
बौनियाँ कैलाली/नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत स्थानीय तहको गाउँपालिका स्तरिय अधिवेशन बाट बर्दगोरिया गाउँपालिकामा मिति २०७८/०७/३० गते सम्पन्न भएको छ । जम्मा १०२ मतदान भएको पालिकाको निर्वाचनमा ४ मत वदर हुँदा ६८ मत प्राप्त गरी कृष्ण बिष्ट सभापतीमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको सभापतिमा कृष्ण बिष्ट ६८ मत ल्याएर विजयी भएका छन । मंगलबार भएको गाउँ अधिवेशनबाट कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदार महेन्द्र शाहलाई ३९ मतान्तरले पछि पार्दै राठौर निकट प्यानलको तर्फबाट सभापतिका उम्मेदार कृष्ण बिष्ट ६८ प्राप्त गरि विजयी भएको सहायक निर्बाचन अधिकृत चक्र शाहीले जानकारी दिनुभयो ।
यसैगरी उपसभापतिमा प्रमोद मल्लले ७२ ,प्यारेलाल चौधरीले ७४ सचिवमा जगत बहादुर शाहीले ७१ र गोविन्द बीसीले ६९ मत यस्तै सहसचिवमा श्याम कुमारी चौधरीले ६८ र ठक्कर बमले ७२ मत सहित बिजयी बनेका छ्न । अन्य सदस्यहरुमा समेत राठौर प्यानलको बर्चस्व देखिएको छ । सदस्यहरुको भने मतगणना जारी रहेको चक्र शाहीले जानकारी दिए । १ सय ४ जना मतदाता रहेको बर्दगोरियामा जम्मा १०२ मत खसेको थियो ।
बिगत २ दशक देखि नेपाली कांग्रेस को चार तारा अङ्कित झन्डा मुनि रहेर निरन्तर जनताको सेवामा रहनुभएका उमेदवार कृष्ण बिष्ट बर्दगोरिया गाउपालिका सभापतिमा निर्वाचित हुनुभएको छ । समाजका हरेक पल हरेक क्षण सुख दुख साटासाट गरेको उहाँ
मत प्राप्त गरी विजय हुनुभएको हो ।
गाउँपालिका मा मात्रै नेपाली काँग्रेसले सरकारको नेतृत्व गरिरहेको अवस्था छ । उहाँले आम नागरिकका गुनासाहरु सुनिरहेको र सदैव साथमा रहिरहने जानकारी दिनुभयो ।
जिल्ला कमिटीको निर्देशन बमोजिमका हरेक खाले आन्दोलन होस या अरु कार्यक्रमहरु, वार्डहरु, पालिकामा बिगतको समयमा विभिन्न कार्यक्रमहरु भएको नै थियो र छ । बिरोध कार्यक्रम होस, जागरण किन नहोस् हरेक खाले गतिविधिहरु सिङो गाउँ पालिकामा नेपाली कांग्रेस बहुमतका साथ निर्वाचनमा सफलता हासिल गराइ कांग्रेस नेतृत्वको सरकार स्थापित गराउन उहाँको भुमिका उदाहरणिय रहेको छ ।
कैलाली जिल्लाका बर्दगोरिया गाउँपालिकाको भुमिका हरेक कुरामा अग्रणि रहँदै आएको छ । आन्दोलनको दौरान होस या माओवादीको १० बर्ष जनयुद्ध पटक पटक चोटपटक सहनुभएका उहाँ संगठन बिस्तार विभिन्न भेलाहरु शुभकामना आदानप्रदान प्रदान कार्यक्रमहरुमा आफ्नो बलबुताले भ्याए सम्म निरन्तर कर्मसिल रहँदै आउनुभएको छ ।
नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको अन्तरगत गाउँ पालिका अधिवेशनमा छ । “एकता र हार्दिकता मेरा आदर्श हुन। हाम्रो पालिका भित्रका वार्ड कार्यसमिती हुन, यात त विभिन्न भातृ तथा शुभेच्छुक सस्थाहरु नेबिसंघ, तरुण दल महिला संघ, शिक्षक संघ लगायतसबैको भुमिका अब्बल रहेको छ ।” सभापति कृष्ण बिष्ट भन्नुहुन्छ “हरेक सफलताहरु एउटा संकल्पले निर्धारण गर्दछ। त्यो संकल्प जस्ले आफ्नो क्षमता र संगठनको साङ्गठनिक अनुभवले र लगावले स्थापित गरेको हुन्छ समेत बताउनु भयो ।”
#१४औँ-महाधिवेशन