बौनियाँ,कैलाली/वैशाख मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई(तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले नयाँ र पुराना रुख पनि मारेको छ।
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको दानुफाटा नमुना सामुदायिक बन बुट्कुवा क्षेत्र भित्र लागेको आगोलाई बनका पदाधिकारी र के के युवा क्लबका युवाहरुले आगोलाई निभाउन सफल भएको हुन । वनमा लागेको आगोले साना साना बोट बिरुवा चराचुरुङ्गी जगली जनावर लाई ठूलो समस्या हुने सामुदायिक बनका अध्यक्ष टेकराज जोशीले बताउनु भयो ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो। सामुदायिक वन सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन्। डढेलोले साल र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो।
अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ। वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन्।
यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको के के युवा क्लबका अध्यक्ष शिखर बि कले बताए। हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै बाट डढेलोले विकराल रूप लिएको बताउँछन्।