आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

गौरापर्व सुदूरपश्चिमेलीको बिशिष्ठ पहिचान हो’ (मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्व सुदूरपश्चिमेलीहरुको बिशिष्ठ पहिचान भएको बताएका छन् । गौरा पर्वको अवसरमा आज बुधवार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरोस भन्ने शुभकामना ब्यक्त गरेका हुन् ।

देश विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिंदै शुभकामना सन्देशमा भनेका छन्( ‘हाम्रो प्रदेश बहुजातीय,, बहुसास्कृतिक विशेषताको अनुपम संगम स्थल हो । परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व यस प्रदेशको बिशिठ पहिचान समेत हो । सदीयौंदेखि मनाउँदैआएको यो पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ।’

मुख्यमन्त्री भट्टले अगाडी भनेका छन् ‘अहिले कोरोना भाइरसवाट उत्पन्न जटिल परिस्थितिमा स्वास्थ्य सजकता अपनाउदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरापर्वलाई खुशीयालीकासाथ मनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु ।’

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation