शनिबार, असार ३०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

उपाध्यक्ष गिरी द्धारा अनुगमन

बाैनियाँ – स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ले अनुगमनको कार्यलाई तिब्रता दिनु भएको छ ।

हिजो साेमबार पालिका भित्रका विभिन्न वडामा सञ्चालनमा रहेका बिकास निर्माणका याेजनाहरुकाे अनुगमन गर्नु भएका गिरिले आज मंगलबार वडा नम्बर २ रहेका कृषि फर्महरुकाे अवलोकन तथा अनुगमन गर्नु भएको हाे । 

अनुगमनका क्रममा गिरिले आफु कृषकहरुकाे काम बाट प्रभावित भएको बताउदै आर्थिक बर्ष २०७९/८० काे बर्दगाेरिया गाउपालिकाकाे नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ समाबेश गरिने जानकारी दिनु भएको छ । गिरी आफु समेत कृषि व्यवसायि हुन गिरीले गाउपालिकाकाे वडा नम्बर ४ मा करिब ५ बिगाहा जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । 

अनुगमन कार्यमा गाउपालिका उपाध्यक्ष गिरी संगै पालिकाका कृषि शाखाका कर्मचारीहरुकाे समेत सहभागिता रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation