भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर,  भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ ।भारतलगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो ।
 

विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो ।निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ ।

 

 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को बागमती प्रदेश सरकारले गरेको छ, त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यसबाट बिरामीलाई सहज र सुलभ रुपमा उपचार सेवा दिन सक्छौँ ।”
 

बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रविधि भित्र्याएर सर्वसुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकारले रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो । स्वास्थ्य थापाले विशेषज्ञ चिकित्सकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोट प्रविधिमार्फत शल्यक्रिया गर्ने भएकाले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको बताउनुभयो । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा रन्जिसकुमार पहाडी क्षेत्रीले जानकारी दिनुभयो ।

 

 

नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकारी अस्पतालमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएको अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ ।

 

 

उहाँले भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासँगै यसको तालिम केन्द्रका रुपमा विकास गरिने बताउनुभयो । भक्तपुर अस्तालले त्यो सेवा सुरु गर्न आवश्यक जनशक्तिका समेत सञ्चालन गर्ने जनाएको छ । डा पहारीले रोबोटिक शल्यक्रियाको सुरुआतले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ केन्द्रको रुपमा रहन पुगेको दाबी गर्नुभयो ।
सरकारी अस्पतालमा भित्रिएको यस प्रविधिबाट गरिब तथा विपन्न वर्गका बिरामीले समेत संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सुलभ उपचार पाउने अस्पतालका निमित्त निर्देशक डा त्रिभुवनचन्द्र झाले बताउनुभयो ।

 

 

रोबोटिक शल्यक्रिया के हो ?

रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले शल्यक्रिया गर्ने नभई रोबोटलाई सर्जन चिकित्सकले नियन्त्रणमा राखेर गरिने शल्यक्रिया भएका डा पहारी बताउनुहुन्छ । उहाँका अनुसार, चिकित्सकले उपकरण चलाउँदा रोबोटका हात बिरामीको पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्ने भएकाले त्यसका माध्यमबाट शल्यक्रिया गरिन्छ ।

 

 

भक्तपुर अस्पतालमा त्यस प्रविधिको प्रयोग गरी विशेषगरी पेटको मांसपेशी नै सिलाउन र मिलाउनुपर्ने जटिल खालका हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मिर्गौला र प्रोस्टेटसम्बन्धी जटिल समस्या तथा कार्डियाक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रिया सञ्चालन गर्ने लक्ष्यछ ।

 

 

कम दुखाइ र न्यून खर्चमा हुने यो प्रविधिले पेटमा ठूलो प्वाल नभई स–साना प्वाल पारेर शल्यक्रिया गरिनेछ । घाउ सानो हुने भएकाले तुलनात्मकरुपमा बिरामीलाई दुखाइ कम हुने, शल्यक्रियापछि थोरै समयमै हिँडडुल गर्न र घर फर्कन सहज हुनेछ । प्रविधिको प्रयोबाट हुने उपचार बिरामीको खर्च र अस्पतालको बसाई निकै कम हुने विश्वास गरिएको छ ।

 

 

नयाँ प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री  विवरणलाई व्यवस्थित तुल्याइने अस्पतालले जनाएको छ । प्रविधिलाई नेपाली बिरामीमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी अस्पतालका सर्जनले नियमित रूपमा अनुसन्धान गर्ने छन् । त्यससँगै अस्पताललाई तालिमसहित रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स बनाउने तयारी गरिएको छ ।रमेश गिरी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा समय माग गर्दै उहाँले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९