विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

काठमाडौँ, श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो ।

 

 

 

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्य सम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाइन्छ ।

 

 

 

 

कात्तिक महिनाको चौथीेखि बर्तालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिनअर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलावलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।

 

 

 

यो दिनलाई बर्तालुहरूले आँखा पनि भन्ने गरिन्छ । पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन बर्तालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिन्छ ।

 

 

 

 

त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदय पछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामाग्री तयार पर्दा विशेष चनाखो हुन्छन् ।

 

 

 

 

पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक गीत गाउने गर्छिन् । केरवा ज फरल घउरस वोपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय । छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न ।

 

 

 

छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

 

 

यस अवसरमा बर्तालु महिलाहरूले श्रद्धापूर्वक गाउने गर्छिन्– हातबा मे फूलवा के डलिया, छठ पूजन जाय । छठी मैया होइब सहाय, छठ पूजन जाय ।। (अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामी माथि विशेष कृपा बनाइराख्नु होला) यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री ।

 

 

 

यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् ।

 

 

 

त्यसपछि व्रतीले सन्ध्याकालीनअर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अघ्र्य दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षेता फूल हालेर अन्य अघ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ ।

 

 

 

 

यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ ।

 

 

 

प्रातःकालीन अघ्यमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ । महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

 

 

 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

 

 

 

 

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

 

 

 

 

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् । तराईवासीहरूको महान् चाड छठपर्व पछिल्लो दिनमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ ।

 

 

 

यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् । यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणी जगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नमा पनि यो पर्वको महत्वपूर्ण भूमिका छ ।

 

 

 

प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो, यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनुहुँदैन भन्ने सन्देश पनि यस पर्वले दिन्छ । जल नै जीवन हो भन्ने महत्वपूर्ण सन्देश दिने यो महापर्व दसैँजस्तै वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ ।

 

 

 

 

बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठपर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९