आइतवार, बैशाख २, २०८१

एमसीसी रोक्न विप्लव समूहद्वारा आज टीकापुरको सडकबाट सरकारलाई दबाब दिने

कैलाली/अमेरिकी परियोजना मिलनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध टीकापुरमा विरोध प्रदर्शन हुने भएको छ ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा शुक्रबार टीकापुरमा प्रदर्शन हुने भएको हो।

 

 

व्यापक जनदबाबका बाबजुद पनि सरकारले राष्ट्रघाती सम्झौता संसदबाट पारित गर्ने षडयन्त्र गरेको भन्दै एमसिसि विरुद्ध प्रदर्शन गर्न लागिएको नेकपा केन्द्रिय सदस्य ओमप्रकाश पुनले अनमोल अनलाईन टेलिभिजनलाई बताउनु भएको थियो । राष्ट्रघात एमसिसि सम्झौता खारेज गरिनुपर्ने र खारेज नगरिय कडा संघर्षका कार्यक्रम घोषणा गर्ने समेत उनले जानकारी दिए।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation