घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन

कैलाली । घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन भएका छन्। आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

गत मंसिरमा स्थापना भएको घोडाघोडी सञ्चारकर्मी समूहको तदर्थ समितिको नेतृत्वसमेत सम्हाल्दै आएका ढुङ्गाना अधिवेशनमार्फत निर्वाचित पहिलो कार्यसमितिको अध्यक्ष बनेका हुन्। २०६८ सालदेखि रेडियो कैलालीबाट पत्रकारिता सुरु गरेका ढुङ्गाना ‘निर्भीक पोष्ट’का प्रकाशकसमेत हुन्।

 

कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा ज्योति बोहरा, कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत चयन भएका छन्। सुखडस्थित सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव इन्द्रा कुमारी केसी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा तथा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनकराज पाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

यस्तै, घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यूरे, संस्थागत विद्यालय घोडाघोडी क्लस्टरका अध्यक्ष रविलाल आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष भवानी ढकाल, घोडाघोडी जेसिजका अध्यक्ष धनबहादुर बडुवाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्रमार्फत नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिकी संयोजक चाँदनी आचार्यले जानकारी दिइन्। उनका अनुसार अध्यक्ष ढुङ्गानासहितको कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन्।
नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सञ्चारकर्मीहरूको साझा संस्थामार्फत पत्रकारहरूबीचको एकता, पेशागत क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका साझा मुद्दामा सहकार्य गर्दै संस्थालाई सक्रिय रूपमा अघि बढाइने बताए। उनले सबै सञ्चारकर्मीको हित र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर संस्थाले काम गर्ने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन

घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९