बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

देशभर यी १२१ वडामा कांग्रेस क्रियाशील सदस्यता स्थगित/नयाँ नपाइने, पुरानै कायम हुने

काठमाडौं/नेपाली कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १२१ वटा वडामा सदस्यता स्थगित गरिएको छ ।

महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्त्वपूर्ण मतदाताका रुपमा रहने क्रियाशील सदस्यता विषयमा छानविन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १२१ वडाको सदस्यता स्थगित गरिएको हो ।

 

यी वडाबाट आएका पुराना सदस्यता मात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने गरी स्थगित गरेको छ । कांग्रेस क्रियाशील सदस्यता छानविन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले १०० भन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने बताएका छन् ।

 

प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित भएको छ ।

 

महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १, २ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ ।

 

पर्सा क्षेत्र ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने वीरगञ्ज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाई नगरपालिका वडा नम्बर २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

काभ्रेको पाँचखाल नगरपालिका १२, ललितपुर ललितपुर महानगरपालिका २८, महांकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौं टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, कीर्तिपुर नगरपालिकाको २, गोकर्णेश्वर १, २, ३, ४, दक्षिणकाली २ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको जनाइएको छ ।

 

धादिङ रुवीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवन रत्ननगर नगरपालिका ७, गुल्मी मुसीकोट नगरपालिका ५, कपिलवस्तु मायादेवी गाउँपालिका ३, कैलालीको क्षेत्र २ को जानकी गाउँपालिका वडा २, ५, ८ र ९ बाहेक २२ वटै वडा सदस्यता स्थगित गरिएको छ ।

 

डोल्पामा नयाँ तर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछामको कमलबजार नगरपालिका ७, पञ्चदेवल विनायक नगरपालिका १, २, ४ डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।

 

१३ औं महाधिवेशन छानबिन समितिबाट सोलुखुम्बुको ५१५ र बाराको १६६ फाराम पनि यसपटक समेत सहमति कायम हुन नसकेपछि पार्टी नेतृत्व समक्ष पठाइएको छ । बारा र सप्तरी जिल्ला कार्यसमिति क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै जिल्ला भरका क्रियाशील सदस्यता प्रतिवेदनमा राखिएको छैन ।

 

पार्टी समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । बाँकी विवाद पदाधिकारीबाटै मिलाउने प्रयास हुनेछ ।

 

त्रुटि हेर्दै छानविन समितिले मंगलवार पार्टी सभापतिसहित पदाधिकारीलाई बुझाएको सदस्यता प्रतिवेदन बुधवारको पदाधिकारी बैठकले पुनः त्रुटि हेर्न भन्दै समितिलाई नै जिम्मा लगाएको छ । सदस्यता विषयमा देखिएका त्रुटि २४ घण्टाभित्र समाधान गरेर पेश गर्न जिम्मा दिइएको छ ।

 

समिति संयोजक रमेश लेखकले मंगलवार मात्रै पार्टी पदाधिकारी बैठकमा सभापतिलाई सदस्यता प्रतिवेदन बुझाएका थिए । जसअनुसार देशभर नयाँ तथा पुराना गरी कांग्रेसका क्रियाशील सदस्यता संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation