Baigyanik Media

Advertisment

SKIP THIS

अध्यक्ष कुँवरले गरे वडा कार्यालय र बिकासे योजनाको अनुगमन 

बौनियाँ/बर्दगोरिया गाउपालिकाका नव निर्वाचित अध्यक्ष कर्ण कुँवरले पालिकाका वडा र बिकास निर्माणका योजनाको अनुगमन गर्नु भएको छ । उनले बिहिबार वडा नम्बर १, ४,६ र ५ को वडा कार्यालय, स्वास्थ्य चौकी कोटातुल्सिपुर  र बिकास निर्माण योजनाको अनुगमन गर्नु भएको हो । निर्वाचित भए पश्चात् उनी पालिकाको बिकासे योजना को अनुगमन तथा निरीक्षणका साथै   स्थानियको समस्या बुझ्न गाउँ गाउँ पुग्न थालेका छन । 
बिहीवार अध्यक्ष कुँवरले विभिन्न स्थानमा निर्माणाधीन बिकासे योजना को अवलोकन गरेका छन भने वडा कार्यालयको अनुगमन समेत गरेका छन । बिहिवार अध्यक्ष कुँवरले बर्दगोरिया गाउपालिकाको वडा नम्बर ४ वडा कार्यालय,६ को निर्माणाधीन अवस्थामा रहेको खानेपानी,नदि कटान ,स्वास्थ्य चौकी भवन, वडा कार्यालय र १ नम्बरको वडा कार्यालय,वडा नम्बर ५ को कार्यलयमा अवलोकन गर्दै कर्मचारीले कार्यालय समयमा अनिवार्य उपस्थिति हुनुपर्ने र कार्यालय पोशाक अनिवार्य लगाउनु पर्ने निर्देशन समेत गरेका छन । कार्यालय समयमा जसरी पनि कर्मचारीले पुग्नु पर्ने र जनतालाई सहज सेवा कसरी दिन सकिन्छ भन्ने बिषयमा केन्द्रित हुन वडा सचिवहरुलाई सल्लाह सुझाव संगै आग्रह गरेका छन । अध्यक्ष कुँवले आफुहरु जनताको सेवक भएर आएका कारण पनि कुनै गुनासो सुन्नु नपर्ने बताए । 

उनले निर्वाचन पश्चात् कसैलाई पनि भेदभाव,नराखी समग्र गाउपालिका बिकास गर्न तर्फ आफ्नो सिङ्गो टिम लागि रहेको समेत बताए । उनले जनता मालिक र आफुहरु सेवक भएका कारण ५ वर्ष नितान्त सेवा गर्ने समेत बताए । उनले निर्वाचनकै क्रममा बोलेका कुराआई अगाडि बढाउदै आफुले पाउने सेवा सुबिधा सबै यसै गाउलालिकाका बिपन्न,दृस्ठि बिहिन र अपांग बालबालिकाहरुलाई सहयोग गर्ने समेत बताए । 
गाउपालिकालाई नमुना र भ्रष्टाचार मुक्त गाउपालिका बनाउने आफ्नो लक्ष्य समेत रहेको बताए । साथै कक्षा १ देखि १२ सम्म गुणस्तरिय र निशुल्क शिक्षा प्रदान गर्न सबै जनप्रतिनिधि लागि परेको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation