सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

काठमाडौँ,  सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ ।

 

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानका रुपमा अघि बढाइने भएको हो ।

 

त्यसैगरी सबै सार्वजनिक संस्थानलाई कम्पनी मोडलमा लैजाने पनि नीतिमा उल्लेख छ । “सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिनेछ”, नीतिमा भनिएको छ । संस्थानहरुको नियमनकारी तथा सञ्चालनसम्बन्धी कार्य अलग रुपमा गर्ने, शेयर स्वामित्वका आधारमा सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था गर्नेलगायतका कार्यनीतिहरु पनि अघि सारिएका छन् ।

 

संस्थानको आर्थिक कारोबारलाई पूर्णतः विद्युतीय बनाउने, नेपाल सरकारको नाममा रहेको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिककीकरण गर्ने, संस्थानको उद्देश्य र कार्यक्षेत्रमा स्वार्थको द्वन्द्व नहुनेगरी निजी क्षेत्रको प्रतिनिधित्व गराउनेलगायतका विषयहरु पनि नयाँ नीतिमा राखिएका छन् । संस्थानहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिनेसमेत उल्लेख छ ।

 

सार्वजनिक संस्थानहरुको पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड तथा कार्यविधि तयार पार्ने, गठन आदेश, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र विभिन्न कानुनद्वारा स्थापना गरिएका सार्वजनिक संस्थानलाई क्रमशः कम्पनी ऐन २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने प्रक्रिया अघि बढाइने पनि नीतिमा उल्लेख छ ।

 

पछिल्ला वर्षहरुमा सार्वजनिक संस्थानको प्रतिस्पर्धी र व्यावसायिक क्षमता कमजोर हुनु गएको छभने वित्तीय अवस्था बर्सेनि खस्कँदो छ । सार्वजनिक संस्थान स्थापनाको उद्देश्यबमोजिम गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन र वितरण सहज, सुलभ बनाउने र व्यवसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यो नीति जारी गरिएको हो ।

 

हाल कायम ४५ वटा सार्वजनिक संस्थानमध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । हाल छवटा संस्थानले कुनै व्यावसायिक कारोबार गरेका छैनन्भने दुईवटा निष्क्रिय अवस्थामा छन् । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन्भने १५ वटा घाटामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

कांग्रेसका मन्त्रीद्वारा राजीनामा

कांग्रेसका मन्त्रीद्वारा राजीनामा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९