्त सम्भावना छ ।

 

 

हाल काठमाडौँ नरदेवीमा रहेको आयुर्वेद अस्पतालसहित सबै प्रदेश र जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा विस्तार भैरहेको छ । एक केन्द्रीय अस्पताल, तीनवटा प्रादेशिक अस्पताल, ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पालिकास्तरीय आयुर्वेद शाखाहरू एवं नागरिक आरोग्य सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद औषधि वितरण, शल्यकर्म, पंचकर्म, योग सहित विशिष्टिकृत सेवाहरूको पहुँच व्यापक बनाउनेजस्ता सकारात्मक प्रयासहरू समेत भइरहेका छन् । देशको सबै स्थानिय तहमा आयुर्वेद सेवाको पहुँचका लागि संस्थाहरु तथा कार्यक्रमहरु पुगेको र आरोग्यताको लागि नागरिक आरोग्य कार्यक्रम, स्वर्णप्राशन जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । आयुर्वेद सेवाको विकासमा अझै धेरै चुनौतीहरू बाँकी छन् ।

 

 

 

कुशल तथा प्रशिक्षित जनशक्तिको अभावले सेवा गुणस्तर प्रभावित छ । आधुनिक औषधि निर्माण, गुणस्तर मानकीकरण र वैज्ञानिक प्रमाणीकरणमा पर्याप्त पुँजी र पूर्वाधार नभएकाले दायरा सीमित छ । जडीबुटीको दिगो सङ्कलन, प्रशोधन, संरचना र बजार विकासमा आवश्यक रणनीति अभाव छ । नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति आयुर्वेदको सर्वांगीण विकास जरुरी हुन्छ । आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत आयुर्वेद सेवा प्रवाहको अभावले पनि सेवाको प्रभावकारिता र पहुँचमा बाधा पु¥याएको छ ।

 

 

 

 

कलेज तथा विश्वविद्यालयहरूमा आयुर्वेद शिक्षाको मानकीकरण अभाव, विदेशी देशहरूमा जस्तै आयुर्वेद क्षेत्रमा व्यवस्थित बजेट विनियोजन, अनुसन्धान संगठनहरूको सक्रियता र जनशक्ति विकासका लागि नीति निर्माणले नेपालमा दिर्घकालीन सुधार ल्याउन आवश्यक छ । यी सबै चुनौतीहरूको समाधानका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले निर्माण गरेको रणनीतिक योजनामा लागुपर्ने प्रतिबद्धता जनाएको छ । तीन तहका सरकारसँग समन्वय गरी राष्ट्रिय नीतिमा परिमार्जन गर्ने, अनुसन्धान, र औषधि प्रमाणीकरणमा कडा नियम ल्याउने कार्य अघि बढाइएको छ ।

 

 

 

जडीबुटीखेतीलाई प्रोत्साहन गरी मूल्य शृङ्खला विकास गर्ने, निजी क्षेत्रसँग सहकार्य गर्दै डिजिटल स्वास्थ्य सेवा प्रविधि (जस्तै टेलिमेडिसिन) मार्फत दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजना छ । यसरी आयुर्वेदलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गराउने प्रयासले पारम्परिक चिकित्सा र आधुनिक प्रविधिको संयोजन सुनिश्चित गर्न मद्दत पुर्याउने छ । धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसलाई हाम्रो स्वस्थ भविष्यतर्फ एक सशक्त सङ्कल्पका रूपमा स्वीकार्दै, नयाँ युगको आयुर्वेद सेवाको विकासमा सबै तहका निकायहरूले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहन्छ । यसले मात्र हाम्रो स्वास्थ्य प्रणालीलाई दिगो, सर्वसुलभ र विश्वसनीय बनाउन मद्दत गर्नेछ र समृद्धि, सन्तोष र जीवन्तताको आधारशीला निर्माण गर्नेछ । अन्त्यमा राष्ट्रिय आरोग्य दिवसले आयुर्वेद चिकित्साको पहिचान र विस्तारमा थप योगदान दिन सकोस् । (प्रस्तुत विचार नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

झापा,  राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।       भद्रपुर नगरपालिका ८ र ९...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९